Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

कैलालीमा प्रेमीसँग मिलेर श्रीमानको हत्या गर्ने महिलासहित दुईजना सार्वजनिक

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • अशोज ३१, २०७८ मा प्रकाशित

धनगढी। कैलालीमा प्रेमीसँग मिलेर श्रीमानको हत्या गर्ने महिलासहित प्रहरीले दुई जनालाई सार्वजनिक गरेको छ । हत्या अभियोगमा पक्राउ परेका धनगढी उपमहानगरपालिका-७ बेलीकी २७ वर्षीया अमृता चौधरी र उनका प्रेमी २९ वर्षीय विष्णु चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीले सार्वजनिक गरेको हो।

उनीहरु दुवै जना मिलेर अमृताका श्रीमान समेत रहेका २५ वर्षीय रमेश चौधरीको हत्या गरेको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले जानकारी दिए। अमृता र विष्णुबीच केही वर्षदेखि प्रेम सम्बन्ध रहेको पाइएको बताउँदै एसपी अधिकारी शुक्रबार राति दुवै जनालाई रमेशले आपत्तीजनक अवस्थामा भेटेपछि घटना भएको जनाए। ‘रमेश चौधरीले आफ्नो घर नजिकै परालको थुप्रोमा दुवै जनालाई राति आपत्तीजनक अवस्थामा देखेको रहेछ।

सो क्रममा आवेगमा आएर विष्णुमाथि कुटपिट गरेको देखिन्छ,’ एसपी अधिकारीले अनलाइनखबरसँग भने, ‘सोही क्रममा विष्णुले प्रतिकार गरेर अमृतासँग मिलेर खेतमा घाँटी थिचेर हत्या गरेको पाइएको छ ।’ उनीहरुले रमेशको हत्या गरिसकेपछि राति नै शव बोकेर खुटिया नदी नजिकैको चौरमा फालेर घटनाबारे कसैलाई नबताउने शर्तमा दुवै जना घरतर्फ लागेको अनुसन्धानका क्रममा पाइएको उनले बताए।

मृतक चौधरीका तीन वर्षीया छोरा छन्। यसअघि प्रहरीले हत्यामा संलग्न भएको आशंकामा अन्य दुईजनालाई समेत पक्राउ गरेको थियो। तर उनीहरुको संलग्नता नदेखिएपछि छाडिएको प्रहरीले जनाएको छ ।

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ४, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved