ग्याल्पो ल्होसारले राष्ट्रिय एकता बलियो बनाउने उपराष्ट्रपतिको विश्वास

काठमाडौ, फागुन १९ । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालका धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक सद्भाव सुदृढ गर्दै राष्ट्रिय एकता बलियो बनाइरहेको बताएका छन्। महायानी बौद्ध धर्मावलम्बी तथा शेर्पा समुदायको नयाँ वर्ष ग्याल्पो ल्होसार–२१४९ का अवसरमा बिहीबार (आज) शुभकामना दिँदै उनले ग्याल्पो ल्होसारले नेपालीबीच आपसी सद्भाव, सामाजिक एकता र भ्रातृत्व कायम गर्ने अपेक्षा व्यक्त गरेका हुन्। हिमाली […]
राष्ट्रपति भण्डारीद्वारा ग्याल्पो ल्होसारको शुभकामना

काठमाडौ, फागुन १९ । राष्ट्रपति विद्यादेवी भण्डारीले ग्याल्पो ल्होसारले सबै नेपालीबीच आपसी एकता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुने बताएकी छन् । शेर्पा समुदायको महान् पर्व ग्याल्पो ल्होसारका अवसरमा शुभकामना व्यक्त गर्दै उनले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ तुल्याउन सघाउ पुग्ने बताइन् । भौगोलिक र प्राकृतिकरूपमा विविधतायुक्त नेपाल सामाजिक र सांस्कृतिक विविधतालेसमेत सुसज्जित रहेको राष्ट्रपतिको […]
मन्त्रिपरिषद् बैठकका १९ निर्णय सार्वजनिक, विशेष अदालतको अध्यक्षमा श्रीकान्त पौडेल

काठमाडौं, फागुन १८ । सरकारले विशेष अदालतको अध्यक्षमा उच्च अदालत पाटनका न्यायाधीश श्रीकान्त पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विशेष अदालतमा सदस्य पनि तोकिएको जानकारी दिए। ‘सदस्यमा उच्च अदालत जनकपुरअन्तर्गत वीरगञ्ज इजलासका न्यायाधीश […]
प्रतिनिधिसभा बैठक फागुन २२ सम्मका लागि स्थगित

काठमाडौ । आज बसेको प्रतिनिधिसभाको बैठकमा एमालेको अवरोधपछि फागुन २२ गतेसम्मका लागि स्थगित भएको छ । एमालेको अवरोधका बीच बुधबार बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र बडुले आर्थिक वर्ष २०७७-७८ को राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेस गरेका थिए । प्रमुख प्रतिपक्षी दल एमालेले आफूले कारबाही गरेका १४ सांसदलाई […]
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दै

काठमाडौं, फागुन १८ । आज दिउसो संघीय संसद् भवनमा प्रतिनिधिसभाको बैठक बस्न लागेको छ । प्रतिनिधिसभाको फागुन १५ गतेको बैठकले अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता पारित गरेको थियो। त्यसपछि स्थगित भएको प्रतिनिधिसभाको बैठक आज दिउसो १ बजे बस्न लागेको हो। आजको बैठकको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रथिवेदन पेश गर्ने रहेको […]
प्रधानमन्त्री देउवाद्वारा महाशिवरात्रीको शुभकामना दिदै भने, सांस्कृतिक पर्व सम्बर्द्धनमा सरकार प्रतिबद्ध

काठमाडौ, फागुन १७ । प्रधानमन्त्री शेरबहादुर देउवाले हिन्दु धर्मावलम्वीहरूको महान् पर्व महाशिवरात्रीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सु–स्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् । उनले शुभकामना सन्देशमार्फत महाशिवरात्री हिन्दुहरूको पर्व भए पनि नेपालमा सबै धार्मिक समुदायले श्रद्धापूर्वक मान्ने गरेको उल्लेख गर्दै नेपाल जातीय, भाषिक, धार्मिक एवं सांस्कृतिक विविधताले सम्पन्न मुलुक […]
राष्ट्रपतिद्वारा महाशिवरात्रीको शुभकामना

काठमाडौं, फागुन १७ । राष्ट्रपति विद्यादेवी भण्डारीले महाशिवरात्री पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा शुभकामना व्यक्त गरेकी छन्। राष्ट्रपति भण्डारीले शुभकामना सन्देश जारी गरी महाशिवरात्री पर्वले नेपाली समाजलाई प्रगतिको बाटोमा अग्रसर गराउँदै सबै नेपालीको जीवनमा आध्यात्मिक जागरणको नयाँ उज्यालो छर्न सकोस् भनी शुभकामना व्यक्त गरेकी हुन्। ‘नेपाल भूमिसँग भगवान् शिवको सम्बन्ध विभिन्न वैदिक […]
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा, क्यालिब्रेसन उडान सम्पन्न, बुद्धपूर्णिमादेखि व्यावसायिक उडान थाल्ने तयारी

भैरहवा । रुपन्देहीको भैरहवामा निर्माण सम्पन्न गरिएको दोश्रो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक परीक्षण उडान (क्यालिब्रेशन फ्लाइट) सम्पन्न भएको छ। उडानसँग सम्बन्धित सम्पूर्ण प्राविधिक काम पनि सम्पन्न भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले जानकारी दिए। एरो थाईको जहाजले क्यालिब्रेसन उडान सम्पन्न गरेको हो । क्यालिब्रेसन उडानको प्रतिवेदन अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) लाई […]
फागुन १८ गतेसम्मका लागि प्रतिनिधिसभा स्थगित

काठमाडौं, फागुन १५ । प्रतिनिधसभाको बैठक फागुन १८ गतेसम्मका लागि स्थगित भएको छ । अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पारित गरेर सभामुख अग्निप्रसाद सापकोटाले फागुन १८ गते दिउँसो १ बजेसम्मलाई स्थगित गरेका हुन् । आइतबार दिउँसो ३ बजे बसेको पहिलो बैठकले एमसीसी सैद्धान्तिक छलफल प्रस्ताव स्वीकृत गरेको थियो भने साँझ साढे सात बजेको […]
एमसिसीमाथि छलफल गर्ने, प्रस्ताव सांसदबाट बहुमतले स्वीकृत

काठमाडौं, फागुन १५ । प्रतिनिधि सभाले एमसिसीमाथि छलफल गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ। नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बीच भएको अनुदान सहायता सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गरेका हुन्। प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तावका सम्बन्धमा पक्षविपक्षमा उठेका प्रश्नको जवाफ दिएका […]
