Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

एमालेलाई अवरुद्ध संसद् सुचारु गराउन गृहमन्त्री खाणको आग्रह

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • कार्तिक २२, २०७८ मा प्रकाशित

जनकपुर । गृहमन्त्री बालकृष्ण खाणले सरकारले न्यायालयभित्र देखिएको विवाद छिटोभन्दा छिटो समाधान होस् भन्ने चाहेको बताएका छन्। आज जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा गृहमन्त्री खाणले न्यायपालिकाभित्र देखिएका समस्या संवेदनशील र गम्भीर रहेको उल्लेख गर्दै छिटो समाधान होस् भन्ने पक्षमा सरकार रहेको प्रस्ट्याएका हुन्।

उनले न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका शक्ति सन्तुलनको हिसाबले पनि स्वतन्त्र ढंगले चल्ने गरेको उनले बताए। ‘न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका ३ वटा अंगहरू स्वतन्त्र छन्। र, शक्ति सन्तुलनको हिसाबले पनि ती अंगहरू स्वतन्त्र ढंगले नै चल्दछन्। न्यायपालिकामा जुन खालको विवाद देखिएको छ, त्यो संवेदनशील र गम्भीर छ। त्यो विवाद छिटोभन्दा छिटो सल्टियोस् भन्ने हाम्रो चाहना छ,’ गृहमन्त्री खाणले भने।

सरकारले नागरिकता विधेयक पनि छिटोभन्दा छिटो पास गर्न चाहेको उल्लेख गर्दै उनले प्रमुख प्रतिपक्ष दल एमालेलाई अवरुद्ध सदन सुचारु गराउन आग्रह गरे। उनले भने, ‘नागरिकता ऐन हामी छिटोभन्दा छिटो पास गर्न चाहन्छौँ। किनकि नागरिकताको समस्यालाई हामीले संवेदनशील रूपमा लिएका छौँ। म मूल प्रतिपक्ष नेपाल कम्युनिस्ट पार्टी (एमाले)लाई तपाईंहरूमार्फत आग्रह गर्न चाहन्छु– सदनलाई व्यवस्थित रूपमा चलाऔँ। सरकारका कमीकमजोरीहरूलाई पनि सुधार्दै जाऔँ।’

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ६, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved