Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

विमानस्थलमा भएका अनियमितताको अन्त्य गर्छु : मन्त्री आले

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • कार्तिक १, २०७८ मा प्रकाशित

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएका अनियमितताको अन्त्य गर्ने बताएका छन् ।

सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छड्के अनुगमनमा निस्किनुभएका मन्त्री आलेले विमानस्थलमा यात्रुलाई कुनै असहज हुन नदिने विश्वास दिलाए । अनुगमनका क्रममा विमानस्थलमा ट्याक्सीले मिटरमा यात्रु नबोक्ने, सरसफाइ नभएको, यहाँका पसलले यात्रुलाई चिया, कफीमा समेत महँगो लिने गरेका, कर्मचारीले पनि आफ्नो जिम्मेवारी पूर्णरुपमा पालना नगरेको पाइएकाले ती कमी कमजोरीको अन्त्य गर्ने बताए ।

यसैगरी मन्त्री आलेले आइतबार काठमाडौँबाट भोजपुरका लागि उडेको नेपाल वायुसेवा निगमको जहाजले केही यात्रु उडाएको र केही यात्रु छाडेकाले सो विषयमा नेपाल वायुसेवा निगमका निर्देशकलाई लिखित जवाफ माग गरेको बताए । उनले भने, “भोजपुर जाने जहाजमा आधा यात्रु लगियो, आधा छोडियो, कसरी त्यस्तो हुन गयो, गल्ती गर्नेलाई कारवाही गर्न निर्देशन दिएको छु, यात्रुसँग हाम्रो सम्बन्ध सुमधुर होस् भन्ने मेरो चाहना हो ।”

आइतबार छुटेका यात्रुलाई पनि मन्त्री आलेकै निर्देशनमा सोमबार गन्तव्यमा पुर्‍याइएको छ । मन्त्री आलेले नेपाल वायुसेवा निगमलाई हवाई टिकटका लागि ई–टिकेट (अनलाइन) को व्यवस्था गर्न निर्देशन दिएकाले निकट भविष्यमै ई–टिकेट सञ्चालन हुने विश्वास दिलाए । मन्त्री आलेले आफू पदमा रहुञ्जेलसम्म नेपाल वायुसेवा निगमलाई माथि उठाउन लाग्ने बताए । अबका दिनमा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुले कुनै पनि समस्या भोग्नु नपरोस् भनेर मन्त्री आलेले कर्मचारीलाई निर्देशन दिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज पार्किङका लागि निकै साँघुरो तथा असहज भएकाले यहाँका जहाज धनगढी, नेपालगञ्ज, पोखरा, भैरहवा, विराटनगरलगायतका विमानस्थलमा पार्किङको व्यवस्थाका लागि पहल भइरहेको बताए । उनले भने, “जहाज पार्किङका लागि समस्या भएको छ, जहाज बिहानको समयमा अन्य ठाउँबाट पनि उडान गर्न सक्ने गरी पहल भइरहेको छ ।”

नेपाल वायुसेवा निगमका कर्मचारीले यात्रुसँग रुखो व्यवहार गर्ने यात्रुले मन्त्री आलेसमक्ष गुनासो गरेका थिए । (रासस)

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ४, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved