Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

बेमौसमी वर्षाले लमजुङ बेसिशहर -चामे सडक पुन: अवरुद्ध

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • कार्तिक ३, २०७८ मा प्रकाशित

लमजुङ । बेमौसमी वर्षाका कारण बेसिशहर चामे सडक पुन अवरुद्ध भएको छ । आइतबार साँझदेखि परेको निरन्तरको अविरल वर्षाले बेसीशहर चामे सडकको विभिन्न ठाउँमा पहिरो जाँदा बेँसीशहर–चामे सडक पुन अवरुद्ध भएको हो । हिमाली जिल्ला मनाङ जोड्ने एक मात्र बेँसीशहर–चामे सडकखण्डको नासो गाउँपालिकाको खोत्रो, बगरछाप, निगालघारी र चामेको कोतोमा सडक पहिरोले अवरुद्ध भएको मनाङका प्रमुख जिल्ला अधिकारी रबिन्द्र आचार्यले बताए । उनले भने ‘सोमबारदेखि बेसिशहर चामे सडक अवरुद्ध भएको छ ।

यस्तै तिमाङखोला र स्याल्कु खोलामा निर्माण गरिएको अस्थायी काठेपुल समेत बाढिका कारण भत्किएको छ ।पहिरोले सडक अवरुद्ध भएपछि सवारीसाधन आवतजावत गर्न नसक्दा बीच बाटोमै रोकिएका छन्। असार १ को बाढिले अवरुद्ध बेशिसहर चामे सडक आइतबार ४ महिनापछी संचालनमा आएको थियो । आइतबार संचालनमा आए पनि पुन सोमबारदेखि अवरुद्ध भएको हो ।

सडक अवरुद्ध भएसगै दशै बिदा मनाउन तिलिचो र थोरङला पुगेका पर्यटक मौसम खराब भएसगै मनाङमै रोकिएका छन् । ६५ किलोमिटरको बेंसीसहर–चामे सडकखण्ड लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर पर्छ । सडक विभागले आ.व. ०५१/०५२ मा बेंसीसहर–चामे सडक निर्माण थालेको थियो । द्वन्द्वका कारण सडक निर्माणमा कठिनाइ भएपछि ०५७ मा तत्कालीन शाही नेपाली सेनालाई जिम्मा लगाएको थियो । ०५२ मा निर्माण सुरु भएको सडक नेपाली सेनाले १९ वर्ष लगाएर ट्र्याक खोलेको थियो । यो सडक सेनाले ०६९ मा सडक विभागलाई हस्तान्तरण गरेयता स्तरवृद्धि हुन सकेको छैन ।

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ४, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved