Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री श्रेष्ठद्वारा सम्पत्ति विवरण सार्वजनिक (विवरण सहित)

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • अशोज २६, २०७८ मा प्रकाशित

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मन्त्रीमा नियुक्त भएको चार दिनमै श्रेष्ठले सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

नेपालमा सार्वजनिक पद धारण गरेको व्यक्तिले ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । उनले सार्वजनिक गरेको जग्गा विवरणमा काठमाडौँका तीन स्थानमा आफ्नो जग्गा रहेको उल्लेख छ । काठमाडौँ महानगरपालिका–९ मा कित्ता नम्बर ११४, ०–८–०–० क्षेत्रमा र खरिद मूल्य ७४ लाख ७५ हजार २५६ रुपैयाँ ९९ पैसा रहेको उल्लेख छ । त्यस्तै काठमाडौँ–३ मा कित्ता नम्बर १०८, ४२९.१४ क्षेत्रमा र खरिद मूल्य ३९ लाख रुपैयाँ रहेको छ भने काठमाडौँ–१ मा कित्ता नम्बर २१५१, २१५२, २२२७ र २४९४, ०–८–३–३ क्षेत्रमा र खरिद मूल्य ६९ लाख रहेको उल्लेख छ । उनले आफ्नो दुई घर रहेको सार्वजनिक गरेका छन् ।

काठमाडौँ महानगरपालिका–३ मा साढे दुई तलाको घर र काठमाडौँ–९ धापासीमा सात तलाको व्यावसायिक घर रहेको जनाएका छन् । उनले सेयर विवरणमा आफ्नो विभिन्न कम्पनीमा सेयर लगानी रहेको उल्लेख गरेका छन् । रु दुई करोड १७ लाख २४ हजार ४०० मूल्य बराबरको सेयर लगानी रहेको विवरणमा उल्लेख छ ।

त्यस्तै उनले २० वटा व्यावसायिक कम्पनीहरुमा रु १४ करोड ५६ लाख २६ हजार मूल्य बराबरको लगानी गरेको उल्लेख गरेका छन् । हाल मौज्दातमा रहेको घर तथा जग्गा विवरणमा जम्मा रु नौ करोड ६९ लाख ७३ हजार ५० मूल्य बराबरको रहेको उल्लेख छ ।

गरगहनामा मन्त्री श्रेष्ठले विवाह दाइजोमा पाएको २० तोला सुन र खरिद गरेको ५० तोला सुन भएको बताएका छन्। उनले बैंक खाता विवरणमा आठ वटा बैंकमा आफ्नो पैसा रहेको खुलाएका छन् । उनले प्राइम कमर्सियल बैंक, ग्लोबल आइएमई, सिभिल बैंक, एमरेष्ट बैंक र नेपाल बङ्गलादेश बैंकमा आफ्नो खाता रहेको बताए । त्यस्तै उनको श्रीमतीको नाममा भने ग्लोबल आइएमई, एनएमबी र नबिल बैंकमा खाता रहेको उल्लेख छ । श्रेष्ठ नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्यसमेत हुन् ।

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ४, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved