Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

पहिरोका कारण खोटाङ, सोलुखुम्बु र ओखलढुङ्गाका यात्रु खुर्कोटमा अलपत्र

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • कार्तिक ३, २०७८ मा प्रकाशित

खोटाङ । निरन्तरको वर्षापछि आएको बाढी र पहिरोका कारण खोटाङ, सोलुखुम्बु र ओखलढुङ्गाका यात्रु सिन्धुलीमा अलपत्र परेका छन् । विपि राजमार्ग अन्र्तगत सिन्धुली जिल्लाको खुर्कोटमा पहिरो गएर यातायात सेवा अवरुद्धहुँदा तीन जिल्लाका यात्रु खुर्कोटमा अलपत्र परेका हुन् ।

काठमाडौँबाट मङ्गलबार बिहान छुटेको सबै सवारी साधन सिन्धुलीस्थित खुर्कोटमा रोकिएका छन् भने भलबाढी र पहिरोका कारण गाडी रोकिँदा करिब पाँच हजार यात्रु बीच सडकमै अलपत्र परेका खोटाङ यातायात प्रालीका महासचीव रामकुमार हिङमाङले बताउनुभयो । तत्काल पहिरो हटाएर बिच सडकमा अलपत्र बनेका यात्रुको उद्धार गर्न सम्बन्धित निकायले पहल थाल्नुपर्ने यातायात प्रालीका महासचीव हिमाङको भनाई छ ।

सडकमा पहिरो खस्दा जिल्लाबाट काठमाडौँका लागि छुटेका सवारी साधन पनि बिच बाटोमै रोकिएका छन् भने यात्रुले विहानदेखि खाना खाएका छैनन् । निरन्तरको वर्षाका कारण सडकमा पहिरो खसेपछि करिब ४ सय भन्दा बढी सवारी साधन खुर्कोटमै रोकिएको सिन्धुलिका ट्राफिक प्रहरी इन्र्चाज प्रहरी नायब निरीक्षक कृष्णबहादुर क्षेत्रीले बताउनुभयो । वर्षात नरोकीएपछि पहिरोे हटाउन समस्या भएको बताइएको छ ।

सिन्धुली जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेस न्यौपानेका अनुसार बिचबाटोमै अलपत्र परेका यात्रुलाई सुरक्षित स्थानमा सारिएको र सडकमा झरेको पहिरोलाई दुई वटा स्काभेटर र नेपाल प्रहरीको टोलीले हटाउने कार्य शुरु गरिसकेको छ ।

दुई दिनदेदेखि लगातार परेको वर्षापछि आएको बाढी र पहिरोका कारण दुई नगरपालिका र आठ गाउँपालिका रहेको खाेटाङ जिल्लाका अधिकांश ग्रामीण सकडसमेत अवरुद्ध बनेको छ । कच्ची अवस्थामा रहेको जिल्लाको सबै ग्रामीण सडक अवरुद्ध भएपछि आवतजावत तथा दैनिक उपभोग्य वस्तुसमेत ढुवानीमा समस्या आएको छ ।

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ४, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved