Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • अशोज २९, २०८३ मा प्रकाशित

सुनसरी । धरानमा लागूऔषधसम्बन्धी समस्या प्रहरीका लागि प्रमुख चुनौतीका रूपमा देखिएको छ। इलाका प्रहरी कार्यालय धरानमा पछिल्ला तीन आर्थिक वर्षको उपलब्ध अवधिमा लागूऔषधसम्बन्धी ४०६ मुद्दा दर्ता भएका छन्।

इलाका प्रहरी कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ देखि चालु आर्थिक वर्ष २०८३/८४ को असोजसम्म विभिन्न प्रकृतिका एक हजार १७२ मुद्दा दर्ता भएका छन्। तीमध्ये लागूऔषधसँग सम्बन्धित मुद्दाको संख्या सबैभन्दा धेरै रहेको जनाइएको छ।

प्रहरीका अनुसार आर्थिक वर्ष २०८१/८२ मा विभिन्न कसुरमा ५१७ मुद्दा दर्ता भएका थिए। उक्त वर्ष ५८१ पुरुष र ६८ महिला पक्राउ परेका थिए। त्यसैगरी, आर्थिक वर्ष २०८२/८३ मा ४९४ मुद्दा दर्ता हुँदा ५०९ पुरुष र ४७ महिला पक्राउ परेका थिए।

चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि असोजसम्म १६१ मुद्दा दर्ता भएको इलाका प्रहरी कार्यालयले जनाएको छ। यस अवधिमा १०३ पुरुष र आठ महिला गरी १११ जना पक्राउ परेका थिए।

लागूऔषधसम्बन्धी मुद्दाबाहेक अभद्र व्यवहार, बैंकिङ कसुर, कर्तव्य ज्यान, चोरी, बहुविवाह, भवितव्य ज्यान तथा जबर्जस्ती करणीका घटनामा पनि प्रहरीमा मुद्दा दर्ता भएका छन्।

इलाका प्रहरी कार्यालय धरानका प्रमुख भीषणबाबु राईका अनुसार लागूऔषधको प्रयोग तथा कारोबारमा ज्याला मजदुरी गर्ने र बेरोजगार युवाको संलग्नता बढी देखिएको छ। प्रहरीका अनुसार १५ देखि ५५ वर्ष उमेर समूहका व्यक्तिहरू यस्ता गतिविधिमा संलग्न भएको पाइएको छ।

लागूऔषध ओसारपसार तथा बिक्री वितरणमा संलग्न व्यक्तिले विभिन्न तरिका अपनाउने गरेको प्रहरीको भनाइ छ। सवारीसाधनमा लुकाएर, गोप्य खण्ड बनाएर तथा शरीरका विभिन्न भागमा लुकाई लागूऔषध ओसारपसार गर्ने गरेको पाइएको प्रमुख राईले जानकारी दिएका छन्।

धरानमा लागूऔषध नियन्त्रणका लागि प्रहरीको निगरानीसँगै परिवार, समुदाय र सम्बन्धित निकायबीच समन्वय आवश्यक देखिन्छ। विशेषगरी युवालाई लागूऔषधको जोखिमबारे सचेत गराउने, रोकथामका कार्यक्रम सञ्चालन गर्ने र शंकास्पद गतिविधिबारे सम्बन्धित निकायलाई जानकारी दिने कार्यले नियन्त्रण प्रयासमा सहयोग पुर्‍याउन सक्छ।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित
Messenger_creation_81AC08FA-EC30-44DB-8B9F-7BE8EE387804

जुरिथुम्की गोल्ड कप असोज २६ देखि, मुख्य प्रायोजकमा सुजन श्रेष्ठ

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved