Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

फाइजर खोप १२ वर्षमाथिका सबै दीर्घरोगीलाई लगाइने

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • कार्तिक ९, २०७८ मा प्रकाशित

काठमाडौँ । कोभ्याक्स सुविधामार्फत उपलब्ध भएको एक लाख ६ सय २० डोज फाइजर खोप नेपाल आइपुगेको छ । सोमबार बिहान आएको खोप १२ वर्षमाथिका सबै दीर्घरोगीलाई लगाइने भएको छ । यसअघि सञ्चालन भएको खोप धेरै दीर्घरोगीले लगाएकाले छुटेकालाई फाइजर लगाइने निर्णय भएको परिवार कल्याण महाशाखाका प्रमुख डा.विवेककुमार लालले जानकारी दिए ।

१२ देखि १८ वर्ष उमेर समूहका सबै बालबालिकालाई फाइजर खोप लगाउने भनिए पनि सीमित खोप उपलब्ध भएकाले १२ वर्षमाथिका सबै दीर्घरोगीलाई लगाइने निर्णय गरेको लालले बताए । १२ वर्षदेखि १८ वर्ष उमेर समूहका ३४ लाख बालबालिका छन् । १२ वर्षमाथिका क्यान्सर, मिर्गौलालगायतका गम्भीर बिरामीलाई खोप लगाइने भएको छ । ‘हामीले अस्पतालहरूसँग १२ वर्षमाथिका दीर्घरोगीको संख्या एक साताभित्र उपलब्ध गराउन निर्देशन दिएका छौँ । खोप लगाउन बाँकी यस्ता दीर्घरोगी कति छन्, उनीहरूको संख्या हेरेपछि खोप तालिकामा पुनः विचार गरिनेछ,’ उनले भने ।

काठमाडौं उपत्यकामा विशिष्टीकृत सेवा प्रदान गर्ने अस्पतालहरू गंगालाल हृदयरोग केन्द्र, त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, निजामती कर्मचारी अस्पताल, ललितपुरमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, भक्तपुर क्यान्सर अस्पताल, मानव अंग प्रत्यारोपण केन्द्र, वीरेन्द्र सैनिक अस्पताल र धुलिखेल अस्पतालमा खोप केन्द्रमा सञ्चालन गरिनेछ ।

उपत्यकाबाहिर भने कोसी अस्पताल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, जनकपुर अस्पताल, बिपी कोइराला क्यान्सर अस्पताल, लुम्बिनी प्रादेशिक अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली प्रदेश अस्पताल, सेती अस्पताल, नारायणी अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, धवलागिरी अस्पताल, भेरी अस्पताल, डडेल्धुरा अस्पतालमा खोप केन्द्र चल्ने छ । नयाँ पत्रीकाबाट

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ४, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved