प्रधानमन्त्रीद्वारा राष्ट्रनिर्माता शाहको ३००औँ जन्मजयन्तीकाे शुभकामना

काठमाडौँ, पुस २७ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री देउवाले आज बिहान सामाजिक सञ्जाल ट्वीटमार्फत शुभकामना दिनुभएको हो ।
नेपालमा डलर खाता खोल्न एनआरएनलाई अर्थमन्त्री शर्माको आग्रह

काठमाडौं, पुस २७ । अर्थमन्त्री जनार्दन शर्माले संसारभरि बसोबास गर्ने प्रवासी नेपालीलाई नेपालमा डलर खाता खोलेर नेपालको समृद्धिमा योगदान गर्न र आफैँ लाभान्वित हुन आग्रह गरेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) युके, अमेरिका, अष्ट्रेलियालगायत एनसिसीहरूद्वारा सोमबार आयोजित एक वेबिनारलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले एनआरएनले विदेशी मुद्रामा नेपालमा खाता खोल्दा राष्ट्रमा लगानी र रोजगारी बढ्ने […]
पृथ्वीनारायणको सामाजिक, आर्थिक एवं वैदेशिक नीति मननीय : राष्ट्रपति भण्डारी

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहले देशको सामाजिक, आर्थिक एवं वैदेशिक नीति आज पनि उत्तिकै मननीय रहेको बताएकी छन्। भण्डारीले पृथ्वीनारायण शाहको ३००औँ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा उहाँप्रति श्रद्धासुमन अर्पण गर्दै भण्डारीले पृथ्वीनारायणका दूरदर्शी विचारहरूलाई आत्मसात् गर्दै अघि बढ्न सके मुलुकको सामाजिक-आर्थिक रूपान्तरणमा योगदान पुग्न विश्वास व्यक्त गरिन्। उनको नेतृत्वमा तराई, […]
आज ३०० औं पृथ्वी जयन्ती, देशभर विभिन्न कार्यक्रम गरि मनाइँदै

काठमाडौं, पुस २७ । आज पृथ्वीनारायण शाहको ३०० औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । पृथ्वी जयन्तीको अवसरमा आज सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पणको कार्यक्रम राखिएको छ । सर्वसाधारणदेखि लिएर राजावादी संघ संस्थाहरुले शालिकमा माल्यार्पर्णको कार्यक्रम राखेका छन् । आजै पूर्वराजा ज्ञानेन्द्र शाह पनि शालिकमा माल्यार्पण गर्न मध्याह्न […]
प्रधानमन्त्री देउवाको पीसीआर रिपोर्ट नेगेटिभ

काठमाडौं, पुस २६ । प्रधानमन्त्री शेरबहादुर देउवाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । सोमबार गरिएको पीसीआर परीक्षणमा प्रधानमन्त्री देउवाको रिपोर्ट नेगेटिभ आएको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीसहितको पाँच दलीय समन्वय समितिको बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री देउवा आइसोलेसनमा बस्दै आएका थिए ।
इण्डो नेपाल सामाजिक मंचका अध्यक्ष अकरम पठानद्वारा विश्व हिन्दी दिवसको शुभकामना व्यक्त

कृष्णनगर । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ इण्डो नेपाल सामाजिक मंचका अध्यक्ष अकरम पठानले विश्व हिन्दी दिवसको शुभकामना व्यक्त गरेका छन् l अकरम पठानले विश्वको महत्वपूर्ण सम्पर्क भाषा हिन्दी रहेको समेत स्मरण गराए l
गण्डक सम्झौता नेपालीको लागि कोशे ढुंगा

बिनोद मण्डल बुटवल । बदलिँदो परिस्थितिमा राजनीतिक उथल पुथल हुनु स्वाभाविक हो । नेपालको इतिहासमा बिपी कोइराला नेतृत्वको सरकारलाई जननिर्वाचित पहिलो सरकारको रूपमा लिइन्छ । जननिर्वाचित सरकारको पहिलो सम्झौताको रूपमा गण्डक सम्झौतालाई मानिन्छ । बिपी कोइराला नेतृत्वको सरकार गठन भएको करिब १ महिना नबित्दै भारतीय तत्कालिन प्रधानमन्त्री नेपाल भ्रमणको क्रममा आउँदा गण्डक बाँधलाई प्राथमिकतामा राखेर […]
लिपुलेक क्षेत्रमा भारतले गरेको सडक विस्तारप्रति एकीकृत समाजवादीको आपत्ति

२६ पुस, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले भारतले नेपाली भूमि लिम्पियाधुरा-लिपुलेक क्षेत्रमा गरेको सडक विस्तारप्रति आपत्ति जनाएको छ । विदेश विभाग प्रमुख झलनाथ खनालले एक विज्ञप्ति जारी गरी भारतले नेपाली भूमि लिपुलेक क्षेत्रमा अवैधानिक रुपमा बनाएको सडक फराकिलो बनाउन लागेकामा आपत्ति जनाएका हुन् । ‘लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्र नेपालको सार्वभौम भूमि हो भन्ने कुरा […]
प्रतिनिधिसभाको बैठक माघ ३ गतेलाई सारियो

काठमाडौं, पुस २६ । पुस २८ गतेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सरेको छ । संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले आज (सोमबार) एक सूचना प्रकाशन गरी पुस २८ गते दिउँसो १ बजे बस्ने बैठक विशेष कारणबस माघ ३ गते सोमबार दिउँसो १ बजे बस्ने जानकारी गराएका हुन् । यसअघि पुस १८ मा तोकिएको बैठक माओवादी […]
प्रदेश २ सरकारले शहीद परिवारलाई तीन लाख रुपैयाँ उपलब्ध गराउने

सप्तरी, २६ पुस । प्रदेश २ सरकराले मधेशमा विभिन्न समयमा आन्दोलनको क्रममा घाइते तथा शहादत प्राप्त गरेका शहीद परिवारहरुलाई ३ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । आगामी माघ ५ गते प्रदेश सरकारले मनाउने बलिदानी दिवसमा शहीद परिवारलाई जनही ३ लाखका दरले उपलब्ध गराउने निर्णय गरेको हो । मधेस आन्दोलनमा शहीद भएका ५७ जनाको परिवारलाई […]
