Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

प्रेस स्वतन्त्रताका लागि सरकार प्रतिबद्ध छ : मन्त्री पौडेल

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • कार्तिक १७, २०७८ मा प्रकाशित

बलेवा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रेस स्वतन्त्रताका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्। सञ्चार क्षेत्रमा रहेका केही विकृति नियन्त्रणका लागि सरकारले बेलाबेलामा कानून ल्याउने कुराहरु बाहिर आउने गरेका भए पनि सुशासन कायम राख्नका लागि स्वतन्त्र प्रेस आवश्यक हुने उनको तर्क थियो।

वर्तमान सरकारले जनतासामु गरेका प्रतिबद्धताअनुसारनै काम गरिरहेको भन्दै पौडेलले जनताका गुनासा र मागका आधारमा सरकारका काम कारबाही अघि बढ्ने बताए। हरेक क्षेत्रको विकासका लागि सबैको सहकार्य र एकता आवश्यक हुने भन्दै पौडेलले एकले अर्कोलाई सहयोग गर्ने परिपाटीको विकास गर्नुपर्नेमा जोड दिए।

प्रेस सेन्टर नेपाल बागलुङ शाखाको पाँचौँ जिल्ला भेला को उद्घाटन कार्यक्रममा आज उनले अपुष्ट समाचारका कारण पत्रकारिताको मर्यादामा आँच आउने काम भइरहेको बताए। “अनलाइन मिडियाका साथीहरु नरिसाउनुहोला, बिना प्रमाणका अपुष्ट समाचारका कारण आज पत्रकारिता क्षेत्रको मर्यादा कायम हुन सकेको छैन”, पौडेलले भने, “व्यावसायिक पत्रकारिता गर्नुहोस्, देशको राजनीतिलाई सही दिशामा ल्याउन मद्दत पुग्छ।”

उनले बितेका केही वर्षमा भएका गतिविधिको समीक्षा गर्दै लोकतन्त्र र सङ्घीयता बलियो बनाउने काममा अझ सशक्त हिसाबले लाग्नुपर्नेमा जोड दिए। गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारणमन्त्री चन्द्रबहादुर बुढासागरले परिवर्तनको आभाष जनताले गर्ने गरी सरकारले काम गरेको बताए। रासस

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ६, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved