Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

समाज विकासमा शिक्षाकाे अावश्यक्ता : अध्यक्ष गुप्ता

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • कार्तिक १२, २०७८ मा प्रकाशित

महेश यादव
नवलपरासी । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकामा लागू पदार्थ दुर्ब्यसन विरुद्ध स्थानीय सराेकारवालाहरु संग बहस तथा पैरवी कार्यक्रम सम्पन्न भएको छ । संवाद किशोर किशोरी संजाल पाल्हिनन्दन – ४ काे अायाेजना तथा एविसि नेपाल स्ट्राेम फाउन्डेसनकाे अार्थिक सहयोग र पाल्हिनन्दन गाउँपालिकाकाे अायाेजनामा लागू पदार्थ दुर्ब्यसन विरुद्ध स्थानीय सराेकारवालाहरु संग बहस तथा पैरवी कार्यक्रम पाल्हिनन्दन गाउँपालिकाकाे सभा हलमा सम्पन्न भएको हाे ।

संजालका उपाध्यक्ष रेनु यादवकाे अध्यक्षता तथा पाल्हिनन्दन गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता ( दिपक) काे प्रमुख अतिथता र एविसि नेपालका क्षेत्रीय प्रमुख मनाेज लामिछानेको विशिष्ट अतिथतामा लागू पदार्थ दुर्ब्यसन विरुद्ध स्थानीय सराेकारवालाहरु संग बहस तथा पैरवी कार्यक्रम सम्पन्न भएको हाे ।
कार्यक्रममा बाेल्दै प्रमुख अतिथि गुप्ताले समुदायकाे विकासकाे लागि शिक्षाकाे अावश्यक्ता भएको बताए ।

शिक्षाले नै हरेक मानिसकाे नेतृत्व विकास गरि सफल र असल नागरिककाे पहिचान गराउछ बताउदै वर्तमान समयमा समाज परिवर्तनकाे लागि र लागू पदार्थ जस्ता समस्या नियुनिकरणका लागि समेत हरेक मानिसमा यसका विरुद्ध जनचेतना जगाउन शिक्षाकाे नै अति अावश्यक्ता रहेको बताउनुभयो ।

उहाँले पाल्हिनन्दन गाउँपालिकाका सम्पूर्ण गाउँपालिका बासि र किशोर किशोरीहरुले पालिकाकाे विकासका लागि र लागु पदार्थ जस्ता समस्यालाई नियुनिकरण गर्नकाे लागि गरिरहेकाे काम र याेगदानलाई अाफु सधै सम्मझिराख्ने र पालिका बासि सगै हरेक किशोर किशोरीहरुकाे सुख दुखमा साथ दिने बताएका हुन । साथै विगतकाे समयदेखि एविसि नेपालले पालिकाकाे विकासका लागि र किशोर किशोरी बालबालिकाहरुकाे उज्ज्वल भविष्य निर्माणका लागि सञ्चालन गरेको सवाद केन्द्र र संजाल मार्फत प्रदान गरिरहेको शिक्षा र याेगदानकाे लागि सिंगो गाउँपालिका र अफु स्वम अभारि रहने बताउदै धन्यवाद समेत दिएका थिए । साे अवसरमा बाेल्दै विशिष्ट अतिथि लामिछानेले लागू पदार्थकाे सेवनले मानिसकाे शारीरिक अस्वस्थता बढाउनुका साथै अार्थिक अवस्था पनि कमजोर बनाउदै गरेको बताए ।

उहाँले लागु पदार्थ सेवन गर्नु सेवन गराउन दिनु एक कानुनी अपराध पनि भएको बताउदै लागू पदार्थले गर्दा समाजमा अशिक्षा र बालबालिकाकाे भबिस्य पनि खराब बनाएको बताउनुभएको थियो । साथै उहाँ समाजमा भएको यस्ता विभिन्न समस्यालाई समाधान गर्नकाे लागि एविसि नेपालले सधै साथ सहयोग दिने बताए । र किशोर किशोरीहरुले समाज परिवर्तनका लागि गरेको हरेक सकारात्मक कार्यमा सहयोग गरेर किशोर किशोरीहरुकाे उज्ज्वल भविष्य निर्माणका लागि विभिन्न किसिममा सिपमुल राेजगार मुलक तथा जनचेतनामुलक कार्यक्रम सञ्चालन गरेर जनचेतना जगाउने र समाज परिवर्तनका लागि सहयोग पुर्‍याउन बताउनुभएको थियो । साथै किशोर किशोरीहरुकाे भविष्य निर्माणका लागि गाउँपालिका अध्यक्ष गुप्ताले गाउँपालिकाकाे तर्फबाट गरिरहेको याेगदान निकै नै सरहानिय रहेको बताउदै सिंगो गाउँपालिका टिम र किशोर किशोरी अभिभावकहरुलाई धन्यवाद समेत दिए ।

साे अवसरमा वडा नम्बर -३ का वडा अध्यक्ष गाेधन हरिजन, समाजसेवी गाेरख पटेल, पत्रकार धुर्वनरायण बानिया, महेश यादव, सुरेश यादव, एविसि नेपालका सुपरभाइजर राजमन बरई, राजेश अार्या, संजित शर्मा, विष्नु परियार, भाेलेनटियर बन्दना चाैधरी सुरेखा माैर्य लगाएतले अतिथिहरुकाे सहभागीता रहेको थियो। साे अवसरमा गाउँपालिकाले गरेको सहयोग र किशोर किशोरीहरु संगै एविसि नेपालका सिंगो टिमले गरेको याेगदानलाई उच्च कदर गर्दै सम्मान स्वरुप सम्मान पत्र समेत हस्तान्तरण गरिएको थियो । साे कार्यक्रमकाे सञ्चालन किशोर पुष्पा चाैधरीले गर्नुभएको थियोे ।

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ४, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved