Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल काममा फर्किए

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • कार्तिक २२, २०७८ मा प्रकाशित

काठमाडौ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल स्वास्थ्य उपचारपछि पार्टी काममा फर्किएका छन्।

खनाल केन्द्रीय कार्यालय, मीनभवनमा दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म उपस्थित भएर विदेश विभागको बैठकमा सहभागी भएका हुन् । खनाल नेकपा एकीकृत समाजवादीको विदेश विभाग प्रमुख हुन् ।

उनले विभागका सदस्यहरूसँग विभागका आगामी कामबारे छलफल गरेका छन्। उनले पार्टी कार्यालयका पदाधिकारी तथा कर्मचारीसँग कार्यालयको अवस्थालगायतका प्राविधिक विषयमा जानकारी लिएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए। गत २० साउनमा भारतको नयाँदिल्लीस्थित एपोलो हस्पिटलमा मिर्गौला प्रत्यारोपण गरेपछि चिकित्सकहरूको सल्लाहमा उनी घरमै आराम गरेर बसेका थिए ।

मिर्गौला प्रत्यारोपणपछि उनी दिल्लीबाट गत १४ भदौमा स्वदेश फर्किएका थिए। चिकित्सकहरूले तीन महिना पूर्ण आराम गर्न सल्लाह दिएका कारण उनी कुनै पनि कार्यक्रममा सहभागी भएका थिएन्।

खतिवडाका अनुसार अझै केही समय खनाल सार्वजनिक कार्यक्रम (भेला, बैठक, सभा) मा नजाने भएका छन् । तर, पार्टीका आन्तरिक गतिविधिमा भने उनी सहभागी हुने भएका छन्। २७ र २८ कात्तिकमा केन्द्रीय कमिटी बैठक एकीकृत समाजवादीको केन्द्रीय कमिटीको दोस्रो बैठक २७ र २८ कात्तिकमा ललितपुरमा बस्ने भएको छ। ललितपुर, सानेपास्थित हेरिटेज गार्डेनमा २७ कात्तिकको बिहान ११ः०० बजे अध्यक्ष माधवकुमार नेपालले बैठकको उद्घाटन गर्ने खतिवडाले बताए।

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ६, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved