चार जना सवार अमेरिकी सेनाको विमान दुर्घटना

नर्वे, चैत ५ । चार जना सवार अमेरिकी सेनाको विमान उत्तरी नर्वेमा दुर्घटना भएको नर्वेली उद्धार केन्द्रले जनाएको छ । नर्वेमा दुर्घटना भएको उक्त अमेरिकी सैन्य विमानको बारेमा संयुक्त राज्य अमेरिकालाई थाहा रहेको र हाल घटनाको मूल्याङ्कन गरिरहेको अमेरिकी मरीन कोर्प्सका प्रवक्ता स्पुतनिकले बताए । नर्वेली उद्धार केन्द्रले गरिरहेको खोज र उद्धार कार्यलाई अमेरिकी सेनाले […]
जापानमा शक्तिशाली भूकम्प

काठमाडौ । जापानमा बुधबार साँझ गएको शक्तिशाली भूकम्पमा दुई जनाको मृत्यु भएको छ। भूकम्पमा दर्जनौँ मानिस घाइते भएका छन्। पूर्वी जापानमा ७ दशमलब ३ म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पले पुर्याएको जनधनको क्षतिको पूर्णविवरण आइनसकेको प्राप्त समाचारमा जनाइएको छ। भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ। भूकम्पपछि बुधबार रातभर र बिहीबार बिहान पनि निरन्तर परकम्पनहरु आइरहेका छन् । […]
युक्रेनमाथि रसियाले गरेको आक्रमणको विरोध गर्ने रसियाली पत्रकार पक्राउ

काठमाडौं, चैत १ । रसियाले युक्रेनमाथि गरेको आक्रमणको विरोध गरेको भन्दै रसिया प्रहरीले सरकारी संचार माध्यममा कार्यरत एक कर्मचारीलाई पक्राउ गरेको छ । अन्तर्राष्ट्रिय संचार माध्यमहरुका अनुसार सोमबार बेलुका राज्य नियन्त्रित च्यानल १ टेलिभिजनबाट युरोपियन मुलुकले रसियामाथि लगाएको आर्थिक प्रतिबन्धको समाचार प्रसारण भइहेका बेला सम्पादक मन्डलकी ती महिला कर्मचारी ‘नो वार’ लेखेको पेपर लिएर स्टुडियो […]
रुसमाथि बेलायतको नयाँ प्रतिबन्ध लगायो

लन्डन । बेलायतले मस्कोमाथि नयाँ प्रतिबन्ध घोषणा गरेको छ । बेलायतले रुसी तल्लो सदन डुमाका ३८६ सांसदहरुलाई लक्षित गर्दै नयाँ प्रतिबन्ध लगाएको हो । ती सबै सांसदहरुले युक्रेन हमलामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको कदमलाई समर्थन जनाएका थिए । उनीहरूलाई बेलायत यात्रा गर्न र बेलायतमा रहेको कुनै पनि सम्पत्तिमा पहुँच राख्न प्रतिबन्ध लगाइएको बेलायतको विदेश मन्त्रालयले […]
युक्रेन र रुसको युद्धले, नेपालमा कच्चापदार्थ आयातमा समस्या

काठमाडौ, फागुन १७ गते । विराटनगरका उद्योगीले घिउ र तेल उद्योगका लागि कच्चापदार्थ अभाव हुनसक्ने औँल्याएका छन् । युक्रेन र रुसबाट कच्चापदार्थ आयात गर्न समस्या हुन थालेको भन्दै त्यसको असर नेपालका घिउ र तेल उद्योगमा पर्ने उनीहरूले बताएका हुन् । नेपालमा सूर्यमुखीको कच्चा तेल युक्रेन र रुसबाट पैठारी हुँदै आएको छ । यहाँका उद्योगलाई आवश्यक […]
रुससँगको वार्तामा युक्रेनले दुई माग राख्यो

एजेन्सी । युद्धरत युक्रेन र रुसबीचमा सोमबार भएको वार्ताका क्रममा युक्रेनले दुई माग राखेको छ । बेलारुसमा भएको वार्तामा युक्रेनको तर्फबाट सहभागी टोलीले रुसको तर्फबाट तत्काल युद्धबिरामको घोषणा हुनु पर्ने र रुसी सेना युक्रेनबाट फिर्ता गर्नु पर्ने शर्त राखेको हो । युक्रेनले दुई शर्त राखेपछि वार्ताले सकारात्मक मोड लिने संभावना कम रहेको अधिकारीहरुले जनाएका छन् […]
एक दशकपछि यूएईको भ्रमणमा टर्कीका राष्ट्रपति

काठमाडौ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान सोमबार संयुक्त अरब इमिरेट्स (यूएई) को भ्रमणमा गएका छन्। झन्डै एक दशकपछि उनी पहिलोपटक यूएई भ्रमणमा गएका हुन्। लामो समयपछि टर्कीका राष्ट्रपतिले गरेको यूएई भ्रमणलाई महत्वका साथ हेरिएको छ। भ्रमणका क्रममा राष्ट्रपति एर्दोगानले अरब क्षेत्रका विभिन्न विषयसँगै अन्तर्राष्ट्रिय तथा क्षेत्रीय र आपसी दुई पक्षीय विषयमा छलफल गर्नेछन्। ‘अहिलेको […]
लण्डनमा लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा एक नेपालीलाई जेल सजाय

बेलायत । लागूऔषध (क्लास ए ड्रग्स) कारोबारमा संलग्न रहेको आरोपमा लन्डनमा एक नेपालीलाई जेल सजाय सुनाइएको छ । लन्डन हयारो निवासी २४ वर्षीय निखिल लामालाई लागूऔषध कारोबारमा संलग्न भएको ठहर गर्दै गिल्डफोर्ड क्राउन कोर्टले ४ फेब्रुअरीमा तीन वर्ष दुई महिना जेल सजाय सुनाएको हो । प्रहरीले लामालाई ७ सेप्टेम्बर २०२० मा गिरफ्तार गरेको थियो । […]
ओमिक्रोन नै कोभिड–१९ को अन्तिम भेरियन्ट होइन : विश्व स्वास्थ्य संगठन

काठमाडौं, माघ २७ । विश्व स्वास्थ्य संगठनका एक अधिकारीले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन नै अन्तिम नभएको चेतावनी दिएकी छन् । डब्लूएचओ कोभिड–१९ प्राविधिक विभागका प्रमुख मारिका वेनले केरकोभले भनिन्,‘विश्वव्यापी स्वास्थ्य एजेन्सीले ओमिक्रोनको ४ फरक–फरक भेरियन्ट पत्ता लगाएको छ ।’ मंगलबार डब्लूएचओ प्लेटफर्मको एक लाइभ स्ट्रिमिङमा सोधिएको प्रश्नमा उनले सो जवाफ दिएकी हुन् । मारिका […]
कर्नाटक हिजाब विवाद : आज सुनुवाई, एक मुसलमान महिला न्यायाधीश पनि सहभागी

काठमाडौं, माघ २७ । कर्नाटकको कलेजका छात्राहरुलाई हिजाबमाथि लगाइएको प्रतिवन्धको विरुद्ध दायर मुद्दाको आज सुनुवाई हुने भएको छ । सुनुवाई कर्नाटकको उच्च अदालतमा तीन जना न्यायाधीशको बेन्च बस्ने जनाइएको छ । कर्नाटक उच्च अदालतका प्रधानन्यायाधीश रितु राज अवस्थीले उक्त बेन्चमा एक मुसलमान महिलालाई पनि समावेश गरेका छन् । उक्त मुस्लिम न्यायाधीश जयबुनिसा मोहिउद्दिन खाजीइस हुन् […]

