बिउ बितरणमा होडबाजी छाडा चौपाया ब्यवस्थापनमा बहानाबाजी

अजय सहानी कपिलवस्तु । देशमा हाल किसान मुद्दा तातिरहेको छ । सधैं जस्तो पुन मल अभाव भैरहेको अवस्था छ । सस्तो लोकप्रियताको लागी मल राजनीति सहित किसान कार्ड खेल्न शुरु भैसकेको छ । स्थानीय चुनाव आउनै लाग्दा किसानका शुभचिन्तकको संख्यामा वृद्धि भएको छ । तर अचम्मको बिडम्बना किसानको मल मुद्दा तातिएपनि मल अभाव कायमै छ […]
मूल्य वृद्धिको मारमा उपभोक्ता

काठमाडौँ, पुस २६ गते । पछिल्लो एक वर्षको अवधिमा बजारमा दैनिक उपभोग्य वस्तुको उच्च मूल्य वृद्धि भएको छ । इन्धनदेखि हरियो तरकारी तथा फलफूल, खाद्यवस्तुलगायतमा भएको मूल्य वृद्धिले सबैभन्दा बढी निम्न तथा मध्यमवर्गीय उपभोक्ता मारमा परेका छन् । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार पछिल्लो एक वर्षमा दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि औसतमा २५ प्रतिशतले भएको […]
कलेजको विषयमा निर्णय भएको छैन्, सञ्चालनमा रहेका परीक्षा रोकिन्न : सिसिएमसी

काठमाडौं, पुस २५ । कोभिड-१९ व्यवस्थापन समितिको बैठकले देशभरका विद्यालयहरु माघ १५ गतेसम्म बन्द गर्न सिफारिस गरेपनि सञ्चालनमा रहेका कुनै पनि परीक्षाहरु भने जारी नै रहनेछन् । माघ १५ गतेसम्म बन्द गर्न सिफारिस गरेपनि सञ्चालनमा रहेका कुनै पनि परीक्षाहरु भने नरोकिने कोभिड १९ व्यवस्थापन समितिकी प्रवक्ता तथा सह-सचिव सुनिता नेपालले बताईन् । ‘हामीले गृह मन्त्रालयमा […]
राष्ट्रियसभा निर्वाचनका लागि आजदेखि आचारसंहिता लागू

काठमाडौं । आगामी १२ माघबाट हुने राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगले आज सोमबारबाट आचारसंहिता लागू गरेको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी रुपमा भयमुक्त वातावरणमा सम्पन्न गर्न सरकारी निकायमा रहेका व्यक्ति, निकाय तथा अधिकारीलाई आचारसंहिता लागू गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । आचारसंहिता क-कसलाई लागू हुन्छ ? संघ र प्रदेश सरकारका मन्त्री […]
राष्ट्रियसभा निर्वाचन : उम्मेदवारको अन्तिम नामावली प्रकाशन, कसलाई कुन चुनाव चिन्ह हेर्नुस ?

बुटवल । राष्ट्रियसभा सदस्यको आगामी माघ १२ गते हुने निर्वाचनका लागि आज सबै निर्वाचन अधिकृतको कार्यालयले सबै उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरेको छ । यसअघि ती कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको थियो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार उम्मेवारलाई देहायबमोजिम निर्वाचन चिह्न प्रदान गरिएको छ।
कानुन व्यवसायीको आन्दोलनविरुद्ध सर्वोच्च अदालतमा रिट

काठमाडौं । सर्वोच्च अदालत परिसरमा जारी विरोधसभा रोक्न माग गर्दै रिट दायर भएको छ । अधिवक्ता त्रिलोक बहादुर चन्दले नेपाल बार एशोसीयशनले सर्वोच्च परिसरमा गर्दै आएको आन्दोलन गैर कानुनी भएको भन्दै आन्दोलन रोक्न विपक्षीका नाममा परमादेशको आदेश माग गर्दै रिट दायर गरेका छन्। कानुन मन्त्रालय, सर्वोच्च अदालत र नेपाल बार एशोसिएशनलाई विषक्षी बनाई दायर गरेको […]
विवेकशील साझाको मेची/महाकाली राष्ट्रिय एकता यात्रा स्थगित

काठमाडौं, पुस २५ । विवेकशील साझा पार्टीले ‘मेची-महाकाली राष्ट्रिय एकता यात्रा’ स्थगित गरेको छ । कोरोनाभाइरस संक्रमण जोखिम बढेको भन्दै विवेकशीलले राष्ट्रिय एकता यात्रा स्थगित गरेको हो । विवेकशीलका प्रवक्ता शरदराज पाठकले आइतबार प्रेस विज्ञप्ति जारी गरेर यही २७ पुसदेखि १६ माघसम्म गर्ने भनिएको ‘मेची–महाकाली राष्ट्रिय एकता यात्रा’ कोरोनाभाइरस संक्रमणको स्थितिलाई दृष्टिगत गरी पार्टीले स्थगन […]
बन्यो हेलम्बु क्षेत्रको लाइफ लाइन पुल

बुटवल । सिन्धुपाल्चोकको मेलम्ची नदीको चनौटेमा पुल निर्माण भएको छ । असार १ र १६ गते मेलम्ची आएको बाढीले पुल बगाउँदा हेलम्बु गाउँपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकाका कतिपय क्षेत्र सडक सञ्जालबाट विच्छेद भएका थिए। चनौटेको पुल निर्माणको जिम्मेवारी नेपाली सेनाले लिएको थियो।
२० हजार प्रहरीको बढुवा गर्ने मन्त्रीपरिषदको प्रस्ताव, प्रहरीमा वरिष्ठ सई, वरिष्ठ हवल्दार र सहायक हवल्दार थपिने

काठमाडौं । प्रहरीमा एकैपटक २० हजार प्रहरीको बढुवा हुने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीको नियमावली संशोधन प्रस्ताव पारित गरेसँगै प्रहरीको एकैपटक यति ठूलो संख्यामा बढुवा हुन लागेको हो । मन्त्रिपरिषद्ले पारित गरेको नियमावलीमा प्रहरीमा वरिष्ठ सई, वरिष्ठ हवल्दार र सहायक हवल्दार पद थप्ने प्रावधान राखिएको छ । सरकारको यो निर्णय राजपत्रमा […]
सशस्त्र प्रहरीका एसपीको सरुवा

काठमाडौ । सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी उपरीक्षक(एसपी)को सरुवा निकालेको छ । गत साउनमा नै सरुवा निकाल्नु पर्ने भए पनि सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको उदासिनता र संगठनप्रतिको असंवेदनशिलताका कारण सरुवा हुन सकेको थिएन् । गृहमन्त्री बालकृष्ण खाँडको निर्देशनमा महानिरीक्षक खनालले झण्डै ५ महिना ढिला गरी सशस्त्रका एसपीको सरुवा निकालेका हुन् ।
