परराष्ट्रमन्त्री डा. नारायण खड्का टर्की जाँदै

काठमाडौं, फागुन २४ । एडीएफमा सहभागी हुन परराष्ट्रमन्त्री डा. नारायण खड्का आज टर्की जाँदै छन्। टर्कीमा ११ देखि १३ मार्चमा एडीएफ सम्मेलन हुँदै छ। जहाँ ५० भन्दा बढी देशका परारष्ट्रमन्त्री र नीति निर्माता तथा विज्ञको सहभागिता हुनेछ। यसमा मन्त्री खड्काले लोकतान्त्रिक शासन र सुरक्षा तथा एशिया नयाँः दिगो क्षेत्रीय विकास सम्बन्धी छलफलमा भाग लिनेछन्। उनले […]
संविधानले महिलामाथि हुने सबै भेदभावको अन्त्य गर्ने व्यवस्था गरेको छ: प्रधानमन्त्री

काठमाडौं, फागुन २४ । प्रधानमन्त्री शेरबहादुर देउवाले ‘सामाजिक न्याय र लैङ्गिक समानता: दिगो विकासको सुनिश्चितता’ भन्ने राष्ट्रिय नाराका साथ मनाउन लागिएको ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सबैमा शुभकामना व्यक्त गरेका छन्। उनले शुभकामना सन्देशमार्फत महिलाका हक, अधिकार र न्याय सुनिश्चित गर्न योगदान गर्ने तथा जीवन समर्पण गर्ने महिला योद्धाहरूलाई विशेष सम्मानका साथ स्मरणसमेत गरेका […]
महिलाको सर्वाङ्गीण विकासमा सबैको ध्यान जानुपर्छ : उपराष्ट्रपति पुन

काठमाडौं, फागुन २४ । उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानप्रदत्त महिला अधिकारको कार्यान्वयन गर्दै महिलाको सर्वाङ्गीण विकासका लागि सबै क्षेत्रको ध्यान जानुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसका अवसरमा आज सन्देश दिँदै उपराष्ट्रपति पुनले आजको दिनले नेपाली महिला र देशको सर्वाङ्गीण विकासका लागि एकताबद्ध भएर अगाडि बढ्न सबै नेपालीलाई प्रेरणा दिने बताएका छन्। महिला राजनीतिक, सामाजिक […]
महिलामाथिका विभेद जरैदेखि उन्मूलनको प्रण गरौं: राष्ट्रपति

काठमाडौं, फागुन २४ । राष्ट्रपति विद्यादेवी भण्डारीले महिलामाथि हुने सबै किसिमका विभेदलाई जरैदेखि उन्मूलन गरी सभ्य र सुसंस्कृत समाज निर्माणको प्रण सबैले गर्नुपर्नेमा जोड दिएकी छन्। ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आज दिइएको शुभकामना सन्देशमा उनले परम्पराकै नाममा अद्यापि कायम रहेका कतिपय अन्धविश्वास र कुप्रथालाई अन्त्य गर्नुपर्ने तथा महिला सशक्तीकरण, सहभागिता र समानताका विषयमा […]
प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौ । आज (आइतबार) प्रतिनिधि सभाको बैठक बस्दै छ ।संघीय संसद् सचिवालयका अनुसार दिउँसोे १ बजेका लागि संसद् बैठक बोलाइएको हो। आजको बैठकका लागि एउटा मात्र सम्भावित कार्यक्रम राखिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एकतीसौं वार्षिक प्रतिवेदन आ.व.२०७७/७८’ पेस गर्ने सम्भावित कार्यक्रम राखिएको हो। प्रतिनिधि सभाको बैठकअघि बिहान कार्यव्यवस्था परामर्श समितिको बैठक […]
आज ११ बजे राष्ट्रिय सभाका १९ सांसदको सपथ

काठमाडौ, फागुन २१ । राष्ट्रिय सभामा निर्वाचित भएर आएका १९ जना सांसदको शपथ ग्रहण आज (शनिबार) हुँदैछ । बिहान ११ बजे संघीय संसद् सचिवालयमा १९ जना सांसदको शपथ ग्रहण कार्यक्रम राखिएको संसद् सचिवालयले जनाएको छ। शपथग्रहणसँगै नयाँ निर्वाचित भएर आएका सांसदहरूका लागि संसदीय प्रक्रिया र पद्धतिबारे जानकारी दिने कार्यक्रम राखिएको संघीय संसद् सचिवालयका सहायक प्रवक्ता […]
राष्ट्रियसभा सदस्यको शपथ शनिबार बिहान ११ बजे

काठमाडौं, फागुन २० गते । राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यको शपथ ग्रहण शनिबार हुँदैछ। संघीय संसद् सचिवालयले सूचना जारी गर्दै नवनिर्वाचित सदस्यको शपथ ग्रहणको कार्यक्रम सार्वजनिक गरेको हो । शनिबार बिहान ११ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको कार्यकक्ष, सिंहदरबारमा शपथ ग्रहण समारोह हुँदैछ। गत माघ १२ गते भएको राष्ट्रियसभाको निर्वाचनबाट १९ सदस्य निर्वाचित हुनुभएको […]
बालुवाटारमा सत्ता गठबन्धनको बैठक केही बेरमा बस्दै

काठमाडौं, फागुन १९ । सत्ता गठबन्धनको बैठक बालुवाटारमा बस्दैछ । प्रधानमन्त्री शेरबहादुर देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार बैठक केही बेरमा बालुवाटारमा बस्दैछ । संसदबाट एमसीसी अनुमोदनको चार दिनमा एमसीसी बोर्डबाट स्वीकृत भएको दोस्रो दिन गठबन्धनको बैठक बस्न लागेको हो । बुधबार प्रधानमन्त्री देउवाले सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र […]
प्रधानमन्त्री देउवाद्वारा ग्याल्बो ल्होसार अर्थात् नयाँ वर्ष २१४९ क्षु–फो–ताक्लोका उपलक्ष्यमा शुभकामना

काठमाडौं, फागुन १९ । प्रधानमन्त्री शेरबहादुर देउवाले ग्याल्बो ल्होसार अर्थात् नयाँ वर्ष २१४९ क्षु–फो–ताक्लोका उपलक्ष्यमा सम्पूर्ण शेर्पा दिदीबहिनी दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र प्रगतिको शुभकामना व्यक्त गरेका छन्। ग्याल्बो ल्होसार नेपाली बौद्धमार्गी एवं हिमाली आदिवासी शेर्पा समुदायले प्राचीनकालदेखि नै मनाउँदै आएका छन् । प्रधानमन्त्रीले शुभकामना सन्देशमार्फत नेपाल जातीय, भाषिक, धार्मिक एवं सांस्कृतिक विविधताले सम्पन्न मुलुक […]
ग्याल्बो ल्होसारको अवसरमा आज देशभर सार्वजनिक बिदा

काठमाडौं । सरकारले ग्याल्बो ल्होसारको अवसरमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले सबै सरकारी कार्यालय, सार्वजनिक संघसंस्थाहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । फागुन १६ गते सोमबारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।
