सप्तरी, २६ असोज । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव विरुद्ध मधेसमा आन्दोलन चर्किएको छ । प्रदेश २ को अधिकांश जिल्लाहरुमा मधेशी नेता तथा कार्यक्राताहरुनै आदोलनमा उत्रिएका छन् ।
अध्यक्ष यादवकै निर्वाचन क्षेत्रमा राजबिराज नगरपालिका वडा नम्वर १ स्थित मधेसी युवा समाजले जनता समाजबादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको पुत्ला दहन गरेको छ । मंगलबार दिउँसो राजदेवी चोकमा युवाहरूले पुतला दहन गरेको हो ।

चिनिया दलाल मुर्दावाद, उपेन्द्र यादव प्रचण्डको दलाल, प्रदेश २ को इस्लामीकरण बन्द गर, प्रदेश २ को तिव्व्तीकरण बन्द गर जस्तानारा लगाएका थिए ।हिजो सोमबार पनि मधेशी युवा समाजका कार्यकताहरुले राजविराज नगरपालिका वडा नम्वर ११ झल्ही चौकमा जसपाका अध्यक्ष उपेन्द्र यादवको पुत्ला बोकेर सडक प्रदर्शन गरि पुत्ला दहन गरेका थिए ।

यसअघि प्रदेश २ को वीरगंज लगायतका जिल्लाहरुमा उपेन्द्र यादवको एकल जातीय सोंच र अहंकार विरुद्ध प्रदर्शन भइरहेको छ । विरगंजका युवाहरुले उपेन्द्रलाई विरगंज प्रवेशमा निषेध समेत गरेका छन् । मधेस आन्दोलनमा अन्य समुदायलाई पठाउने तर अवसर पाउँदा आफ्नो जाति र आफ्नो खलतिका मान्छे च्यापेको भन्दै मधेसमा र जसपाभित्रै चर्को असन्तुष्टि छ ।
यसअघि सांसदद्वय प्रदीप यादव र प्रमोद साहले सामाजिक सञ्जालमार्फत उपेन्द्र यादवको एकल जातीय सोंचको भण्डाफोर गरिसकेका छन् ।
सडकमा उत्रिने प्रदर्शनकारीले उपेन्द्र यादव मुर्दावाद, जुता मार, मधेसको धोकेबाज लगायतका नारा लगाइरहेका छन् ।















