Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृत्यु

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • कार्तिक ६, २०८३ मा प्रकाशित

बिर्तामोड, ५ कात्तिक। झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित एक बडी ग्यारेजको क्यान्टिनमा आगलागी हुँदा ६५ वर्षीय एक पुरुषको मृत्यु भएको छ। आगलागीबाट क्यान्टिनका सामग्री जलेर नष्ट हुँदा करिब तीन लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

प्रहरीका अनुसार २०८३ साल कात्तिक ५ गते बिहान करिब ४ः१० बजे रामचोकस्थित ध्रुव भट्टराईको जग्गामा रहेको टिनको छानो भएको घरमा सञ्चालित बडी ग्यारेजको क्यान्टिनमा आगलागी भएको हो। उक्त ग्यारेज बिर्तामोड नगरपालिका–४ निवासी रवि राजवंशीले सञ्चालन गर्दै आएका थिए।

प्रारम्भिक विवरणअनुसार विद्युत् सर्ट भएर आगलागी भएको आशंका गरिएको छ। आगलागीको खबर पाएपछि प्रहरी, दमकल तथा स्थानीय बासिन्दा घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिने प्रयास गरेका थिए। उनीहरूको सहयोगमा बिहान करिब ४ः३० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

घटनाबारे थप जानकारी संकलन गर्ने क्रममा क्यान्टिनमा काम गर्दै आएका गौरीगञ्ज गाउँपालिका–२ निवासी ६५ वर्षीय रुद्रबहादुर तामाङको आगलागीमा परेर मृत्यु भएको खुलेको प्रहरीले जनाएको छ।

आगलागीबाट क्यान्टिनभित्र रहेका भाँडाकुँडा, लत्ताकपडा, तीन थान खसीबाख्रा तथा नगद एक लाख रुपैयाँ जलेर नष्ट भएका छन्। यी सामग्रीमा भएको क्षतिसहित क्यान्टिनतर्फ करिब तीन लाख रुपैयाँ बराबरको नोक्सानी भएको प्रारम्भिक आकलन गरिएको छ।

यसैगरी, ग्यारेजसँगै जोडिएको राजेन्द्र अग्रवालले सञ्चालन गर्दै आएको मार्बल तथा टायल्सको गोदाममा पनि आगोको असर परेको थियो। आगो निभाउने क्रममा दमकलको पानीले गोदाममा राखिएका करिब २० देखि २५ बोरा सिमेन्ट भिजेर प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेको बताइएको छ। यसबाट थप करिब २५ हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान छ।

घटनाबाट भएको कुल क्षतिको यकिन विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ। आगलागीको वास्तविक कारण तथा घटनासँग सम्बन्धित अन्य विषयमा थप अनुसन्धान भइरहेको छ।

स्रोत: जिल्ला प्रहरी कार्यालय झापाअन्तर्गत इलाका प्रहरी कार्यालय अनारमनीबाट प्राप्त विवरण।

ताजा समाचारहरु

FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved