Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

नयाँ बानेश्वरस्थित व्यस्त सडकमा करिब १५ फिट गहिरो खाल्डो ।

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • कार्तिक ८, २०७८ मा प्रकाशित

जितेश मण्डल
कार्तिक ८ / काठमाडाैं । नयाँ बानेश्वरस्थित व्यस्त सडकमा करिब १५ फिट गहिराे खाल्डाे देखिएकाे छ। महानगरीय ट्राफिक प्रहरी प्रभाग काेटेश्वरका अनुसार बिहान करिब ५ बजे कसैले फाेन गरेर सडक भत्किएकाे समाचार सुनाए लगतै प्रहरीले गरेकाे निरीक्षणमा सडकमा गहिराे खाल्डाे देखिएकाे थियाे ।

राजनीतिकाे मात्र नभइ सर्वसाधारणकाे पनि दैनिक भीड भइरहने उक्त स्थानमा सडक भत्किएर भ्वाङ परेकाे समाचारले प्रहरी पनि अचम्मित भइरहेकाे थियाे । तर ट्राफिक प्रहरी तत्काल सवारी व्यवस्थापनमा जुटेकाे र उक्त स्थानलाई हाइ अलर्टमा राखिएकाे प्रहरी प्रभाग काेटेश्वरकाे भनाइ छ । प्रभागका प्रहरी निरीक्षक रामकृष्ण देवकोटाका अनुसार खाल्डो परेको ठाउँमा घेरा हालेर सवारी आवागमन सुचारू गरिएकाे थियाे ।

समयमै सूचना प्राप्त गरेकाले दुर्घटना हुनबाट बचाउन सकिएकाे उहाँकाे भनाइ छ । खाल्डो भएको क्षेत्रले एउटा लेन नै ओगटेको थियो। देवकोटाका अनुसार शुरूमा एक मिटर गोलाइ र पन्ध्र फिटजतिको गहिरो खाल्डो देखिएको थियो। यो सडक काठमाडौं सडक डिभिजन कार्यालय मातहत भएकाले ट्राफिक प्रहरीले सडक विभागमा जानकारी पठाएकाे देवकाेटा बताउनुहुन्छ ।

१० बजेपछि डिभिजन सडकको टोली उक्त स्थल पुगेर खाल्डाे परेकाे भागमा स्काभेटरकाे सहायताले खन्दा भ्वाङकाे आकार बढेकाे र मंगालका कारण भ्वाङ परेकाे तथ्य भेटिएकाे देवकोटाले बताउनुभयाे ।
‘याे खाल्डो बन्नुको पछाडि त्यहाँ रहेको मंकालले गर्दा भएको देखिएको छ’, देवकोटाले भन्नुभयाे, ‘ढलले शुरूमा मंकाल फुटाएको देखिन्छ, मंकालबाट ढल लिकेज भएपछि सडक भित्रको माटो गलाएर खाल्डो बनेको देखिन्छ ।’

उहाँका अनुसार प्रतिनिधि सभा भवनबाट आएकाे ढलका कारण भ्वाङ परेकाे र भित्र जतिजति ठूलो भ्वाङ पर्दै गयो, सडकको पिचले भार थेग्न नसकेपछि पिच भत्किएको देखिएको छ । अहिले भ्वाङ परेकाे स्थानकाे पिच हटाउने काम भइरहेकाे छ ।

पिच हटाइसकेपछि विज्ञकाे परामर्शमा केकसरी उक्त स्थलकाे निर्माण र व्यवस्थापन गर्न सकिन्छ भनेर यकिन गर्न सकिने निरीक्षक देवकाेटाले बताउनुभयाे ।

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ४, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved