Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

एमालेले अगामी महाधिवेशन लागि चन्द नउठाउने

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • कार्तिक १८, २०७८ मा प्रकाशित

काठमाडौं । एमालेले आगामी महाधिवेशनको खर्चको लागि चन्दा नउठाउने भएको छ। एमाले सचिव योगेश भट्टराईले महाधिवशेनको खर्चको लागि सार्वजनिक रुपमा चन्दा आह्वान नगरेको बताए। केन्द्रको अनुमति बेगर स्थानीय रुपमा पनि चन्दा संकलन गर्न नपाइने उनले बताए।

उनले स्थानीय रुपमा महाधिवेशनमा आउने लाग्ने यातायात खर्च पनि केन्द्रको अनुमतिमा मात्रै उठाउन पाइने बताए। ‘स्वेच्छिकरुपमा सम्बन्धित तहले व्यवस्थापन गर्नुपर्छ, यसको लागि केन्द्रको अनुमति लिनुपर्छ,’ उनले भने। उनले सदस्यता र नवीकरण नै एमालेको खर्चको स्रोत भएको बताए। केन्द्रीय सदस्य तथा केन्द्रीय निकायमा स्वतह हुने प्रतिनिधिबट ३ हजार र निर्वाचन प्रतिनिधिबाट २ हजार उठाइने छ।

एमालेमा १९९९ प्रतिनिधि महाधिवेशनका लागि छनौट हुनेछन्। जसमा ६६२ स्वत प्रतिनिधि हुनेछन् बाँकी निर्वाचित भएर आउने छन्। सचिव भट्टराईले एमालेको लेखा प्रणाली सबैभन्दा पारदर्शी भएको दाबी गरे। झण्डै साढे ७ लाख संगठित सदस्यबाट एमालेले नियमित लेबी संकलन गर्ने गरेको छ। आर्थिक व्यवस्थामा एमालेलाई मजबुत पार्टीको रुपमा लिने गरिएको छ।

एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेको बेला भने एमाले लेबी संकलन कार्यमा बिग्रिएको थियो। पुन लेबी संकलनलाई व्यवस्थित गर्न एमाले लागेको छ । महाधिवशेनको अधिवशेन खर्चको अनुमान अहिले नगरिसकेको एमाले सचिव भट्टराईले बताए।

एमालेले आगामी मंसिर १० गतेदेखि १२ सम्म हुने महाधिवशेनको उदघाटन सत्रमा पाँच जनता उतार्ने घोषणा गरेको छ। यो महाधिवशेनको बन्दसत्र सौराहमा हुनेछ। यो महाधिवेशनले एमालेको नयाँ नेतृत्व चयन गर्नेछ।

गत असोज १५ देखि १७ सम्म भएकोले विधान महाधिवेशन एमालेले आफ्नो नीति बनाइसकेको छ। चितवनमा हुने १० औं महाधिवेशन नेतृत्व चयनमा मात्रै केन्द्रित हुनेछ। ‘दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गरौं , जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौं ’ भन्ने नारा सहित हुन लागेको महाधिवशेनले अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित पाँच जना उपाध्यक्ष, महासचिव, उपमहासचिव र ७ सचिव जना गरी १५ जना पदाधिकारीसहितको २२५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ।

एक तिहाई महिलासहित नेपालको सामाजिक र वर्गीय विविधताको प्रतिनिधित्व हुने गरी केन्द्रीय कमिटी समावेशी हुनेछ। यसैगरी महाधिवेशनले १५ सदस्यीय अनुशासन आयोग र केन्द्रीय लेखा आयोगको पनि चयन गर्नेछ।

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ६, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved