Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

सडक निर्माण गर्न माग गर्दै नगर प्रमुख मिश्रद्धारा प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • कार्तिक १६, २०७८ मा प्रकाशित

भक्तपुर । दुईवर्षमा सम्पन्न गर्ने गरि ठेक्का लागेको भक्तपुर नगरकोट सडक निर्माण सुरु भएको सात वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न नभएपछि चाँगुनारायण नगरपालिकाले हिजो जिल्ला प्रशासन कार्यालय भक्तपुर मार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

प्रधानमन्त्री देउवालाई सम्बोधन गर्दै लेखिएको ध्यानाकर्षण पत्र जिल्ला प्रशासन कार्यालय भक्तपुर पुगेर नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई हिजो पत्र बुझाएको हो ।

कमलविनायकदेखि भत्केकोपाटी हुँदै नगरकोट खण्डको १६ किलोमिटर सडक बिस्तारका लागि २०७१ असार २ गते शैलुङ्ग कन्ष्ट्रक्सन प्रा.लि.ले ०७३ असार ३ गतेसम्ममा निर्माण सम्पन्न गरिसक्ने सम्झौता गरेपनि हालसम्म सडक बिस्तार सम्पन्न हुन नसक्दा स्थानीयले निकै सास्ती खेप्दै आएका छन् ।

एक्जिम बैंक इन्डियाको रु. २८ करोड र नेपाल सरकारको ६ करोडको लगानीमा सहयोगमा शैलुङ्ग कन्ट्रक्सन र ए आई पी एलजेभीले निर्माणको जिम्मा लिएको सडक विस्तार कार्य अझै अलपत्र परेको छ ।

सडक निर्माणका लागि पटक पटक म्याद थप भएपनि हालसम्म निर्माण पुरा नहुँदा चाँगुनारायण नगरपालिका वडा नंं ५, ६ र ७ का स्थानीय वासिन्दा तथा पर्यटकीय स्थल नगरकोट घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुले दैनिक सास्ती खेप्नु परेको नगर प्रमुख मिश्रको भनाइ छ ।

मिश्रले, “पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका घरभेटी शारदा अधिकारीले ठेक्का लिएको हो यो सडक । प्रचण्डलाई मैले नै पटक पटक भेटेर तपाइँको नाम समेत जोडिएर बदनाम भयो, यो सडक छिटो सम्पन्न गर्न लगाइदिनु पर्यो भने, उहाँले फोन गरिदिए, शारदा अधिकारीकै घरमा गएर भेटेर भनेँ तर सडक बनेन, अहिलेसम्म उस्तै हालत छ ।”

नगर प्रमुख मिश्रले संघीयताको मर्म अनुसारउक्त सडक श्रोत सहित स्थानीय सरकारलाई हस्तान्तरण गर्न वा ठेक्का रद्ध गरि नयाँ प्रकृया शुरु गर्न आग्रह गरेका थिए । एक महिना भित्र सडक निर्माण सम्पन्न नभए जनताले जस्तो सुकै आन्दोलन गरे पनि त्यसको जिम्मेवारी नगरपालिकाले नलिने भन्दै उनले आवश्यक परे नगरपालिकाको नेतृत्वमा नगर प्रमुख र जनप्रतिनिधीले जुनसुकै कदम चाल्ने उनले बताए । उनले यसबारेमा नगरपालिकाको नवौँ नगर सभाले सर्वसम्मत रुपमा गरेको निर्णयानुसार सडक निर्माण सम्पन्न गर्न नगरपालिकाले दबाब दिने बताए ।

नगरपालिकाको उपप्रमुख विणा बास्तोला, वडा नं. ६ का वडाध्यक्ष सन्तराम वाइबालगायतका जनप्रतिनिधी सम्मिलित टोलीले ध्यानाकर्षण पत्र बुझाएपछि प्रजिअ शर्माले सडक निर्माण सम्पन्न गर्न आफूले पनि ताकेता गरेको र सबै मिलेर समयमै सम्पन्न गर्न दबाब दिनु पर्ने बताए ।

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ६, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved