Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

प्रदेश २ को छुट्टाछुट्टै ठाउँबाट लागूऔषधसहित चार जना पक्राउ

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • कार्तिक ९, २०७८ मा प्रकाशित

जनकपुरधाम, ०९ कात्तिक । प्रदेश २ को सिरहा र महोत्तहरीमा लागुऔषध सहित चार जना पक्राउ परेका छन् । सिरहा नगरपालिका वडा नम्बर १८ का अध्यक्ष रामसोगारथ यादवको स१ब ९३८ नम्बरको मोटरसाइकलबाट लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ ।

नगरपालिकाको माडरमा वडा अध्यक्षको रोकेर राखिएको अवस्थामा लागूऔषध बरामद भएको सिरहा प्रहरीका प्रबक्ता एवं डीएसपी सुवास बुढाथोकीले जानकारी दिए । उनका अनुसार ती मोटरसाइकलबाट नाइट्रोभेट ट्याब्लेट १५ थान बरामद भएको छ ।
वडा अध्यक्षले आफू नजिकैको होटलमा खाजा खान गएको बखत मोटरसाइकलमा कसले के गरेको हो भन्नेबारेमा आफूलाई थाहा नभएको प्रतिकृया दिएको प्रहरीको भनाई छ ।

अहिलेसम्म मोटरसाइकल र वडा अध्यक्ष माडरमै रहेको र अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै महोत्तरीको छुट्टाछुट्टै ठाउँबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । सम्सी गाउँपालिका ६ बाट मोटरसाइकलमा सबार दुई जनालाई लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । सम्सीबाट गौशालातर्फ जाँदै गरेको ज. १२ प. १४४९ नम्बरको मोटरसाईकलमा सबार बर्दिबास नगरपालिका १ बस्ने ३२ बर्षीय पंकज साह र सोही ठाउँका ३१ बर्षीय रंजित थापालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुको साथबाट एक्सिप्लोन सय एमएलको ११ बोतल, स्पास्मो प्रोक्सिभोन १६ ट्याब्लेट, र नाइट्राभेट ६० ट्याब्लेट बरामद भएको छ । यसैगरी, औरही नगरपालिका ४ कबिलासाबाट लागूऔषधसहित एक जना पैदल यात्रीलाई पक्राउ गरिएको छ ।

सिन्धुलीको कमलामाई नगरपालिका ६ घर भई बर्दिबासमा डेरा गरी बस्ने २९ बर्षीय जीवन तामाङलाई नाइट्राभेट–१० नामक ट्याब्लेट १ सरय ५० थान, डाइजेल्याब ३ थान र फेनारगन ३ थानसहित पक्राउ गरिएको महोत्तरी प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ४, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved