Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

नवलपरासीमा तलाउ तथा सरोवरको सफाई अभियान जारी

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • कार्तिक २१, २०७८ मा प्रकाशित

सुरेश यादव
नवलपरासी, कार्तिक २१। हिन्दूहरूको महान चाड वडा दशैँ र तिहारको समापन सँगै तराई मधेशका जिल्लाहरुमा यतिबेला हर्षोल्लासका साथ तलाउ, पोखरी र सरोवरहरुको सरसफाई हुन् थालेका छन् ।

सरसफाइसँगै बजार यतिबेला भरिभराउ भएका छन् । स्थानीयवासीहरु छठको लागि चाहिने सामग्रीहरू ढकिया, कोनिया, कोशियाकुर्वार, बदहि, नरिवल, केरा, नैवेद्य लगायत नयाँ कपडा लुगाफाटो, मिष्ठान बनाउने सामग्री किन्नमा व्यस्त भएका छन् । कार्तिक शुक्ल पक्षको चौथी तिथिमा मनाइने छठ पर्वमा उदाउँदो सुर्य र अस्ताउदो सुर्यलाई अर्घ दिएर समापन गरिने यस पर्वमा ठाउनुसार फरक फरक किसिमले पूजा प्रसादको तयारी गरिन्छ ।

ठकुवा, भुसुवा, लड्डु, हरिया तरकारी, फलफूल, केरा, उखु, अदुवाको बोट, हर्दिको बोट, लगायतका सामाग्री छठको लागि आवस्यक मानिन्छ । नवलपरासीका सुस्ता, महेशपुर, बर्दघाट, प्रतापपुर, जमुनाबारि, गोवरहिया, परासी लगायतका क्षेत्रमा यतिबेला छठ पूजा समितिद्वारा सरसफाई कार्यक्रम थालिएको भोजपुरी कलाकार रामजी प्रजापतिले बताएका छन् ।

छठको अघिल्लो दिनलाई खर्ना भनिन्छ । यस दिन व्रतालुले दिनभरि निष्ठापूर्वक उपवास बसी बेलुका घरमा पूजा गरी भोलिपल्ट वर्त लिने चलन छ । दिनभरि पूजा सामग्री बनाई बेलुका अर्थात् साँझको बेला घाटमा गएर उदाउँदो चन्द्र र अस्ताउँदो सूर्यलाई अर्घ दिएर भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर पूजाको विसर्जन गरिन्छ जसलाई पर्ना भनिन्छ । अत्यन्तै निष्ठापूर्वक मनाइने यस पर्वमा भाकल गर्नाले सन्तानको प्राप्ति हुने, रोग मुक्त हुने जनविश्वास रहिआएको छ ।

तलाउमा नुहाएर निष्ठापूर्वक व्रत लिने चलन छ । पर्वको समापनसँगै व्रतालुले मीठा मीठा खानेकुरा खाने तथा प्रसाद वितरण गर्ने चलन रहेको पाइन्छ ।

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ६, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved