Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

मन्त्री मनाङ्गेकाे सम्पति सार्वजानिक, डेड कराेड ऋण

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • कार्तिक १६, २०७८ मा प्रकाशित

पोखरा । आफ्नो सम्पतिबारे आफैं ‘कन्फ्युज’ रहेको बताएका गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनले अर्कैको नाममा जग्गा र आफू ऋणमा रहेको विवरण सार्वजनिक गरेका छन् । अर्कैको नाममा बैनापट्टा गरेको, संयुक्त लगानीमा जग्गा र कृषि फार्म रहेको तथा आफू ऋणमा रहेको मनाङेको सम्पत्ति विवरण सार्वजनिक भएको छ ।

गत जेठ २९ गते नियुक्त भएका मन्त्री मनाङेले असोज १८ गते आफ्नो सम्पत्ति विवरण मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएका थिए । मन्त्री नियुक्त भएको ६० दिनभित्र पेश गर्नुपर्ने प्रावधान रहे पनि मनाङेको सम्पत्ति विवरण साढे चार महीनापछि सार्वजनिक भएको हो । मनाङ प्रदेश सभा ‘ख’ बाट निर्वाचित मनाङेले स्थाथी ठेगाना काठमाडौं-२९ उल्लेख गरेका छन् भने हालको ठेगाना पोखरा-१४ काजीपोखरी खुलाएका छन् ।

समयमै सम्पत्ति विवरण सार्वजनिक नगरेका मनाङेले भदौ २७ गते सम्पत्ति जम्मै पहिलेको छोराछोरी, श्रीमतीको नाममा राखिदिइसकेको बताएका थिए । तर, उनको एउटा छोराको नाममा जग्गा देखाए पनि अरु सम्पत्ति भने खुलाएका छैनन् । मनाङेले २०७० सालमा अकुत सम्पत्ति जोडेको आरोपमा सम्पत्ति शुद्धीकरणको मुद्दा खेपेका थिए । २०७४ सालमा उनले विशेष अदालतबाट सफाइ पाएका थिए ।

‘केटाहरू’को नाममा थुप्रै लगानी गरेको बताएका मनाङले सम्पत्ति विवरणमा अर्कैको नामको जग्गामा बैनापट्टा गरेको देखाएका छन् । तर, ती लगानीको स्रोत भने मनाङेले उल्लेख नै गरेका छैनन् । मनाङेले प्रकाश, कृष्ण र श्याम महर्जनको नाममा काठमाडौं-२९ धर्मस्थलीमा क्रमशः कित्ता नम्बर २४, ६७, ७६ को जग्गा रहेको खुलाएका छन् । जग्गा प्रतिआना ९ लाख रुपैयाँमा किनेको उल्लेख गरेका छन् ।

यसैगरी मालती महतारासँगको संयुक्त लगानीमा चन्द्रागिरि-२ मा ३ रोपनी जग्गा रहेको मनाङेले उल्लेख गरेका छन् । पदमपोखरी मकवानपुरमा उक रोपनी ९ आना १० दाम संयुक्त जग्गामध्ये छोराको नाममा १५ आना जग्गा रहेको उनले बताएका छन् । जग्गाको विवरणमा मनाङेले स्पष्ट हुने गरी खुलाएका छैनन् ।

‘मालती महतरासँगको जग्गा संयुक्तमा हो भने मकवानपुरको पदमपोखरीमा छोरा दि्रव्यको नाममा रहेको जग्गा हो,’ मनाङेका स्वकीय सचिव रोनित गुरुङले भने, ‘गण्डकी एग्रोभेट उल्लेख भए पनि त्यो गण्डकी एग्रिकल्चर हो । त्यो पामेभन्दा माथि लौरुकमा छ ।’

मनाङेले बुझाएको सम्पत्ति विवरणमा मकवानपुरमा यत्मेय गुरुङको नाममा जग्गा रहेको उल्लेख भए पनि त्यसबारे आफूले पनि नबुझेको भन्दै मकवानपुरमा छोराको नाममा रहेको जग्गा भएको रोनितको भनाइ थियो ।

२२ तोला सुन, १० लाख नगद र डेढ करोड ऋण

२०५४ सालमा १५ तोला र २०७० मा ७ तोला तत्कालीन मूल्यअनुसार खरिद गरी आफूसँग २२ तोला सुन रहेको मनाङेले उल्लेख गरेका छन् । २०५४ मा वैदेशिक रोजगारी र २०७० मा व्यापार व्यवसायबाट सुन प्राप्ति गरेको मनाङेले स्रोत उल्लेख गरेका छन् । मनाङेले एभरेष्ट बैंक पोखरामा १० लाख ४९ हजार ५ सय ३६ रुपैयाँ मौज्दात देखाएका छन् । उक्त रकम सांसद र मन्त्री हुँदा प्राप्त भएको उनले उल्लेख गरेका छन् ।

व्यवसायबाट २०६८ सालमा खरिद गरेको ४५ तोला चाँदी मनाङेसँग छ । पैतृक सम्पतिका रुपमा मुगाको माला ८३ तोला रहेको उनले उल्लेख गरेका छन् । मनाङेले ६ करोड १० लाख रुपैयाँ ऋण लिएर ४ करोड ७० लाख रुपैयाँ तिरेको सम्पति विवरणमा उल्लेख गरेका छन् । २०७३ सालमा कर्म गुरुङसँग ४० लाख रुपैयाँ ऋण लिएको मनाङेले बताएका छन् । यस्तै रमेश रानासँग २०७७ सालमा ४० लाख रुपैयाँ, मनाङ फलफूल सप्लायर्ससँग २०७३ सालमा ६० लाख ऋण लिएको मनाङेले सम्पति विवरणमा देखाएका छन् ।

टीका भण्डारीसँग दुई करोड ३५ लाख रुपैयाँ ऋण लिएर २०७१ सालमा तिरेको र २०७२ सालमा टासी गुरुङसँग २ करोड ३५ लाख रुपैयाँ ऋण लिएर चुक्ता गरेको विवरण मनाङेले उल्लेख गरेका छन् । विवरणअनुसार मनाङे १ करोड ४० लाख रुपैयाँ ऋणमा देखिएका छन् । संघर्ष गाईभैंसी प्रालिमा भैंसी २० वटा र गाई ५ वटा रहेको मनाङेले बताएका छन् । यसको ठाउँ उल्लेख नभए पनि यो पोखरा-१४ काजीपोखरीमा रहेको उनका स्वकीय सचिव रोनितले बताए । त्यसमा आˆनो ४० प्रतिशत शेयर रहेको मनाङेले बताएका छन् ।

गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीसहित ९ जना मन्त्रीको सम्पत्ति विवरण भदौ ९ गते सार्वजनिक भएको थियो । त्यतिबेला अवधि पुगिसकेको भए पनि मनाङेले सम्पति विवरण बुझाएका थिएनन् भने भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर बुढाले कोरोना लागेका कारण सो बेला बुझाएका थिएनन् । अहिले बुढाले पनि सम्पति विवरण बुझाइसकेका छन् ।

मनाङबाट स्वतन्त्र सांसद बनेका मनाङे पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा २ पटकसम्म युवा तथा खेलकुद मन्त्री बनेका थिए । पृथ्वीसुब्बाको सरकार ढल्ने निश्चित भएपछि मनाङेले कित्ता परिवर्तन गर्दै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादीको गठबन्धनलाई काँध थापेपछि कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीको नेतृत्वमा नयाँ सरकार गठन भएको थियो ।

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ६, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved