Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

राष्ट्रपति भण्डारीले मुक्तिनाथको दर्शन गरिन

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • कार्तिक १३, २०७८ मा प्रकाशित

जोमसोम । राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार बिहान मुस्ताङको भ्रमण गरेकी छिन । राष्ट्रपति कार्यालयको पूर्व कार्यक्रम तालिकाअनुसार राष्ट्रपति भण्डारीसहितका कर्मचारी मुक्तिनाथ दर्शनका लागि मुस्ताङ पुगेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रताप पौडेलले जानकारी दिए। बिहान १०:३० बजे नेपाली नेपाली सेनाको हेलिकोप्टरबाट मुस्ताङ पुगेकी थिईन। राष्ट्रपति भण्डारीलाई स्थानीय जनप्रतिनिधि, प्रशासन, सुरक्षा, कर्मचारी र कर्मचारीहरुले स्वागत गरेका थिए। राष्ट्रपति भण्डारीले बिहान ११ बजे मुक्तिनाथ दर्शन तथा पूजा गरिन्।

मुक्तिनाथ मन्दिरमा राष्ट्रपति भण्डारीले मुक्तिनाथका पुजारीबाट बैद्धिक मन्त्र उच्चारणसहित भगवानको आरती तथा पूजाअर्चनालगायतको सम्पूर्ण पूजा पाठ सम्पन्न गरिन्। भण्डारीले करिब १५ मिनेट पूजाअर्चनामा समय खर्चिएको बताए। राष्ट्रपति भण्डारीले पुजारीबाट टीका र प्रसाद ग्रहण गरिन्। सो क्रममा राष्ट्रपति भण्डारीले मुक्तिनाथमा अवस्थित ३५ मिटर अग्लो बौद्ध स्तुपाको समेत अवलोकन गरिन्। मुक्तिनाथ दर्शनका लागि आएकी राष्ट्रपति भण्डारीको सुरक्षाका निगरानीमा कडाई गरिएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मुक्तिनाथ दर्शन तथा अवलोकन गरी बाग्लुङस्थित ढोरपाटन आरक्षण क्षेत्रतर्फ प्रस्थान गरिन्। उनले ढोरपाटनमा पैदलै रिफ्रेसमेन्ट गर्नेछन्। राष्ट्रपति भण्डारीले ढोरपाटन आरक्षण सम्बन्धि प्रस्तुति कार्यक्रममा सरिक हुने कार्यक्रम छ। त्यसपछि उनले ढोरबराह मन्दिर दर्शन गर्नेछन्। राष्ट्रपति भण्डारीले ढोरपाटन आरक्षण क्षेत्रको अवलोकन गर्नेछिन्। बाग्लुङको ढोरपाटन नेपालकै एकमात्र शिकार आरक्षण क्षेत्र हो।

राष्ट्रपति कार्यालयको भ्रमण तालिकाअनुसार राष्ट्रपति भण्डारी शनिबार दिउँसो २ बजे लक्ष्मी निवासी प्रस्थान गर्ने र दिउँसो ३ बजे लक्ष्मी निवासबाट राष्ट्रपति कार्यालय प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ४, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved