भारतको पंजाबमै पक्राउ परे अमृतपाल सिंह

काठमाडौ । भारतमा खलिस्तानको अभियान चलाइरहेका अमृतपाल सिंहलाई प्रहरीले पक्राउ गरेको छ। आइतबार बिहान भारतको पन्जाबबाट उनलाई पक्राउ गरिएको पन्जाब प्रहरीले जनाएको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ । सिंहले मोगा प्रहरीसमक्ष आत्मसर्पण गरेका थिए। उनलाई पन्जाब प्रहरीले हिरासतमा लिएको जनाएको छ।

सोमालियामा कार बम विस्फोटमा कम्तीमा १०० जनाको मृत्यु

काठमाण्डौं । सोमालियाको राजधानी मोगादिसुमा भएका दुई कार बम विस्फोटमा कम्तीमा १०० जनाको मृत्यु भएको छ । शनिबार शिक्षा मन्त्रालय बाहिर भएको उक्त विस्फोटमा ३०० जना घाइते भएका सोमालियाका राष्ट्रपतिले आइतबार बिहान एक विज्ञप्ति जारी गर्दै भनेका छन् । राष्ट्रपति हसन शेख मोहम्मदले विस्फोट स्थलको भ्रमणपछि भने, ‘विस्फोटमा बच्चाहरूलाई काखमा राखेका आमाहरू, स्वास्थ्य बुबाहरू, पढ्न […]

दक्षिण कोरियाको राजधानी सियोलमा भागदौड मच्चिँदा कम्तीमा १४९ जनाको मृत्यु

काठमाडौ । दक्षिण कोरियाको राजधानी सियोलमा भागदौड मच्चिँदा कम्तीमा १४९ जनाको मृत्यु भएको छ । घटनामा अन्य दर्जनौँ मानिस घाइते भएका छन् । बीबीसीका अनुसार हेलोवीन इभ मनाउन जम्मा भएका युवायुवतीहरूको भिडमा भागदौड मच्चिएको थियो । नाइट लाइफका लागि लोकप्रिय मानिएको इतेवन क्षेत्रमा हजारौँ मानिस भेला भएका थिए । अत्यधिक भिडका कारण स्वास फेर्न गाह्रो भएको […]

बोको हरामद्वारा ११ किसानको हत्या

काठमाडौ । जिहादी लडाकुले नाइजरका नौ र नाइजेरियाका दुई गरी ११ जना किसानको गोली हानी हत्या गरेका छन् । जिहादीले कम्तीमा एक दर्जनलाई बन्धक बनाएका छन् । टौम्मौरबाट ७ किलोमिटर टाढा रहेको क्षेत्रमा दाउरा खोज्न गएका किसानलाई बोको हराम समूहमा आबद्ध लडाकुले मंगलबार हत्या गरेका स्थानीयले बताएका छन् । अगस्टको अन्त्यमा लडाकुले स्थानीयलाई टापु छोड्न […]

नोभेम्बर सम्ममा विश्वको जनसङ्ख्या ८ अर्ब पुग्‍ने : राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघ । नोभेम्बर १५ सम्ममा विश्वको जनसङ्ख्या आठ अर्ब पुग्ने प्रक्षेपण गरिएको छ। संयुक्त राष्ट्रसंघका अधिकारीले सोमबार विश्व जनसङ्ख्या दिवसका अवसरमा दिएको जानकारी अनुसार सन् २०२३ मा भारतले चीनलाई सबैभन्दा बढी जनसङ्ख्या भएको मुलुकको रूपमा उछिन्ने प्रक्षेपण पनि गरिएको छ। उक्त अवसरमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले भने, ‘पृथ्वीको हेरचाह गर्ने हाम्रो साझा जिम्मेवारी […]

अमेरिकाको टेक्ससमा ट्रकभित्र ४२ जना आप्रवासीको शव फेला

एजेन्सी । अमेरिकाको टेक्सस राज्यको बाहिरी इलाकामा एउटा ट्रकमा कम्तीमा ४२ जनाको शव भेटिएको छ । ती सबै आप्रवासी भएको अनुमान गरिएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार कम्तिमा १६ जनालाई गम्भीर अवस्थामा अस्पताल लगिएको छ । सामाजिक सञ्जालमा शेयर भइरहेका तस्विरहरूमा ठूलो ट्रकको वरिपरि धेरै आपतकालीन कामदारहरू देखिन्छन् । स्थानीय टिभी च्यानलका अनुसार ट्रक सान […]

सोनिया गान्धीका निजी सचिवमाथि बलात्कार आरोप

भारत । भारतमा कांग्रेस अध्यक्ष सोनिया गान्धीका निजी सचिवविरुद्ध बलात्कारको आरोप लागेको छ । एक २५ वर्षीय युवतीले यस्तो आरोप लगाएकी हुन् । दिल्ली प्रहरीले २५ वर्षीया महिलाको उजुरीमा गान्धीका निजी सचिव पीपी माधवनविरुद्ध बलात्कार र आपराधिक धम्कीको मुद्दा दर्ता गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । आफूलाई जागिर दिने प्रलोभन देखाएको र विवाहको आश्वासन […]

फिलिपिन्समा १६५ यात्रु सवार डुंगामा आगलागी

एजेन्सी । मध्यफिलिपिन्समा १६५ यात्रु सवार एउटा डुंगामा आगलागी भएको र उद्धारकर्ताहरूले अहिले दुई जना बाहेक सबैलाई सुरक्षित स्थानमा ल्याइसकेको बताएका छन् । आगलागीमा एक जनाको मृत्यु भएको र अर्का एक जना हराइरहेका फिलिपिन्सको तटीय गार्डले जनाएको छ । मामा मेरी–क्लो नाम गरेको उक्त डुंगा बोहोल र लेयट टापुहरूको बीचमा यात्रा गर्दै थियो । फेसबुकमा […]

अफगानिस्तान र पाकिस्तानमा ६. १ म्याग्निच्युडको भूकम्प

एजेन्सी । अफगानिस्तान र पाकिस्तानमा शक्तिशाली भूकम्प गएको छ । बुधबार बिहान अफगानिस्तान र पाकिस्तानका केही भागमा ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले जनाएको छ । दक्षिणपूर्वी अफगानिस्तानको खोस्ट सहरबाट करिब ४४ किलोमिटर टाढा रहेको क्षेत्रमा भूकम्प गएको यूएसजीएसले जनाएको छ । भूकम्पको गहिराइ ५१ किलोमिटर छ । भूकम्पले गरेको क्षतिको विवरण […]

इन्जिनमा आगो लागेपछि स्पाइसजेटको जहाज पटनामा आकस्मिक अवतरण

दिल्ली, असार ५ । भारतमा आइतबार एउटा जहाजको इन्जिनमा आगो लागेपछि आकस्मिक अवतरण गरिएको छ। आइतबार दिउँसो बिहारको पटनाबाट राजधानी दिल्लीका लागि उडेको स्पाइसजेटको जहाजमा टेकअफका बेला चरा ठोक्किएको थियो। उडेको केहीबेरमै जहाजको इन्जिनमा आगो लागेपछि आकस्मिक अवतरण गरिएको हो । उडिरहेको जहाजको एकातिर धुँवाको मुस्लो आएको स्थानीयले देखेका थिए। उनीहरूले त्यसको भिडिओ पनि बनाएका […]