प्रतिनिधि सभाको बैठक आज बस्दै, सम्भावित कार्यसूचीमा छैन एमसीसी

काठमाडौ । प्रतिनिधि सभाको बैठक आज (आइतबार) बस्दै छ । संघीय संसद् सचिवालयका अनुसार बैठक दिउँसो १ बजे बस्ने भएको हो। आजको बैठकमा अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता टेबल गर्ने चर्चा छ। तर संसद् सचिवालयले शनिबारै साँझ सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा एमसीसी उल्लेख छैन। सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय समावेशी आयाेगकाे तेस्राे वार्षिक प्रतिवेदन […]

टुँडिखेलमा मनाइयो राष्ट्रिय प्रजातन्त्र दिवस

काठमाडौं, फागुन ७ । नेपाली जनता रैतीबाट नागरिक घोषणा भएको ऐतिहासिक दिनका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज विशेष समारोहको आयोजना गरी राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ मनाइएको छ । राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ मूल समारोह समितिको आयोजनामा सम्पन्न समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, […]

लोकतन्त्र सिद्धान्तसँगै जीवन पद्धति र संस्कार हो : सभामुख

काठमाडौ । सभामुख अग्निप्रसाद सापकोटाले जिम्मेवार निकायबाट लोकतान्त्रिक अभ्यासको व्यवहारिक पुष्टि भए मात्र जनस्तरमा यसप्रति गहिरो विश्वास पैदा हुने बताएका छन् । उनले भने, “लोकतन्त्रप्रतिको साँचो प्रतिबद्धता र यसको रक्षाको दायित्व हामी सबैको हो । थप सजग र सचेत भएर लोकतन्त्रको संस्थागत अभ्यास सुनिश्चित गर्न सक्दा नागरिकमा सकारात्मक सन्देश प्रवाह हुने विश्वास लिएको छु ।” […]

लोकतान्त्रिक गणतन्त्रलाई जनताको जीवनसँग जोड्नुपर्छ: राष्ट्रपति

काठमाडौं, फागुन ७ । राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक न्याय, समानता र समृद्धिका माध्यमबाट जनतालाई वास्तविक परिवर्तनको अनुभूति गराउँदै हाम्रो लोकतान्त्रिक गणतन्त्रलाई जनताको जीवनसँग जोड्नुपर्ने बताएकी छन्। राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्दै उनले लोकतान्त्रिक प्रणालीले मात्र नागरिकलाई एकताको मालामा गाँसेर बलियो राष्ट्र निर्माण गर्ने बताएकी […]

२००७ सालको क्रान्तिको जगमा सबैले आत्म सम्मानका साथ बाँच्न पाइरहेका छन् : प्रधानमन्त्री देउवा

काठमाडौं, फागुन ७ । प्रधानमन्त्री शेरबहादुर देउवाले २००७ सालको राजनीतिक क्रान्तिबाट प्राप्त सफलतामा टेकेर अघि बढ्दै जाँदा नै आज मुलुकमा सङ्घीय, लोकतान्त्रिक गणतन्त्रात्मक र समावेशी शासन प्रणाली स्थापना हुन सकेको उल्लेख गरेका छन् । उनले ७२औँ प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै २००७ सालको क्रान्त्रिको जगमा उभिएर नै आज सबैले स्वतन्त्रता र आत्म सम्मानका साथ बाँच्न […]

ज्यान्सेन खोप लगाएकाले ६ महिनापछि बुस्टर मात्रा लगाउन मिल्छ : स्वास्थ्य मन्त्रालय

काठमाडौं, फागुन ५ । ज्यान्सेन (जे एण्ड जे) खोप लगाएका व्यक्तिहरूले ६ महिना पछि बुस्टर मात्रा लगाउन मिल्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पाएसम्म सोही खोप नै र नपाएमा कोभिसिल्ड, अस्ट्राजेनेका, मोडर्ना वा फाइजर खोप पनि लगाउन मिल्ने मन्त्रालयको भनाइ छ । विभिन्न जिल्लाबाट ज्यान्सेन (जे एण्ड जे) खोप लगाएकाहरूलाई के गर्ने भनी […]

मानव अधिकार आयोग कामु सचिवको भरमा

काठमाडौँ, फागुन ५ गते । राष्ट्रिय मानव अधिकार आयोग नौ महिनादेखि कायममुकायम (कामु) सचिवका भरमा चलिरहेको छ । पछिल्लो समय आयोगमा सहसचिव मुरारी खरेल गत जेठ १६ देखि कामु सचिवको जिम्मेवारीमा हुनुहुन्छ । आयोगमा हाल छ जना सहसचिव कार्यरत हुनुहुन्छ । पछिल्लो समय आयोगमा कायम मुकायम सचिवको जिम्मेवारीमा रहनुभएका मुरारी खरेल, डा. टीकाराम पोखरेल, यज्ञ […]

बेलायतका लागि नेपाली राजदूत आचार्यले लिए शपथ

काठमाडौं । बेलायतका लागि नेपाली राजदूतमा नियुक्त भएका ज्ञानचन्द्र आचार्यले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बुधबार राष्ट्रपति भवन शीतल निवासमा एक समारोहकाबिच आचार्यलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् । उक्त समारोहमा परराष्ट्रमन्त्री डा.नारायण खड्कालगायत सरकारका उच्च पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो । यसअघि मन्त्रिपरिषद्‌को सिफारिसमा राष्ट्रपति भण्डारीले […]

वैशाख २९ सम्म १८ वर्ष पुुग्नेले मतदान गर्न पाउने

काठमाडौँ, माघ २९ गते । निर्वाचन आयोगले २०७९ वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पुगेका नेपाली नागरिकलाई मतदानको अधिकार दिने निर्णय गरेको छ । आयोग पदाधिकारीको शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको हो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगको निर्णयसँगै नामावली दर्ता भएको विवरणमा कहिलेसम्म १८ वर्ष उमेर पुगेकाले मतदान गर्न पाउने ‘कट […]

सर्वोच्च अदालतले फागुन १ गतेदेखि सबै सेवा सञ्चालन गर्ने

काठमाडौं, माघ २८ । सर्वोच्च अदालतले आगामी फागुन १ गतेदेखि नियमित रुपमा सबै प्रकारका सेवा सञ्चालन गर्ने भएको छ । बिहीबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट)ले आगामी फागुन १ गतेदेखि सबै प्रकारका सेवा सञ्चालन गर्ने निर्णय गरेको अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए । यसअघि यही माघ ४ गते बसेको पूर्ण बैठकले माघ ५ […]