नेपालको कूटनीतिक सम्बन्ध १७४ देशमा विस्तार

काठमाडौं, चैत ८ । नेपाल र फिलिपिन्सको दक्षिणपूर्व प्रशान्त महासागरमा अवस्थित देश गणतन्त्र पलाउबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । यो सँगै नेपालसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध भएका देशको सङ्ख्या १७४ पुगेको छ । कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्तपत्रमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र उक्त विश्व संस्थाका लागि गणतन्त्र पलाउका स्थायी प्रतिनिधि इलाना […]

पानीको संरक्षण गर्नु सबैको साझा जिम्मेवारी : प्रधानमन्त्री

काठमाडौं, चैत ८ । प्रधानमन्त्री शेरबहादुर देउवाले जलस्रोतको ठूलो अंश मानिने भूमिगत जलस्रोतको प्रयोगमा जनसङ्ख्याको ठूलो हिस्सा आश्रित भइरहेको हुँदा जलभण्डारको पहिचान र दिगो उपयोग गर्दै उपलब्ध जलभण्डार र पानीको गुणस्तरको संरक्षण गर्नु सबैको साझा जिम्मेवारी भएको बताएका छन्। हरेक वर्ष मार्च २२ का दिन मनाइने विश्व पानी दिवस यस वर्ष ‘भूमिगत जलस्रोतको संरक्षण र […]

राष्ट्रपतिद्वारा फागु पुर्णिमाको शुभकामना

काठमाडौं, चैत ३ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरूको महान् पर्व फागु पूर्णिमा (होली)को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिको कामना गरेकी छन् । फागु पूर्णिमाका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले होलीमा खेलिने विविध रङ जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रूपमा विविधतापूर्ण रहेको बताएकी […]

मर्यादित रूपमा होली पर्व मनाउन प्रधानमन्त्री देउवाकाे आग्रह

काठमाडौं, चैत ३ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ को सङ्क्रमण अझै पूर्णरूपमा नियन्त्रण भइनसकेकोले स्वास्थ्यका मापदण्ड पालना गर्दै अरुलाई हानी नहुनेगरी मर्यादितरूपमा होली पर्व मनाउन आग्रह गरेका छन् । देउवाले समाजमा विद्यमान विभिन्न विकृति, विसङ्गति एवं कुरीतिलाई निर्मूल गर्दै न्यायपूर्ण, सभ्य र सुसंस्कृत समाज निर्माण गर्न होली पर्वबाट सबैमा प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् […]

श्रम मन्त्री श्रेष्ठ र युएईका मानव संशाधन मन्त्री अवारबीच भेटवार्ता

काठमाडौं, चैत २ । संयुक्त अरब इमिरेट्स (युएई) को भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका मानव संशाधन मन्त्री डा. अव्दुलरहमान अव्दुलमानन अल अवारबीच भेटवार्ता भएको छ । संयुक्त अरब इमिरेट्सको राजधानी आबुधावीस्थित मानव संशाधन मन्त्रालयमा भएको भेटवार्तामा दुई देशको आपसी सम्बन्ध र युएईमा कार्यरत नेपाली श्रमिकको हितका विषयमा छलफल […]

गठबन्धन : महानगरपालिका र उपमहानगरपालिकामा तालमेलको तयारी

काठमाडौ । सत्ता गठबन्धनमा आबद्ध दलहरू आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकामा तालमेल गरेर अघि बढ्ने गृहकार्य शुरू भएको छ । चुनावमा गठबन्धन बनाएर प्रतिस्पर्धामा उत्रने कि एक्लाएक्लै प्रतिस्पर्धा गर्ने भन्ने सम्बन्धमा साझा धारणा बनाउन नसकेका सत्ता गठबन्धनले महानगरपालिका र उपमहानगरपालिकामा भने तालमेल गरेर प्रतिस्पर्धा गर्ने गृहकार्य अघि बढाएको हो […]

संघीय संसद्को चालु अधिवेशन मंगलबारदेखि अन्त्य

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद् प्रतिनिधिसभा र राष्ट्रियसभा को चालु अधिवेशन मंगलबारदेखि अन्त्य गरेकी छन्। नेपाल सरकार मन्त्रिपरिषद्को मंगलबारको सिफारिसमा राष्ट्रपति भण्डारीले दुवै सदनको चालु अधिवेशन मंगलबार राति १२ बजेदेखि अन्त्य गरेको संघीय संसद् सचिवालयले जनाएको छ। सचिवालयद्वारा मंगलबार साँझ जारी सूचनापत्रअनुसार गत फागुन २९ गते प्रतिनिधिसभाबाट यही चैत २ गते बुधबारका लागि […]

प्रधानमन्त्री देउवा र साउदी अरबका विदेशमन्त्री फैसलबीच भेटवार्ता

काठमाडौं, चैत १ । प्रधानमन्त्री शेरबहादुर देउवा र साउदी अरबका राजकुमार तथा विदेशमन्त्री फैसल विन फहरान अल साउदबीच शिष्टाचार भेटवार्ता भएको छ । परराष्ट्रमन्त्री डा. नारायण खड्का र राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटवार्ता पश्चात् साउदी अरबका विदेशमन्त्री फैसल प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका हुन् । बालुवाटारमा भएको भेटमा द्विपक्षीय सम्बन्ध, पारस्परिक सहयोग, नेपाली कामदारको सुरक्षालगायत विषयमा छलफल […]

राष्ट्रपति भण्डारी र साउदीका विदेशमन्त्रीबीच शिष्टाचार भेटवार्ता

काठमाडौं, चैत १ । नेपाल भ्रमणमा आएका साउदी अरबका राजकुमार एवं विदेशीमन्त्री फैजल बिन फरहान अल साउद र राष्ट्रपति विद्यादेवी भण्डारीबीच शिष्टाचार भेटावार्ता भएको छ । मंगलबार राष्ट्रपति भवन शीतलनिवास पुगी विदेशमन्त्री फैजलले शिष्टाचार भेटवार्ता गरेका हुन् ।भेटका क्रममा दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । […]

प्रधानमन्त्री देउवाद्वारा दुख व्यक्त

काठमाडौं, फागुन २७ । प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्खुवासभाको मादीमा बिहिवार भएको बस दुर्घटनाले आफूलाई मर्माहत तुल्याएको बताएका छन् । बिहिबार साँझ सामाजिक सञ्जाल ट्वीटमार्फत प्रधानमन्त्री देउवाले दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका हुन् । दुर्घटनामा घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले उपचारको प्रबन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन समेत दिएका […]