Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

बर्दघाट नगरपालिकाको गत आ.व.को बार्षिक प्रगति समिक्षा गोष्ठी सम्पन्न

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • कार्तिक १५, २०७८ मा प्रकाशित

अस्मिता भुसाल

बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका नगर कार्यपालिका कार्यालयको गत आ.व २०७७।७८ को बार्षिक प्रगती समिक्षा गोष्ठी बर्दघाटमा सम्पन्न भएको छ । बर्दघाट नगरपालिकाका नगरप्रमुख धिरज शर्मा बस्यालको अध्यक्षतामा सम्पन्न गोष्ठीमा नगरपालिकाले गत आ.व को बित्तिय लक्ष्य र प्रगतीका बारेमा समिक्षा गरिएको थियो ।

बर्दघाट नगरपालिकाले गत अर्थिक बर्षमा १ अर्ब ४ करोड बजेट मा ८२ .०६ प्रतिशत प्रगती गरेको प्रतिवेदन प्रस्तुत गरिएको थियो सो अवसरमा क्ृषि शाखा प्रमुख युवराज लम्साल, स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवाली, पशुपंक्षी विकास शाखा प्रमुख भरत लम्साल, शिक्षा शाखा प्रमुख ईन्द्र बहादुर कुवर महिला तथा बालबालिका शाखा प्रमुख अप्सरा सुवेदी, लेखा शाखा प्रमुख बिष्णु पुरी लगायतले आ-आफ्नो शाखाको प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए । सो अवसरमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मेघनाथ उपाध्याले नगरमा कुल ७७८ योजनाहरु रहेकोमा उपभोक्ता समितिबाट ६७८ ठेक्का प्रक्रियाबाट ७० र कोटेशन विधिबाट ३० योजनाहरु सम्पन्न भएको र प्रतिवेदन प्रस्तुत गर्दै चालु खर्च तर्फ ८६.७५ प्रतिशत र पुजिगत खर्च तर्फ ७९.०८ प्रतिशत खर्च भएको बताउनु भयो ।

साथै आर्थिक बिकास तर्फ ७८.३१ प्रतिशत, सामाजिक बिकास तर्फ ९५.१८ प्रतिशत, पुर्वाधार विकास तर्फ ७४.०९ प्रतिशत, सुसाशन तथा अन्तर सम्बन्ध्ति क्षेत्रमा ८६.६५ प्रतिशत कार्यालय सञ्चालन तथा प्रशासनिक तर्फ ८७.५३ प्रतिशत खर्च भएको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सो अवसरमा नगरले गत आ.व मा विभिन्न शिर्षकबाट ९ करोड ९४ लाख पुजी सञ्चित भएको र नगरको विभिन्न शिर्षक र समयमा गरी करिब १० करोड बेरुजु रहेकोमा ३ करोड बेरुजू फर्याैट भईसकेको र बाँकी बेरुजु कमी गर्ने लक्ष्यका साथ काम भईरहेको बताउनु भयो । कार्यक्रममा नगर उप प्रमुख मायादेवी पौडेल, कार्यपालिका सदस्य, नगरपालिकाका विभिन्न शाखा प्रमुख, राजनितिक दलका प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि लगायत सञ्चारकर्मीको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन नगरपालिकाका योजना शाखा प्रमुख पुष्कर काफ्लेले गर्नुभएको थियो।

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ६, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved