Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • कार्तिक ३, २०७८ मा प्रकाशित

सिन्धुली । दुई दिनदेखिको निरन्तर वर्षाले सिन्धुलीमा पर्ने मध्यपहाडी लोकमार्गको ठाँउ–ठाँउमा पहिरो खसेर अवरुद्ध भएको छ ।

मध्यपहाडी लोकमार्गको ६१ किलोमिटर लामो खुर्कोट–घुर्मी खण्डमा आधा दर्जन भन्दा बढी ठाँउमा पहिरो खस्नाले यातायात सेवा अवरुद्ध भएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय खुर्कोटका अनुसार खुर्कोट–घुर्मी खण्डमा हैबार अक्करे भिर, कुखुरेटार, कालिआँप, सोखुखोला र नागथान लगायतका ठाँउमा माथिबाट पहिरो आएको छ ।

पहिरोका कारण यातायात सेवा अवरुद्ध हुँदा दशैँमा टिका लगाएर आफ्नो गन्तव्यमा हिँडेका यात्रु बीच बाटोमा नै अलपत्र परेका छन् । मध्यपहाडी लोकमार्गमा यातायात अवरुद्ध हुँदा काठमाण्डौबाट पूर्वी पहाडी जिल्ला खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, भोजपुर, रामेछाप आवत जावत गर्ने गाडीहरु पनि बीच बाटोमा नै राेकिएका छन् ।

सुनकोसी नदी किनारको हैबार अक्करे भिरमा पाँच सय मिटर भन्दा धेरै क्षेत्रफलमा रहेकोे मध्यपहाडी लोकमार्गमा तीन ठाउमा पहिरो खसेको र सिमसिम पानी परिरहेकाले पहिरो पन्छाउने डोजर समेत पुग्न नसकेको खुर्कोट इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिनुभयो ।

विपी राजमार्ग, मदन भण्डारी लोकमार्ग र मध्यपहाडी लोकमार्गले छोएको सिन्धुली जिल्लामा अन्य दुई राजमार्गमा भने गाडीहरु चलिरहेका छन् ।

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ४, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved