Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

२४३ जुवाडे पक्राउ, ६२ लाखभन्दा धेरै बरामद, हिरासतमा जुवाडे भरिए

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • कार्तिक २२, २०७८ मा प्रकाशित

काठमाडौ । दसैँमा चोरीका अभियुक्तले भरिभराउ उपत्यकाका प्रहरीको हिरासत कक्ष तिहारमा जुवाडेले भरिएका छन् । काठमाडौं र भक्तपुरबाट मात्रै दुई सय ४३ जुवाडे पक्राउ परेका हुन् । ललितपुरबाट भने एकजना पनि पक्राउ नपरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार काठमाडौंमा दुई सय नौजना जुवाडे पक्राउ पर्दा ४६ लाख ३८ हजार २५ रुपैयाँ र भक्तपुरबाट पक्राउ परेका ३४ जनासँग १५ लाख ८१ हजार नौ सय २० रुपैयाँ गरी ६२ लाख १९ हजार नौ सय ४५ रुपैयाँ बरामद भएको छ ।

जुवाखालमा पक्राउ पर्नेमा राजनीतिक दलका जिल्ला तथा क्षेत्रीय तहका नेतासमेत छन् । प्रहरीका अनुसार लक्ष्मीपूजाका दिन बौद्ध जोरपाटीको नयाँबस्ती ओलाङचुङगोला गुम्बास्थित सागर लामाको घरबाट पक्राउ परेका बर्मा लामालाई अत्तरखेलस्थित नेपाल मेडिकल कलेज अस्पतालमा राखिएको छ । लामा कांग्रेस दोलखा जिल्ला किमिटी सभापति हुन् । उनी केही समयअघि मात्रै जिल्ला सभापतिमा निर्वाचित भएका थिए । उनी जुवा खेलेको खालबाट प्रहरीले १८ जुवाडे पक्राउ गरेको थियो भने ६ लाख ३२ हजार पाँच सय रुपैयाँ र ४८ थान कौडा बरामद गरेको थियो ।

परिसरका प्रवक्ता एसपी रमेश बस्नेतले जुवाखालबाट पक्राउ परेकाहरूलाई जुवा ऐनअन्तर्गत कारबाही हुने बताए । उनले भने, ‘पर्वका वेला जुवाखालबाट धेरै जुवाडे पक्राउ परे । उनीहरूको पृष्ठभूमिका सम्बन्धमा त हामीलाई थाहा हुने विषय होइन । कानुनी नजरबाट हेर्दा जुवाखालमा पक्राउ परेका सबै जुवाडे हुन् । उनीहरूलाई जुवा ऐनअन्तर्गत कारबाही हुन्छ ।’ त्यस्तै, भाइटीकाको दिन भक्तपुर प्रहरीले चाँगुनारायण नगरपालिका– ८ सुडाल पुरीगाउँका ५२ वर्षीय मणिराम पुरीको घरबाट १५ जुवाडेसहित कांग्रेस चाँगुनारायण नगर समितिका सहसचिव चन्द्रशेखर खत्री र कांग्रेस भक्तपुर क्षेत्र नम्बर १ का सचिव जनक खत्री पक्राउ परेका थिए ।

उनीहरूको खालबाट प्रहरीले १२ लाख ४३ हजार सात सय ८० रुपैयाँ र दुई बुक तास बरामद गरेको थियो । धरौटी रकम बुझाएर उनीहरू हिरासतमुक्त भइसकेका छन् । उनीहरूलाई प्रहरीले २४ घन्टा पनि हिरासतमा नराखी तारेखमा छाडेको हो । महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी शिव श्रेष्ठले पक्राउ परेका सबैलाई तारेखमा छाडिएको बताए । ‘टीकाको दिन जुवाखालबाट १५ जुवाडे पक्राउ परेका थिए । उनीहरूबाट १२ लाख रुपैयाँभन्दा धेरै रकम बारामद भएको छ । उनीहरूलाई तारेखमा छाडेका हौँ,’ उनले भने, ‘तारेखमा राख्नुको अर्थ हिरासतमुक्त गरेको भन्ने होइन ।’

प्रहरी भन्छ– ललितपुरमा जुवा खाल नै नखुलेपछि कोही पक्राउ परेन
काठमाडौं र भक्तपुरबाट ठूलो संख्यामा जुवाडे समातिँदा ललितपुरमा भने एकजना पनि पक्राउ नपरेको प्रहरीले जनाएको छ । जिल्लाभर जुवाखाल नै नखुलेको प्रहरीको दाबी छ । पर्वआसपास गरिएका सुरक्षा कारबाहीका कारण यस वर्ष जुवाखाल नखुलेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी उज्वल महर्जनले बताए ।

यस वर्ष ललितपुरमा कोही जुवाडे पक्राउ परेन । किनभने यहाँ जुवाखाल नै खुलेनन्,’ उनले भने, ‘हामीले पर्वआसपास सुरक्षा कारबाही कडा तुल्यायौँ । जुवा नखेल्न सबैलाई सचेत गरायौँ । त्यसैले जुवाखाल नखुलेको हो ।’

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ६, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved