भक्तपुरका ६ हजार विद्यार्थीले लगाए मोडर्ना खोप

भक्तपुर, पुस २८ । भक्तपुरका करिब ६ हजार विद्यार्थीले कोरोनाविरुद्धको मोडर्ना खोप लगाएका छन् । खोप अभियानअन्तर्गत १२ देखि १७ वर्ष उमेर समूहका भक्तपुरका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीले खोप लगाएका हुन् । विद्यार्थीको सहजतालाई ध्यानमा राखी जिल्ला स्वास्थ्य कार्यालयले स्थानीय तहसँगको समन्वयमा विद्यालयमा नै खोप केन्द्र राखी खोप दिएको हो । स्वास्थ्य कार्यालय प्रमुख कृष्णबहादुर […]

ललिता निवास प्रकरण : कसले रोक्यो सीआईबीको छानबिन प्रतिवेदन ?

काठमाडौं : बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा मुद्दा नचलाई मंगलबार हदम्याद गुज्रिएको छ। राजनीतिक शक्ति केन्द्रको दबाबमा प्रहरी को केन्द्रीय अनुसन्धान विभाग (सीआईबी)ले गरेको अनुसन्धान प्रतिवेदन विभागमै फिर्ता गरिएको आरोप सरकारमाथि लागेको छ। तत्कालीन प्रधानमन्त्रीहरू माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईसम्म उक्त जग्गा हिनामिनामा मुछिएका छन्। तर, राजनीतिक नेतृत्व विरुद्ध मुद्दा चलाउँदा सत्ता […]

शहिद पत्रकार सिंहको १३औँ स्मृति दिवस लहानमा सम्पन्न

महेश सिंह सिरहा । शहिद पत्रकार उमा सिंहको १३औं स्मृति दिवस सिरहाको लहान, गोलबजार, मिर्चैया, सिरहा सदरमुकाम लगायतका ठाँउमा मनाएका छन् । पत्रकार सिंहको १३औं स्मृति दिवस मनाउन नेपाल पत्रकार महासंघ सिरहा शाखा लगायत विभिन्न पत्रकार संघसंगठनहरुले विभिन्न कार्यक्रम गरी मनाएका छन् । नेपाल पत्रकार महासंघ सिरहा शाखाले मंगलबार साझ लहानको सहिद चोकस्थित महासंघको केन्द्रिय […]

पत्रकार निरौला र पर्यटनविद शेर्पाले लामो अन्तरवार्ता लिएर राखे विश्व रेकर्ड

सोलुखुम्बु । नेपाली रेडियो इतिहासमा विश्वकै लामो रेडियो अन्तरवार्ताको विधाबाट सोलुखुम्बुका पत्रकार भानुभक्त निरौला र पर्यटनविद् आङफिन्जो शेर्पाले विश्वकिर्तिमान बनाएका छन्। पत्रकार निरौला र पर्यटनविद् शेर्पाले २५ घण्टा २६ मिनेट लामो रेडियो अन्तरवार्ता लिएर यसअघि अष्ट्रेलियामा भएको रेकर्ड ब्रेक गर्दै नेपालको तर्फबाट विश्व रेकर्ड कायम गरेका हुन्। ‘पर्यटन र जनवायू परिर्वतनका असर’ विषयमा विश्वकै लामो […]

३००औं पृथ्वी जयन्ती तथा राष्ट्रीय एकता दिवस कृष्णनगरमा हर्षोउल्लासका साथ मनाइयो

अजय मिश्र कृष्णनगर । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको कृष्णनगर बजारको मुटु भनेर चिनिने गोलघरमा एक कार्यक्रमका बीच नेपालको एकीकरण कर्ता पृथ्वीनारायण शाहको ३००औं जन्मजयन्तीका अवसरमा पृथ्वीजयन्ती तथा एकता दिवस कार्यक्रम आयोजना गरी मनाइएको छ। राष्ट्रिय प्रजातंत्र पार्टी कृष्णनगर नगर कमिटीको आयोजनामा सो पार्टीको कृष्णनगर नगर कमिटी अध्यक्ष जय प्रकाश गुप्ता तथा प्रमुख अतिथिमा राप्रपाका पूर्व […]

पृथ्वीनारायण शाहको शालिकमा पूर्वराजा माल्यार्पण गर्न सिंहदरबारमा

काठमाडौ । पूर्वराजा ज्ञानेन्द्र शाह मंगलबार पृथ्वी जयन्तीको अवसरमा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न सिंहदरबार पुगेका छन् । उनले सिंहदरबारको मुल गेट अगाडि रहेको शाहको सालिकमा माल्यार्पण गरेका हुन् । प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । यस वर्ष पृथ्वीनारायणको ३००औँ जन्मजयन्ती मनाइँदैछ । […]

वीरगञ्जलाई प्रदेश नं २ को राजधानी बनाउन दबाब

वीरगञ्ज, पुस २७ । प्रदेश नं २ को स्थायी राजधानी देशकै आर्थिक नगरीका रूपमा स्थापित वीरगञ्जलाई बनाउन दबाब सिर्जना गर्न थालिएको छ । वीरगञ्जलाई प्रादेशिक स्थायी राजधानी बनाउन दबाव दिन ज्ञापनपत्र बझाउनेदेखि मुख्यमन्त्रीको निवासमा धर्ना बस्नेसम्मको कार्यक्रम सार्वजनिक गरिएको हो । वीरगञ्ज राजधानीको पक्षमा आवाज उठाउँदै आउनुभएका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता राजेशमान सिंहको […]

आठ स्थानको खनिज अध्ययन तथा उत्खननका लागि अनुमति

काठमाडौं । खानी तथा भूगर्भ विभागले देशभरका आठ स्थानको खनिज अध्ययन तथा उत्खननका अनुमति प्रदान गरेको छ । विभागले देशभरका आठ स्थानको चुनढुङ्गा, मार्बल, काउलिङ, बालुवा र तामालगायतका खनिज पदार्थको उत्खनन तथा अध्ययनका लागि विभिन्न कम्पनीलाई अनुमति प्रदान गरेको हो । विभागका अनुसार धादिङको तान्द्राङगढी र जुरेथुममा चुनढुङ्गा उत्खननका लागि अनुमति प्रदान गरिएको छ । […]

महोत्तरीका भारतीय सीमाक्षेत्रबाट घर फर्किनेको लर्को

महोत्तरी, २७ पुस (रासस) । रोजगारीका लागि भारत गएका नेपाली कोरोना सङ्क्रमण त्रास बढेसँगै धमाधम घर फिर्न थालेका छन् । महोत्तरीका भारतीय सीमानाकाबाट घर फर्कनेको अहिले लर्को देखिँदो छ । यसरी फर्किनेमा भारतको हरियाणा, पञ्जाव, दिल्ली र मद्रासमा काम गर्न गएकाहरुको सङ्ख्या अधिक पाइएको छ । दशगजा (नेपाल–भारत सीमा) दुवैतिर सघन बस्ती भएको सीमा वारिपारि […]

राष्ट्रपति भण्डारीले गरिन् पृथ्वीनारायणको शालिकमा माल्यार्पण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी छन् । पृथ्वीजयन्तीको अवसरमा आज बिहान सिंहदरबार पश्चिम गेट अगाडि पुगेर राष्ट्रपति भण्डारीले पृथ्वीनारायणको शालिकमा माल्यार्पण गरेकी हुन् । माल्यार्पण गर्न विभिन्न राजनीतिक दल, संघसंस्था र सर्वसाधारणहरु पनि त्यहाँ पुगेका छन् ।