Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

एसएसबी प्रवेश गरेको भोलिपल्ट सुस्ता पुगेर सीडीओले भने : केही समस्या परे खबर गर्नुहोस्

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • कार्तिक २२, २०७८ मा प्रकाशित

नवलपरासी । नवलपरासी पश्चिमको सुस्तामा भारतीय सुरक्षाकर्मीहरु प्रवेश गरेर नापजाँच गरेको भोलिपल्ट नेपाली सुरक्षा टोलीले सोमबार सो ठाउँको अनुगमन तथा निरीक्षण गरेको छ। प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, जिल्ला प्रहरी प्रमुख, सशस्त्रका एसपी लगायतको टोलीले भारतीय सुरक्षाकर्मीको टोली प्रवेश गरेको ठाउँमा पुगी अनुगमन गरेको हो।

भारतीय सुरक्षाकर्मी एसएसबीले आइतबार नेपाली भूमिमा हतियारसहित अनाधिकृत प्रवेश गरी भूमिको नापजाँच गरेका थिए। करिब १२ जनाको टुकडीले झोलुङगे पुलदेखि करिब १५० मिटरको दूरीमा नापजाँच गर्न थालेपछि स्थानीयले आफूहरुलाई खबर गरेको सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताए।

‘उनीहरु आएर नापजाँच गर्दै थिए। स्थानीयले त्यहाँको विओपीलाई र हामीलाई खबर गरे। हामीले जिल्लामा खबर गर्यौ।’ उनले भने ‘जनताले तिमीहरु किन आयौ। कसको अनुमतीले आयौ भनेर सोधे। त्यसपछि उनीहरु त्यहाँबाट गएका हुन्। सुस्ताका त हरेक नागरिक सिपाइ बन्नुपरेको छ।’ नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले गस्ती गर्ने शिलशिलामा विवादित भूमिका आएको भन्ने थाह पाएपछि आफूहरु सुस्ता आएको बताए।

‘उता एसएसवीको नयाँ टोली आएको रहेछ। वार्षिक रुपमा दसगजा क्षेत्रको ग्राउण्ड रिपोर्ट बनाउनु पर्छ। त्यसको लागि पेट्रोलिङ गर्दा हाम्रो सिमामा आएका रहेछन्’ उनले भने, ‘पछि प्रहरीलाई खबर गरेपछि उनीहरु हिँडेछन्।’ केही स्थानीयले त्यहाँ ड्रोन उडाएको भने पनि त्यसको पुष्टी नभएको प्रजिअ मिश्रले बताए।

मिश्रले सिमा क्षेत्रमा केही समस्या परेमा खबर गर्न स्थानीयलाई आग्रह गरेका छन्। साथै बिना अनुमती प्रवेश गरेमा कारबाही गर्न त्यहाँ खटिएका सुरक्षाकर्मीलाई निर्देशन दिएको बताए।‘उहाँहरुलाई हटलाईनमा बस्नुस् मेरो जतिखेर पनि फोन उठ्छ, केही समस्या पर्यो भने फोन गर्नुस् भनेका छौं’ उनले भने, ‘शसस्त्र प्रहरीलाई पनि बिना अनुमति र जानकारी आउँछन् भने तिनीहरुलाई कानूनी कारबाही गर्नुस् भनेर निर्देशन दिएका छौं।’

नेपाल तर्फको भूमिलाई विवादित बनाएर भारतीय पक्षले आफ्नो कब्जामा पार्न प्रयास गरिरहेको सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताए। ‘उत्तरतिर ब्यारेजबाट एउटा बाँध आइरहेको छ। त्यो बाँधलाई लगातार अगाडि बिवाद बनाएर उल्झन पारिरहेका छन्’ उनले भने, ‘त्यो विवादित भूमिलाई आफ्नो कब्जामा पार्नको लागि यहाँ प्रवेश गरेका हुन् भन्ने हाम्रो अनुमान हो।’

सुस्तामा बेलाबेलामा भारतीय एसएसबीले नेपाल तर्फ प्रवेश गरेर दुःख दिने गरेका छन्। कहिलेकाँही त झडपकै अवस्था समेत आउने गरेको छ। ‘वर्षमा एक दुई पटक दुख दिइरहन्छन्। हामीले प्रतिवाद गर्न खोज्छाैँ। त्यसक्रममा कहिले उनीहरु र हामीहरुबीच झडप भइरहेको हुन्छ। कहिले उताका एसएसबी र यताको बीओपीबीच टसल हुन्छ’ गाउँपालिका अध्यक्ष पाण्डेले भने।

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ६, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved