Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

पाकिस्तानद्धारा चीनलाई २६ अर्ब ब्याज भुक्तान

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • कार्तिक १८, २०७८ मा प्रकाशित

काठमाडौ । पाकिस्तानले पछिल्लो वर्ष चीनबाट लिएको साढे चार अर्ब अमेरिकी डलर (३० अर्ब युयान) ऋणको व्याज मात्रै २६ अर्ब रुपैयाँ तिरेको छ । स्टेट बैंक अफ पाकिस्तानले यो तथ्यांक सार्वजनिक गरेको हो ।

पाकिस्तानले चीनबाट ऋण थपेर साउदी अरेबियाबाट ल्याएको ऋण तिरेको हो । पाकिस्तानमा विपक्षी दलहरुले सरकारी असफलताका रुपमा व्याख्या गर्दै चीनसँग सरकारले यति ठूलो रकम व्याज तिर्नुपरेको टिप्पणी गरेका छन् । सन् २०२०÷०२१ को ऋण बापत्को ब्याज मात्रै २६ अर्ब १ करोड रुपैयाँ रहेको पाकिस्तानी स्टेट बैंकको तथ्यांक छ ।

चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) अन्तर्गत पाकिस्तानले ऋण लिएको छ । पाकिस्तानमा चीन पाकिस्तान इकोनोमिक कोरिडोर (सिपेक) बिआरआई अन्तर्गत चिनियाँ ऋणबाट निर्माण कार्य भइरहेको छ । बिआरआई अन्तर्गत चीनले विभिन्न मुलुकलाई ३ अर्ब ८५ अर्ब अमेरिकी डलर ऋण प्रबाह गरिसकेको छ ।

कतिपय मुलुकहरु ऋणको चर्को व्याजमा परेर परियोजना नै चिनलाई हस्तान्तरण गर्ने अवस्थामा पुगेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । चीनले अन्तर्राष्टिय बित्त बजारमा आफ्नो प्रभुत्व कायम गर्न सहायता नभएर ऋण प्रबाह गरिरहेको आरोप छ । चीनले भने साझा भविश्य निर्माणका लागि मुलुकहरुसँग अर्थपूर्ण सहकार्य गरिरहेको र ऋण पनि साझा भविष्य निर्माणको एउटा पक्ष रहेको बताउँदै आएको छ ।

 

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ६, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved