Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

बिरगंजको श्रीसिया नाका हुँदै तस्करी शुरू, नेपाल प्रहरी स्कटिङ्गबाट समेत पछि हटेन्न

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • कार्तिक २, २०७८ मा प्रकाशित

पर्सा, २ कात्तिक / पर्साको श्रीसिया नाका हुँदै तस्करी गराउनुमा नेपाल प्रहरीको अहम भुमिका रहेको बारे एक घटनाले उजागर पारेको छ । श्रीसिया र छपकैया नाका हुँदै तस्करी गराउनुमा प्रहरी चौकी छपकैयाका प्रहरी नायब निरीक्षक बिनय सिंहले अहम भुमिका खेल्दै आएको एक घटनाले उजागर पारेको हो ।

श्रीसिया नाका हुँदै तस्करी गर्नको निम्ति दर्जनौ तस्कर समूह सकृय रहेका छन । नूनदेखि सुनसम्मको तस्करी गर्न र गराउनको निम्ति दर्जनौ तस्कर र ढाकछोप गर्ने नाइकेहरू सकृय रहेका हुन । प्रहरी चौकी छपकैयाका प्रमुख प्रहरी नायब निरीक्षक बिनय सिंहले समेत तस्करीको कार्य गराउनको निम्ति रातिको समयमा आफै स्कटिङ्गमा जुटने गरेको छन । उक्त नाका हुँदै हरिन्द्र नामक तस्करले मोटो रकमको नजराना बुझाए पश्चात् प्रती दिन लाखौ बराबरको कपडा र औषधी नेपाल भित्रयाउने गरेका छन । यति मात्र नभइ प्रहरी चौकी अगाडीबाटै तस्करीका समानहरू अबैध तरिकाले आयात गरिरहेपनी प्रहरी मुखदर्शक बन्नु बाहेक केही गर्न नसकेको स्थानीयहरूको आरोप रहेको छ ।

स्थानीयहरूका अनुसार प्रती दिन प्रहरी चौकी अगाडीबाटै करीब ५० वटा भन्दा बढी साइकलमा कपडा आयात हुने गरेको र ५० वटा भन्दा बढी साइकलमा नेपालबाट भारततर्फ केराउ तस्करी हुने गरेको बताए । रातिको समयमा प्रहरी चौकी अगाडीबाट हुने तस्करीको समयमा प्रहरी नायब निरीक्षक बिनय सिंह आफै स्कटिङ्गमा जुटने गरेको स्थानीयले आरोप लगाए । उनका अनुसार मालसमान आयात/निर्यात भन्दा ३० मिनेट अगाडी आफै मोटरसाइकलको माध्यमले चारै तिर लाइन क्लियर गर्ने गरेको र त्यश पश्चात् मालसमानका साइकल ओहर दोहर हुने गरेको बताए ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेल बहादुर पान्डेले आफ्नो क्षेत्रमा कुनै किसिमको तस्करी कार्य हुन नदिन र गराउने प्रहरीलाई कारवाहिको दायरामा ल्याउने प्रतिवधता जनाइरहेकै बेला प्रहरी नायब निरीक्षक सिंह आफ्नो मनोमानी तरिकाले तस्करी गराइरहेको पाइन्छ । तसर्थ यस्ता अबैध तरिकाको क्रियाकलाप गराउन खोज्ने र गराइरहेका प्रहरी नायब निरीक्षक सिंह माथी माथिल्लो निकायका साथ साथै संगठनकै प्रमुखको ध्यान जान अति अवाश्यक देखिन्छ ।

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ४, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved