Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

राजमार्गका होटलमा घुमुवा प्रहरीको असुली : वेस्यावृत्तिको आरोपमा फसाउने धम्की

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • कार्तिक १६, २०७८ मा प्रकाशित

सप्तरी, १६ कात्तिक । सप्तरीमा घुमुवा प्रहरीको आतक बढदै गएको छ । पछिल्लो समय होटल, रेन्टुरेन्ट र लज ब्यवसायीहरु घुमुवा प्रहरीका नाममा आतंकित भईरहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत सई संजय न्यौपाने नामका ब्यक्तिले धम्की दिएर पैसा असुल गर्न थालेपछि आफुहरु समस्यामा परेको ब्यवसायीहरु वताउँछन् । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनीदेखी भारदहसम्म घुमुवा असईको आतंक बढेको हो ।

जिल्लाको कंचनपुर, रुपनगर, महुली, सितापुर, भारदह, रुपनीसहितका बजारमा राजमार्ग छेउमा खुलेका होटल तथा लजमा गई आफु धुमुवा भएको वताएर न्यौपानेले पैसा उठाउने गरेका छन् । साँझ परेपछि आएर होटलमा वस्ने, खानपिन गर्ने अनि ‘यो होटलमा वेस्यावृत्ति गरेको सुचना आएको छ लेनदेन गरेर कुरा मिलाउने भए ठिकै छ, नत्र कारवाही अगाडि वढाउँछु’ भन्दै पैसा असुलने गरेको सञ्चालकहरुको भनाई छ ।

आफुले गलत नगरे पनि प्रहरीले कुनै आरोप लगाएर पक्राउ गर्यो भने एकातर्फ समाजमा प्रतिष्ठा सकिने र अर्कोतर्फ ब्यवसाय नै ठप्प हुने डरले आफुहरु पैसा दिन वाध्य हुनु परेको उनीहरुको गुनासो छ । ‘वेस्यावृत्तिको आरोपमा पक्राउ परियो ब्यवसाय त डुब्छ–डुब्छ, अर्कोतर्फ इज्जत पनि सकिन्छ’ एक ब्यवसायी भन्छन्–‘इज्जत र ब्यवसाय दुवै गुमाउँनु भन्दा वरु अलिअलि दिएर पठाउँछौं ।’राजमार्ग छेउछाउ खुलेका अधिकांश होटलहरुको समस्या रहेको छ ।

प्रहरीको नाममा भईरहेको यस्तो कृयाकलापका विषयमा अहिलेसम्म जिल्ला प्रहरी कार्यालयले कुनै प्रतिक्रिया नजनाउनु आश्चर्य भएको उनीहरुको भनाई छ । ‘होटेल संचालन कुनै समस्या भए स्थानिय प्रशासनले भनि दिनुपर्यो नत्र यसरी दुःख दिनु राम्रो होईन’ उनीहरु भन्छन् । न्यौपानेले सप्तरीको रुपनगर स्थित धरापानीको एक होटलमा केही पर्यटकहरुलाई समेत दुब्र्यवहार गरेको पाईएको छ ।

उज्वेकिस्तानवाट आएका २० बर्षिय इनोबाट राजाबोभा, २२ बर्षीय इस्मिगुल राजाबोभा र १८ बर्षिय डाइना यूसुफपोभालाई दुब्र्यवहार गरेको प्रत्यक्षदर्शीहरुले वताए । ३ दिन आगाडी ३ उज्वेकिस्तानीसहित ५ जनालाई भारतीय एसएसबीले जोगवनी नाकाबाट पक्राउ गरेको थियो । उनीहरु सप्तरीबाटै विरानगरसम्म गएको श्रोतको दावी छ ।

जानकारी अनुसार न्यौपानेले रुपनगरमा दुब्र्यवहार गरेपछि उनीहरु विराटनगर गएका थिए । सप्तरी प्रहरीका डिएसपी माधव प्रसाद काफ्लेले जिल्ला प्रहरी कार्यालयमा संजय न्यौपाने नामका सई कार्यरत रहको पुष्टि गर्दै उनको विषयमा कतैवाट त्यस्तो उजुरी भने नआएको वताए । यद्यपी आन्तरिक छानविन गरेर गलत काम गरेको पुष्टि भए कारवाही गर्ने उनले वताएका छन् ।

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ६, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved