Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

पाल्पाकी २४ वर्षीया सीताले जन्माइन् एकै पटकमा चार सन्तान

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • कार्तिक ११, २०७८ मा प्रकाशित

भैरहवा । पाल्पाकी एक महिलाले एकै पटक चारवटा छोरीलाई जन्म दिएकी छन्। पाल्पाको माथागढी गाउँपालिका-१ की २४ वर्षीया सीता सार्कीले भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा मंगलबार दिउँसो ४ वटा छोरीलाई जन्म दिएकी हुन्।

अस्पतालका अनुसार चार वटा शिशुमध्ये एक किलो ६० ग्राम, एक किलो एकसय ग्राम, एक किलो एक सय ३० ग्राम र एक किलो एक सय १५ ग्राममात्र तौल रहेको छ। सामान्यत: साढे दुई किलोको शिशुलाई सामान्य मानिने गरेकोमा सीताले जन्म दिएका चार वटै शिशु स्वस्थ रहे पनि तौल अत्यन्त कम रहेकोले एनआईसियूमा राखी उपचार गरिएको गुरुङले बताए। विवाह भएको सात वर्षमा पहिलो पटक सीता गर्भवती हुँदा उनी र उनका श्रीमान सन्तोष सार्की धेरै खुसी थिए। पाल्पामा जुत्ता पसलमा कालिगढको काम गर्दै आएका सन्तोषले श्रीमती गर्भवती भएपछि तानसेनस्थित मिसन अस्पतालमा परीक्षणको लागि नियमित लगिरहन्थे।

पेटमा ४ वटा शिशु हुर्किइरहँदा पनि सीतालाई ६ महिनासम्म कुनै अप्ठेरो महशुस भएको थिएन। गर्भ ६ महिनाको पुग्दा पेट दुख्न थालेपछि उनीहरूले भिडिओ एक्सरे गराउँदा चिकित्सकले पेटमा ३ वटा शिशु रहेको जानकारी दिएका थिए। तानसेनमा एक महिनाको अन्तरमा दुई पटक र कार्तिक ६ गते भैरहवा मेडिकल कलेजमा पनि एक पटक भिडिओ एक्सरे गर्दा तीन वटा बच्चा देखिए पनि मंगलबार अप्रेशन गरेपछि मात्रै चार वटा बच्चा भएको थाहा भएको हो।

गर्भवती भएको सात महिनामै चार वटा शिशु जन्मिएकोले कम तौलका शिशुहरू जन्मिएको भैरहवा मेडिकल कलेजका जनसम्पर्क अधिकृत सुशील गुरुङले जानकारी दिए। आमाको सफल शल्यक्रिया गरिएको भए पनि सबै शिशुको तौल एक किलोभन्दा अलिकतिमात्र बढी भएकाले सबैको एनआइसियूमा उपचार भइरहेको गुरुङले जानकारी दिए। ‘शल्यक्रिया गर्ने डाक्टर तारा केसीका अनुसार सबै बच्चाहरू स्वस्थ त छन्, तर पनि तौल कम भएकाले बाहिरी वातावरणमा घुलमिल हुँदा संक्रमण नहोस् भनेर एनआइसियूमा राखिएको हो।

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ४, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved