Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

पोखरा महानगरपालिकाका मेयरले उपमेयरलाई कार्यवाहकको जिम्मेवारी दिए

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • अशोज २५, २०७८ मा प्रकाशित

पोखरा । मस्तिष्कघात भएर उपचारपछि पोखरा फर्किएका मेयर मानबहादुर जिसी सोमबार कार्यालय पुगेका छन् । गत साउन १ गते मस्तिष्कघात भएपछि काठमाडौंमा उपचार गराइरहेका उनी शनिबार पोखरा फर्किएका थिए । सोमबार कार्यालय पुगेका मेयर जिसीले कार्यकक्ष पुगेर दसैंको शुभकामना बाँडेका छन् भने कार्यवाहक प्रमुखको जिम्मेवारी उपमेयर मञ्जुदेवी गुरुङलाई दिएका छन् ।

जिसी अझै पूर्ण रुपमा निको भइसकेका छैनन् । जिसीले आफू कार्यालय नआउँदासम्म कार्यवाहक प्रमुख भई दैनिक कार्य सञ्चालन गर्ने गरी लिखित रुपमा उपप्रमुख गुरुङलाई जिम्मेवारी दिएका हुन् । मेयर बिरामी भएको र उपमेयरलाई कार्यवाहक जिम्मेवारी नदिँदा बजेट कार्यान्वयन तथा सेवा प्रवाहमा समस्या परेको थियो ।

करिब १ घण्टा कार्यालयमा रहेका जिसीले महानगरले गर्ने काम, सेवा प्रवाहलाई गुनासो नआउने गरी गर्न जनप्रतिनिधि तथा कर्मचारीलाई अनुरोध गरे । आफू पूर्ण रुपमा निको भएर छिट्टै काममा फर्किने जिसीको विश्वास थियो । महानगर प्रमुख जिसी कार्यालयमा पुग्दा उपप्रमुख मञ्जुदेवी, प्रमुख प्रशासकीय अधिकृत महेश बराल, सचेतकद्वय शोभामोहन पौडेल, रामराज लामिछाने, प्रवक्ता धनबहादुर नेपाली, वडाअध्यक्षहरु तथा विभिन्न महाशाखा प्रमुखहरुले स्वागत गरेका थिए ।

मेयर जिसीले कार्यालय पुगेर दशैंको शुभकामना बाँड्दै कोरोना महामारीबाट सचेत रहन आग्रह गरे । कोरोना संक्रमणको जोखिम अझै रहेकाले स्वास्थ्यप्रति सचेत भएर चाडपर्व मनाउन उनको आग्रह थियो । ‘चाडपर्वहरु अर्को वर्ष पनि आउँछन्,’ जिसीले भने, ‘स्वास्थ्यका मापदण्ड पालना गरेर मनाउन आग्रह गर्दछु ।’ उनले स्वास्थ्यमा कुनै समस्या भएमा महानगरका स्वास्थ्य केन्द्र तथा अस्पतालहरुमा स्वास्थ्य जाँच गराउन पनि आग्रह गरे ।

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ४, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved