चीनको सांघाइमा कोभिडबाट तीन जनाको मृत्यु

काठमाडौं, बैशाख ५ । मार्चको अन्त्यमा लकडाउनमा प्रवेश गरेपछि चीनले पहिलो पटक सांघाईमा कोभिडबाट तीन जनाको मृत्यु भएको जनाएको छ । मृत्यु हुने तीनै जना ८९ देखि ९१ वर्ष वर्ष उमेर समूहका रहेका सहरको स्वास्थ्य आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उनीहरूमा स्वास्थ्यसम्बन्धी विभिन्न समस्या रहेको र खोप नलगाएको प्राप्त विवरणहरूमा जनाइएको छ । […]
पूर्वी युक्रेनका मानिसलाई सरकारले भन्यो : तत्काल भाग वा मृत्युको सामना गर

युक्रेन । युक्रेनकी उपप्रधानमन्त्रीले पूर्वीयुक्रेन खार्किभ, लुहान्स्क र दोनेत्स्कका वासिन्दालाई ती क्षेत्र तत्काल खाली गर्न अनुरोध गरेकी छिन् । रुसी सेनाले सो क्षेत्रमा हमला तीब्र पार्ने त्रासबीच उपप्रधानमन्त्री इरिना भेरेश्चुकले सो अनुरोध गरेकी हुन् । ‘यो अहिले नै गर्नुपर्छ किनभने पछि मानिसहरू आगोमा पर्नेछन् र मृत्युको धम्कीको सामना गर्नेछन्’, उपप्रधानमन्त्री भेरेश्चुकले भनिन् । सरकारको अनुरोधपछि […]
मेरो ज्यान जोखिममा छ : पाकिस्तानी प्रधानमन्त्री खान

काठमाडौं, चैत १९ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफ्नो ज्यान जोखिममा रहेको विश्वस्त स्रोतबाट सूचना पाएको दाबी गरेका छन् । प्रधानमन्त्री खानले आफू निडर भएर स्वतन्त्र र लोकतान्त्रिक पाकिस्तानका लागि लडाइँ जारी राख्ने बताए । आफूविरुद्ध संसदमा पेस भएको अविश्वासको प्रस्तावमाथि आइतबार हुने मतदानभन्दा एक दिनअघि समाचार संस्था एआरवाईसँगको एक अन्तवार्तामा प्रधानमन्त्री खानले देशको शक्तिशाली […]
रुसी विदेशमन्त्री र भारतीय प्रधानमन्त्री मोदीबिच भेटवार्ता

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी विदेशमन्त्री सर्गेई लाभरोभसँग भेटवार्ता गरेका छन् । राजधानी नयाँ दिल्लीमा भएको भेटमा प्रधानमन्त्री मोदीले युक्रेनमा शान्ति प्रयासमा योगदान गर्न भारत तयार रहेको बताए । युक्रेनमाथि रुसी हमलाको विरोध गर्न भारतलाई अन्तर्राष्ट्रिय दबाबबीच प्रधानमन्त्री मोदी र रुसी विदेशमन्त्रीबीच ४० मिनेट भेटवार्ता भएको थियो । प्रधानमन्त्रीको कार्यालयबाट जारी प्रेस विज्ञप्तिअनुसार […]
श्रीलंकामा आपतकाल घोषणा

काठमाडौ । श्रीलंकामा आपतकाल घोषणा गरिएको छ। आर्थिक संकटको विरोधमा सयौँ प्रदर्शनकारी राष्ट्रपतिको निवासतर्फ बढेको भोलिपल्ट सरकारले आपतकाल घोषणा गरेको हो। आपतकालसँगै सुरक्षा फौजलाई असिमित शक्ति प्रदान गरिएको छ। राष्ट्रपति गोटाबाया राजापाक्षेले संदिग्धहरूलाई बिना कुनै मुद्दा चलाउन र हिरासतमा राख्न अनुमति दिने कडा कानूनको आह्वान गरेका छन्। राष्ट्रपतिको राजीनामा माग गर्दै प्रदर्शन भएपछि पछिल्ला घटनाक्रम […]
रुस–युक्रेन युद्धमा हालसम्म १३६ बालबालिकाको मृत्यु, २०० जना घाइते

किभ । रुसले युक्रेनमाथि गरेको हमलामा अहिलेसम्म १३६ बालबालिका मारिएका छन् । युक्रेनको महान्यायधिवक्ताको कार्यलयले सो जानाकारी दिएको हो । रुसले २४ फेब्रुवरीदेखि युक्रेनमाथि हमला गरिरहेको छ । रुसी हमलामा दुई सय बालबालिका घाइते भएका छन् । युद्धमा युक्रेनतर्फ ठूलो भौतिक क्षति भएको छ । त्यस्तै, युद्धमा सयौँ मानिसहरुको मृत्यु भएको छ । राष्ट्रसंघका अनुसार […]
नेटो अहिले जसरी एकढिक्का कहिल्यै थिएन : बाइडेन

काठमाडौ । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमाथि रुसले गरेको आक्रमणविरुद्ध पश्चिमा सैन्य गठबन्धन एकढिक्का रहेको बताएका छन् । नेटो इतिहासमै सबैभन्दा बलियो रुपमा एकतावद्ध रहेको बाइडेनको भनाइ छ । बसेल्समा भएको नेटो बैठकलाई सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेनलाई गरिरहेको हालको रक्षात्मक तथा मानवीय सहयोगका लागि मात्रै नभएर युद्धले गरेको विनाशबाट उठ्नका लागि पनि एकीकृत […]
यूक्रेनबाट ३५ लाख मानिस विस्थापित : राष्ट्रसंघ

जेनेभा । रुसले यूक्रेनमा आक्रमण गरेपछि अहिलेसम्म यूक्रेनबाट झण्डै ३५ लाख मानिस विस्थापित भएका छन्। राष्ट्रसंघीय निकायले सोमबार सार्वजनिक गरेको प्रतिवेदनका अनुसार विस्थापित भएकाहरू अधिकांश छिमेकी मुलुकहरूमा पुगेका छन्। त्यसैगरी अरु करिब एक करोड मानिस भने आन्तरिक रुपमा विस्थापित भएका छन्। उनीहरु यूक्रेन भित्रकै एक ठाउँबाट अर्को ठाउँमा गएर लुकेको पाइएको छ। संयुक्त राष्ट्रसंघको शरणार्थी […]
म्यानमारमा कार दुर्घटना, ७ जनाको मृत्यु

काठमाडौं, चैत ६ । म्यानमारमा कार दुर्घटनामा कम्तीमा पनि सात जनाको ज्यान गएको यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् । म्यानमारको पाथिन चागोथा भन्ने स्थानमा शनिबार भएको कार दुर्घटनामा परी सात जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन् । एक निजी कार सर्वाजनिक बससँग ठोक्किन पुगेको प्रहरीले जनाएको छ । बसको ठक्करबाट सो कारमा रहेका कम्तीमा सात जनाको […]
श्रीलङ्कामा कागज किन्ने पैसा नभएपछि वार्षिक परीक्षा स्थगित

काठमाडौं, चैत ६ । श्रीलङ्कामा आर्थिक अभावका कारण कागज किन्ने पैसा नभएपछि विद्यालय तहको वार्षिक परीक्षा अनिश्चित कालका लागि स्थगित भएको छ । परीक्षा सञ्चालनको लागि आवश्यक पर्ने कागज खरिद गर्न सरकारसँग पर्याप्त डलर नभएकोले झण्डै ४५ लाख जना विद्यार्थी सहभागी हुने विद्यालय तहको वार्षिक परीक्षा स्थगित गरिएको श्रीलङ्काका शिक्षा अधिकारीहरुलाई उदृत गर्दै अल जजिराले […]

