Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

टेम्पो संघको नाममा अवैध असुली

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • कार्तिक १५, २०७८ मा प्रकाशित

वीरगन्ज । वीरगन्ज महानगरभित्र चल्ने तीन चक्के टेम्पोसँग ‘संघ’ को नाममा अवैध असुली हुने गरेको तथ्य फेला परेको छ । नेपाल भारत सीमा क्षेत्रमा पर्ने रजतजयन्ती चोकमा स्थापित टीनको टहरा स्थापना गरि ‘संघ’ को नाममा प्रत्येक टेम्पोबाट ५० देखि १०० रुपैयासम्म असुली गर्ने गरेको पाइएको छ । रजतजयन्ती चोकमा स्थापित टहरामा खटेका एक जना व्यक्तिले वीरगन्ज रक्सौल यातायात प्रा.लि.को लेटरप्याडमा रु ५० देखि १०० रुपैयाको टिकट काटेर असुली गर्ने गरेका छन् ।

ममताज अली मन्सुर इन्चार्जको नामले चिट काटेर प्रत्येक टेम्पोसँग अवैध रकम असुल्ने गरिएको छ । असुली गरेको रकम के का लागि ? र कहाँ जम्मा हुन्छ भन्ने कुनै लेखाजोखा छैन । मात्रै ‘टेम्पो संघ’ को नामले प्रत्येक टेम्पोबाट पैसा असुल्ने गरिएको छ । टेम्पो संघका अध्यक्ष रहेका ममताज अली मन्सुरले आफ्नो एकलौटी रुपमा वीरगन्ज रक्सौल यातायात प्रा.लि.को नामले पैसा असुल्ने गरेका छन् । वीरगन्जमा संचालित टेम्पोहरुको संरक्षण तथा हकहितको लागि ‘टेम्पो संघ’ पनि यहाँ रहेको छ र संघको नामले पनि मन्सुरीले पैसा असुल्ने गरिएको छ, तर त्यसको कुनै बिल दिइने गरेको छैन ।

संघका अध्यक्ष समेत रहेका मन्सुरले वीरगन्जको बसपार्क स्थित र रजतजयन्ती चोक स्थित दुई ठाउँबाट टेम्पोहरुबाट पैसा असुल्ने गरेका छन् । असुली गरिएको पैसा किन ? र के का लागि असुली गर्ने गरिएको छ ? कसैले खोजविन समेत नगरिएको कारण बाध्य भएर पैसा तिर्नु परेको टेम्पो व्यवसायीहरुको भनाई छ । यहाँ पैसा दिइएन भने ट्राफिक प्रहरीलाई भनेर विभिन्न बहानामा अध्यक्ष मन्सुरले टेम्पो समात्न लगाउने गरेको टेम्पो व्यवसायीहरुको भनाई छ । वीरगन्ज महानगरपालिकाले हालसम्म टेम्पो चालकहरुलाई रुट पर्मिट नदिएको र अधिकाँश टेम्पो चालकहरुसँग लाइसेन्स नभएको कारण बाध्य भएर संघको नाममा पैसा तिर्नु परेको उनीहरुको भनाई छ ।

यसबारे संघका अध्यक्ष ममताज अलि मन्सुरसँग बुझ्दा यहाँ चल्ने सम्पूर्ण टेम्पोको आफू अध्यक्ष रहेको बताए । के का लागि पैसा असुली भइरहेको छ र यो पैसा कहाँ जम्मा हुने गरेको छ र कहाँ प्रयोग हुने गरेको भन्ने विषयमा आफू केही नबोल्ने भन्दै पञ्छिए । मन्सुरीले महानगरमा विभिन्न कारण बस पक्राउ परेका टेम्पोहरुलाई पक्राउ परेका टेम्पोहरुलाई छोडाउन र वीरगन्ज महानगरभित्र टेम्पो चलाउन दिन बापत पैसा असुल्ने गरेको टेम्पो चालकहरुको भनाई छ ।

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ४, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved