भोलिदेखि विद्यालय सञ्चालन गर्ने ललितपुर महानगरपालिकाको निर्णय

काठमाडौ । ललितपुर महानगरपालिकाले फागुन १ (आइतबार) देखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ। कोरोना संक्रमणको तेस्रो लहर सुरु भएपछि बन्द गरिएका विद्यालय फागुन १ देखि पुनः सञ्चालन गर्ने निर्णय भएको ललितपुर महानगरपालिकाले जनाएको छ। विश्वविद्यालय, विद्यालय, कलेज, ट्युसन सेन्टरलगायतका शैक्षिक क्रियाकलाप जनस्वास्थ्यको मापदण्ड पालन गरी फागुन १ देखि सञ्चालन गर्ने महानगरपालिकाको शिक्षा महाशाखा प्रमुख […]
त्रिविको परीक्षा र कक्षा फागुन १ गतेदेखि सञ्चालन गर्न निर्देशन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले सबै क्याम्पसलाई आगामी फागुन १ गतेदेखि स्थगित गरिएका परीक्षा र कक्षा सम्भव भएसम्म भौतिक उपस्थितिमा सञ्चालन गर्न निर्देशन दिएको छ। त्रिविको कार्यकारी परिषद्को बैठकले कोरोना भाइरस सङ्क्रमणले रोकिएका परीक्षा सञ्चालन र सम्भव भएसम्म भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्न निर्देशन दिएको त्रिविको सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख योगेन्द्रप्रसाद दाहालले जानकारी दिए। […]
शैक्षिक परामर्श व्यवसायसंग धरौटी राख्नुपर्ने समाचारबारे राष्ट्रिय शैक्षिक परामर्श संघ (NECA)द्वारा ध्यानाकर्षण

काठमाडौं। शैक्षिक परामर्श सेवा व्यवसायसंग सम्बन्धित प्रसारित समाचारबारे राष्ट्रिय शैक्षिक परामर्श संघ (NECA) ले गम्भीर ध्यानाकर्षण गरेको छ । बुधबार एक प्रेस विज्ञप्ति मार्फत विभिन्न अनलाइन मिडियामा प्रसारित शैक्षिक परामर्श व्यवसायसंग सम्बन्धित धरौटी राख्नुपर्ने लगायतका समाचारबारे संघले गम्भीर ध्यानाकर्षण गरेको हो । ‘कोभिड- १९ ले विगत साँढे दुई वर्ष देखि ठप्प प्राय रहेको अति प्रभावित […]
यस बर्षको एसईई परीक्षा बैशाख ९ गतेदेखी संचालन

काठमाडौँ, माघ २६ । यसबर्षको एसईई परीक्षा बैशाख ९ गते देखि हुने भएको छ। बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले जानकारी दिए। उनले संचारकर्मी संग भने, ‘परीक्षाको मिति तय भएको हो। बैशाख ९ गतेदेखि परीक्षा हुने भएको हो।’ परीक्षाको समयतालिका बिहीबारको […]
कर्णालीमा फागुन १ गतेदेखि शैक्षिक संस्था खोल्ने निर्णय

सुर्खेत, माघ २६ । जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र सुर्खेतले फागुन १ गतेदेखि जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गरी शैक्षिक संस्था सञ्चालन गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा मङ्गलबार बसेको केन्द्रको बैठकले विश्वविद्यालय, विद्यालय, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप सञ्चालन गर्ने निर्णय गरेको हो । बैठकले खोप […]
एसईई, परीक्षा तालिका एक दुई दिनमै सार्बजनिक गर्ने तयारी

काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा तालिका एक दुई दिनमै प्रकाशित गर्ने भएको छ । परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले परीक्षा तालिका सार्वजनिक गर्ने अन्तिम तयारी भइरहेको जानकारी दिँदै आज बुधबार वा भोलि बिहीबारभित्र तालिका सार्वजनिक हुने बताए । रापबोर्डले स्थानीय तहको निर्वाचन घोषणा गरेलगत्तै परीक्षा […]
त्रिविको स्थगित परीक्षा फागुनमा गर्ने तयारी

काठमाडौँ, माघ १७ । कोरोना महामारीको तेस्रो लहरका कारण स्थगित गरिएको त्रिभुवन विश्वविद्यालयका विभिन्न संकायका परीक्षा आगामी फागुनमा हुने भएको छ । सोमबार बसेको त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुको बैठकले यस्तो निर्णय गरेको हो । नेपालमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै त्रिविले ९ माघदेखि परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो । केही दिनयता कोभिड संक्रमण घट्दो क्रममा […]
जनता आधारभुत विद्यालय धनगढवाकाे १३औं वार्षिकोत्सब सम्पन्न

महेश यादव नवलपरासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर -५ मा अवस्थित श्री जनता आधारभुत विद्यालय धनगढवाकाे १३औं वार्षिकोत्सबकाे अवसरमा अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गाेपिचन्द हरिजनकाे अध्यक्षता तथा गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीकाे प्रमुख अतिथतामा आयाेजित विद्यालयको १३औं वार्षिकोत्सबकाे अवसरमा अन्तरक्रिया तथा सम्मान कार्यक्रम भव्य रुपमा सम्पन्न […]
चिकित्सा शिक्षा आयोगले गर्यो तीन जनाको परीक्षाफल रद्ध

काठमाडौं । चिकित्सा शिक्षा आयोगले तीन जनाको परीक्षाफल रद्ध गरेको छ । यहि माघ ८ गते सञ्चालन भएको स्नातकोत्तर तहको एमडी/एमएस, एनबीएमएस शैक्षिक कार्यक्रमहरुको एकीकृत प्रवेश परीक्षामा सामेल तीन जनाको परीक्षाफल रद्ध भएको हो । परीक्षामा अमर्यादित काम गरेको पाइएको भन्दै आयोगले रोलनम्बर ८०१७३, १०७७० र १२७०९ को परीक्षाफल रद्ध गरेको आयोगका उपसचिव बद्री बहादुर […]
शिक्षा क्षेत्रमा लगानी बढाउने गरी कानुनी व्यवस्था गदैंछौं: राज्यमन्त्री श्रेष्ठ

काठमाडौं, माघ १५ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले शिक्षा क्षेत्रमा लगानी बढाउने गरी कानुनी व्यवस्था गर्न लागेको बताएका छन् । राज्यमन्त्री श्रेष्ठले सरकारले विद्यालय तह, प्राविधिक शिक्षालय र उच्च शिक्षाको छुट्टाछुट्टै कानुन बनाउन लागेको उल्लेख गर्दै ती कानुनहरु बनेपछि शिक्षा क्षेत्रमा लगानी गर्ने वातावरण अझ बढि बन्ने बताएका हुन् । शनिबार […]

