सन्तोष ठान्टी थाङ्मी
दोलखा । दोलखा बिगु गाउँपालिकाको सडक सरसफाइ बजेटबाट बिगु गाउँपालिकाले खोपाचागुको १/२ को वडाहरुमा सरसफाईमा आनाकानी गरेको आरोप लगाउदै थाङ्मीचागुबासीले केही दिनदेखि आन्दोलित भैई अबरुद्ध सडक संचालनमा आएको छ । खोपाचागुको बुकुन्डाडा-सोरुङ सडकखण्डको बिचमा पर्ने सल्लेरीमा रुख ढालेर स्थानीयले सडक अवरुद्ध गरेका थिए ।
सडक अवरुद्ध भएको २४ घण्टा नबित्दै बिगु गाउँपालिका उपाध्यक्ष सन्जिब ओलीले थामीचागु बासीको माग सम्बोधन गर्न अबरोध स्थलमै पुगेका थिए । ओलिले ४-५ दिन भित्रै त्यस थाङ्मीचागु सडकखण्ड सरसफाइ सुरुहुने हुने बताएपछि अवरुद्ध सडक स्थानीय प्रहरी समेतको रोहवरमा भद्र सहमति भैइ सडक खुलाइएको हो ।

त्यस क्षेत्रका सामुदायिक बन उपभोक्ताहरुले भने रुख ढालेर बिरोध गर्ने शैली गलत भएको भन्दै गुनासो गरेका थिए भने चाडपर्वको समय उक्त अवरोधबाट खोपाचागु-बिगु-आलम्पुबासीलाई भने प्रत्यक्ष प्रभाव परेको थियो ।

आन्दोलनकारीको तर्फबाट फेन्दो थाङ्मीले भने पटकपटक सम्पर्क गरि समस्याबारे जानकारी गराइए पनि सम्बन्धित पक्षले बेवास्ता गरेपछि आन्दोलन गरि रुख ढालेर सडक अबरुद्ध गर्नपरेको बताए । आन्दोलन स्वरुपहरु फरक-फरक हुने र यो पनि एक प्रकारको स्वाभाविक रहेको बताए ।















