माघ मसान्तसम्म विद्यालय बन्द गर्न सीसीएमसीको सिफारिस

काठमाडौं, माघ १४ । कोरोना भाइरसको जोखिमले बन्द रहेको विद्यालय आगामी माघ मसान्तसम्म कायम राख्न कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले सिफारिस गरेको छ । शुक्रबार बसेको सीसीएमसीको बैठकले विद्यालयहरुलाई वैकल्पिक माध्यमबाट पठनपाठन गराउन शिक्षा मन्त्रालयलाई सिफारिस गरेको प्रवक्ता सुनिता नेपालले बताइन् । उनका अनुसार परीक्षाहरु भने स्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालन गर्न सकिनेछ ।
माघ अन्तिम साताबाट विद्यालय खुलाउन संचालकको सरकारलाई सुझाव

काठमाडौ । निजी विद्यालय सञ्चालकहरूले माघको अन्तिम सातादेखि भौतिक रूपमा कक्षा सञ्चालनको व्यवस्था गर्न सरकारलाई सुझाव दिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलसँगको छलफलमा प्याब्सन तथा राष्ट्रिय प्याब्सनका पदाधिकारीले यस्तो सुझाव दिएका हुन् । मन्त्री पौडेलले बुधबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेन नेपाल प्याब्सन र बिहीबार राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपालसँग […]
तनहुँको निर्मल माविलाई अन्तर्राष्ट्रिय विद्यालय अवार्ड

तनहुँ, माघ १३ । तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयले अन्तर्राष्ट्रिय विद्यालय अवार्ड (आइएसए फाउण्डेसन अवार्ड) प्राप्त गरेको छ । ब्रिटिश काउन्सिल नेपालले निर्मल माविलाई उक्त अवार्ड प्रदान गरेको हो । उक्त अवार्ड प्राप्त गर्ने निर्मल जिल्लाकै एकमात्र विद्यालय हो । सामुदायिक र संस्थागत विद्यालयमा शिक्षण सिकाइलाई प्रभावकारी र रोचक बनाउने अभिप्रायले विद्यालयले सञ्चालन […]
शिक्षक बढुवा गर्दै आयोग, माग्यो आवेदन

काठमाडौ, माघ १२ । शिक्षक सेवा आयोगले शिक्षक पदको बढुवाका लागि दरखास्त आह्वान गरेको छ । आयोगले सामुदायिक विद्यालयहरूमा प्राथमिक, निम्नमाध्यमिक, माध्यमिक तहका प्रथम र द्वितीय श्रेणीमा रिक्त शिक्षक पदहरूमा बढुवाका लागि आवेदन मागेको छ। आन्तरिक प्रतियोगितात्मक परीक्षा (२५ प्रतिशत) र कार्यसम्पादन मूल्यांकनका आधारमा हुने बढुवा (७५ प्रतिशत) द्वारा रिक्त प्रथम र द्वितीय श्रेणीमा शिक्षक […]
सुदूरपश्चिम विश्वविद्यालयका परीक्षा स्थगित

घनगढी । सुदूरपश्चिम विश्वविद्यालयले वार्षिक परीक्षा स्थगित गरेको छ । पछिल्लो समय कोरोना संक्रमण ओमिक्रोन बढ्दै गएको भन्दै विश्वविद्यालयले माघ महिनाभरि हुने सबै परीक्षा स्थगित भएको जनाएको छ । मंगलबार बसेको परीक्षा बोर्डको बैठकले यही माघ १६ गतेदेखि सुरु हुन लागेको स्नातक तहको व्यवस्थापन संकायका पहिलो, दोस्रो र तेस्रो वर्षका परीक्षा गर्ने निर्णय गरेको हो […]
परीक्षाको नतिजा प्रकाशनमा ढिलाइ नगर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

काठमाडौं, माघ ११ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बाँकी रहेका सबै विषयका परीक्षाको नतिजा समयमै प्रकाशित गर्न त्रिभुवन विश्वविद्यालय अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयलाई निर्देशन दिएका छन् । त्रिविले लिएको परीक्षाको नतिजा प्रकाशित गर्न ढिलाइ भइरहेको गुनासो आइरहेका बेला मन्त्री पौडेलले बाँकी रहेका सबै परीक्षाको नतिजा तत्काल प्रकाशित गर्न परीक्षा नियन्त्रण कार्यालयका पदाधिकारीहरूलाई निर्देशन […]
त्रिविमा मंगलबारदेखि अनलाइन कक्षा सञ्चालन

काठमाडौं, माघ १० । त्रिभुवन विश्वविद्यालयले भोलि (मंगलबार)देखि अनलाइन कक्षा सञ्चालन गर्ने भएको छ । कोरोना संक्रमण बढेकाले विश्वविद्यालय र सो मातहतका क्याम्पसमा अनलाइनको माध्यमबाट कक्षा सञ्चालन हुने निर्णय गरेको हो । यसका लागि आज अनलाइन कक्षाको रुटिन बनाएर सम्बन्धित डिनको कार्यालयमा पठाउनुपर्नेछ । त्रिविको सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालका अनुसार अनलाइन कक्षा […]
वैशाखमा एसइई र जेठमा कक्षा १२ को परीक्षा गर्ने तयारी

काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई आगामी वैशाखमा गर्ने गरी तयारी सुरु गरेको छ । बोर्डले वैशाखमा एसइई परीक्षा सञ्चालन गर्ने र सो परीक्षा सम्पन्न गरेर जेठमा कक्षा १२ को परीक्षा सञ्चालन गर्ने तयारी गरेको हो । बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले एसइई वैशाखमा र कक्षा १२ को परीक्षा […]
त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित

काठमाडौ । त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसको संक्रमणका कारण सबै परीक्षा स्थगित गरेको छ। बिहीबार बसेको त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले माघ ९ गतेदेखि सञ्चालन भइरहेका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो। त्रिविले वार्षिक प्रणाली तथा सेमेस्टर प्रणालीका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो। रोकिएका परीक्षा हुने बारे परीक्षा नियन्त्रण कार्यालयले अर्को निर्णय […]
त्रिविको परीक्षा स्थगित गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौ, ०६ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयका जारी परीक्षाहरुमा सामाजिक दूरी कायम भए/नभएको अनुगमन गर्न निर्देशन दिएका छन्। बिहीबार प्रधानमन्त्री देउवाले परीक्षा कोठामा पर्याप्त स्यानिटाइजर भए नभएको र कोभिड प्रोटोकल पालना भए नभएको अनुगमन गर्न निर्देशन दिएका हुन्। देउवाले मुख्यसचिव शंकरदास वैरागीमार्फत सबै जिल्ला प्रशासन कार्यालयलाई अनुगमन गर्न निर्देशन दिएका हुन्। उनले कोभिड […]

