Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

छठ पर्वको धार्मिक मान्यता ३६ घंटे नियम निष्ठा

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • कार्तिक २३, २०७८ मा प्रकाशित

विनोद मण्डल
सिरहा, कार्तिक २३ । हिन्दूहरूको महान चाड वडा दशैँको र तिहारको समापनसँगै कार्तिक शुक्ल पक्षको चौथी तिथिका दिनदेखि नेपालको तराई मधेश लगायत छिमेकी राष्ट्र भारतको उत्तरी क्षेत्रमा समेत हिन्दूहरूद्वारा छठ पर्व मनाउने गरिन्छ ।

अत्यन्त भक्ति र श्रद्धा पूर्वक मनाइने यो पर्व चार दिनसम्म मनाइने पर्वलाई छठ पूजा, छठीमाई पुजा, डाला छठ, सुर्य सस्टी आदि फरक फरक नामले जानिन्छ । यस पर्वमा कठिन तपस्या साथ सूर्यको उपासना बसी मनाइन्छ । यस पर्वमा सूर्यको पुजा आराधना गरी पुत्र, पति र सन्तानको कल्याणको लागि प्राय महिलाहरु वर्त लिँदै आएको पौराणिक मान्यता पछिल्लो समयमा परिवर्तन भएर पुरुषले समेत यो व्रत लिने गरेको पाइन्छ ।

हाम्रो समाजमा परापूर्व कालदेखि नैं सूर्यको पुजा गरिँदै आएको छ । हिन्दूहरूको पवित्र अग्नि पुराणमा समेत छठ पर्वको बारेमा उल्लेख गरिएको छ । १४ वर्षको वनवास र १ वर्षको अज्ञात बास बसेका अवस्थामा कुन्ती, द्रोपतीसहित पाण्डवले छठ व्रत लिएको कुरा महाभारतमा वर्णन गरिएको छ । कार्तिक र चैत्र महिनामा वर्षको दुई पटक मनाइने छ्ठ कार्तिक छठ महत्वपूर्ण मानिन्छ । त्रेता युगमा सिताकी ममतामयी आमा र आदर्श पुरुष दशरथकी रानीले समेत छठ पर्व मनाएको पाइन्छ ।

यस पर्वमा नियम निष्ठा, चोखो, शुद्धता प्रती अत्यन्तै ध्यान दिनुपर्छ । पर्वमा विधि विधान पूर्वक गर्दा पारिवारिक कष्ट हटेर जाने जनविश्वास रहिआएको छ । अस्ताउने र उदाउने सुर्यलाई पूजा गरिने पर्वबाट समानताको ज्ञान पाईन्छ । निष्ठापूर्वक मनाउने यस पर्वमा उखु, केराउ, केरा, मिठाई, नरिवल,अदुवा, ठाकुवा, भूसुवा लगायतको प्रसाद तयारी गरिन्छ । यस पर्वमा मानिसहरुले घरदेखि तलाउ अर्थात् घाटसम्म सुतेर उठेर अर्थात् दण्ड बसकी गरेर कठोर यात्रा तय गर्ने परम्परा पनि जनकपुर आसपास रहेको छ ।

त्यसो त भक्तजनले भाकल पूरा भएको खुसीमा नाच पनि नचाउने चलन रहिआएको छ । खासगरी दीर्घ रोग र चरम रोग निको हुने जनविश्वास रहेको यस पर्वको दिन मानिसहरू अर्थात् भक्त जनले तलाउमा स्नान गर्ने चलन छ ।

छठको पहिलो र दोस्रो दिन – छठको पहिलो दिनलाई अर्वा अर्वाइन अर्थात् खरना भनिन्छ । यसलाई नहाय खाय पनि भन्ने गरिन्छ । यस दिन दिनभरि व्रतालुले उपवास बसी बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नया चुल्हो र माटोको भाँडामा सखर अर्थात् भेली दूध र चामलको खिर पकाउने र त्यसलाई केराको पातमा राखेर छठी माता र कुल देउताको नाममा पुजा गर्ने चलन छ । यस दिन घरको सरसफाई गरी हातखुट्टाका नङ काट्ने र चोखो भई सफा कपडा लगाएर शुद्ध साकाहारी भोजन ग्रहण गर्ने गरेको पाइन्छ ।

तेश्रो दिन – ब्रतालुहरुले पानी पनि नखाई निराहार बसी साझ पख पोखरी, तलाउ, सरोवर आदिमा गएर पानीमा डुबेर अस्ताउँदो सूर्यलाई अर्घ दिँदा पूजा सामग्रीलाई पालै पालो पानीमा डुबायर सुर्य देउतालाई अर्घ दिने चलन रहेको पाइन्छ ।

चौथो दिन – यसलाई छठको अन्तिम दिन मानिन्छ । यस दिन फलफूल लगायतका प्रसादलाई तलाउमा गएर उदाउँदो सूर्यलाई अर्घ दिएर पूजाको समापनसँगै घाटबाट प्रशाद वितरण गर्ने चलन छ भने व्रतालुले घरमा आएर खाना खाने चलन छ । यसरी ३६ घंटे छठको समापन हुन्छ ।

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ६, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved