Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

डिआईजी गणेश ठाडा मगरको आगमनसाथ सशस्त्र प्रहरीद्वारा १० करोड बराबरको अवैध मालसमान बरामद

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • कार्तिक १५, २०७८ मा प्रकाशित

पर्सा, १५ कात्तिक । नेपाल र भारतबाट हुने गरेको चोरी पैठारी नियन्त्रणका लागी खटिएको सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनीको टोलीले एक महिना नबितिदै करिब १० करोड बराबरको मालसमान पक्राउ गर्न सफल भएको जनाइएको छ । प्रदेश नम्बर २ मा रहेको पर्सा, बारा, रौतहट, सर्लाही, महोतरी, धनुषा, सिरहा र सप्तरी गरी आठवटै जिल्लाहरुबाट एक महिना नबितिदै १० करोड बराबरको मालसमान नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नेपालले जनाएको हो ।

सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनीको प्रमुखको रुपमा डिआईजी गणेश ठाडा मगरको आग्मनसाथ सशस्त्र प्रहरीले बिगतको आर्थिक बर्ष भन्दा यसपालिको आर्थिक बर्ष २०७७÷०७८ मा करिब दोब्बर राजस्व छलिका मालसमान नियन्त्रणमा लिन सफल भएको बताइन्छ । डिआईजी गणेश ठाडा मगरको ठाडो निर्देशनले सीमाबाट हुने अवैध कारोवारहरुमा पक्कैपनि कमी आउने गरेको बिश्वास लिइएको छ । सीमा सुरक्षाको साथ साथै सीमा हुदै हुने गरेको राजस्व छलि नियन्त्रणको निम्ति खटिएको सशस्त्र प्रहरी बल नेपालको टोलीले यस आर्थिक बर्षमा गरेको कार्य सराहनीय रहेको तुलनात्मक विवरणले स्पष्ट पारेको छ ।

यता सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनीका प्रमुख डिआईजी गणेश ठाडा मगरले आफ्नो कार्यकालमा कुनै किसिमको अवैध क्रियाकलाप गर्ने गिरोहलाई बढावा नदिने बताउनु भएको छ । नेपाल र भारतको सीमा नाका खुल्ला भएको कारण अवैध तरिकाले आयात निर्यात हुने गरेको कार्यलाई पूर्ण रुपले ठप्प पार्न नसकिने भएपनि आफ्नो प्रयास न्यूनिकरण गर्नमा कुनै कसर बाकी नराखिने डिआईजी मगरले बताए । उनले यस अनलाईन स“ग कुरा गर्दै अगामी दिनमा पनि प्रदेश नम्बर २ का मातहातमा रहेका सशस्त्र प्रहरीले अवैध क्रियाकलाप गर्ने संगठनहरु स“ग कुनै सहकार्य नगरी यस्तै कार्य गरिरहने बिश्वास व्यक्त गर्नुभयो ।

नेपाली नागरिकको हैसियतले सीमा सुरक्षाका साथ साथै अवैध क्रियाकलापलाई न्यूनिकरण गर्नु हामी सबैको दायीत्व रहेको कारण हामी सबै नेपाली नागरिक यसमा बिशेष ध्यान दिनुपर्ने, डिआईजी मगरले बताए । उनका अनुसार सीमा वारी हुने गरेको अवैध कृयाकलापलाई ध्यानमा राखी सबै किसिमको गतिविधिमा कहि कतैबाट त्रुटी देखिए तुरुन्तै स्थानीय सशस्त्र प्रहरी बल नेपाललाई खबर गरेर सहयोग गर्नु हुन अनुरोध समेत गरे । सशस्त्र प्रहरी बल नेपालको प्रमुख जिम्मेवारी सीमा सुरक्षा रहेको कारण यसमा चुक नगर्न आफ्नो मातहातका कर्मचारीलाई निर्देशन समेत दिइएको उनले बताए ।

सीमामा खटिएका सुरक्षाकर्मिहरूले गर्दा नेपाल सरकारको राजस्वमा समेत वृद्धि भएको छ । नेपाल सरकारको लक्ष्य भन्दा यस आर्थिक बर्षको एक महिना नबित्दै करीब ४ अर्ब बढी राजस्व संकलन हुन पुगेको सशस्त्र प्रहरी श्रोतले जनाएको हो । श्रोतले जनाए अनुसार यस आर्थिक बर्षको असोज महिनाको ११ गतेदेखी कातिकको ११ गतेसम्म कुल २० अर्ब बराबरको राजस्व संकलन भएको बताए ।

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ६, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved