Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

महाकालीमा निर्माणाधीन चार लेन पक्की पुलको डिजाइन परिवर्तन गरिँदै

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • कार्तिक २४, २०७८ मा प्रकाशित

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित ओदालीमा निर्माणाधीन चार लेन पक्की पुलको डिजाइन परिवर्तन हुने भएको छ ।

पुल निमार्ण प्रक्रियामै रहेका बेला गत असोजको ३१ गतेदेखि कात्तिक २ गतेसम्म परेको अविरल वर्षाका कारण पहुँच मार्ग भत्काएपछि पुलको केही भागको डिजाइन परिवर्तन गर्न लागिएको हो । पुरानो डिजाइनमा पुलको नदी किनारको भेगदेखि पुल किनार भेगसम्म ढुङ्गाको बाँध लगाउने भनिए पनि स्थानीयले ढुङ्गा व्यवस्थापनमा बिरोध गरेपछि ढुङ्गाको सट्टा आरसीसीको प्रयोग गर्ने गरी डिजाइन परिवर्तन गरिन लागिएको महाकाली पुल आयोजना कञ्चनपुरका सवइञ्जिनियर दुर्गादत्त अवस्थीले बताए ।

सवइञ्जिनियर अवस्थीले भने, ‘ढुंगाको अभावले डिजाइन परिवर्तन गर्न लागेका हौँ, अब परिवर्तन भएर आएपछि मात्रै पुलको कामहरु अघि बढ्नेछ ।’ निमार्णको जिम्मा पाएको कुमार सिएफइसी जेभीले भने ढुङ्गा अभावका कारण बाढीले कम्पनीलाई धेरै क्षति गरेको जनाएको छ । कम्पनीले भनेको समयमा ढुङ्गा व्यवस्थापन नभएका कारण बाढीले समग्र आयोजनालाई पछि धकेलेको कुमार सिएफइसी जेभीका इञ्जिनियर किशोरराज पाण्डेयले बताए ।

इञ्जिनियर पाण्डेयले भने, ‘कम्पनीले भनेको समयमा ढुङ्गा व्यवस्थापन नभएको र बाँध निमार्ण गरिसक्नु पर्ने क्षेत्रमा बाँध बाध्न ढुङ्गा नभएका कारण बाढीले समग्र आयोजनालाई पछि धकेलेको छ, हामीले ढुंगा ल्याउन बारम्बार भनिरहेका छौँ, त्यो भएन भने ५÷७ महिना लाग्न सक्छ, यदि समयमै ढुंगा आएन भने त्यो भन्दा बढी समय पनि लाग्नसक्छ ।’

निर्माण गरिनुपर्ने बाँध क्षेत्रमा ३० प्रतिशत २० देखि ४० किलोको सानो ढुङ्गा तथा बाँकी ७० प्रतिशत क्षेत्रमा भने २ सय ५७ किलो माथिका ढुङ्गा आवश्यक पर्छन् । आयोजनाका अनुसार निर्माण स्थलदेखि २५ किलोमिटर क्षेत्र भित्रमा ढुङ्गा संकलन गर्ने भन्ने भएपनि स्थानीयका विरोधका बीच ढुङ्गा व्यवस्थापन गर्न नसकिएको हो ।

बाढीले आयोजनाको ६ करोड ३४ लाख ७३ हजार २ सय ५० रुपैयाँको निर्माणाधीन संरचनामा क्षति पुर्‍याएको छ । २०७४ सालमा ३ अर्ब २७ करोड ठेक्का सम्झौतामा निर्माण शुरु गरिएको पुलको उत्तरतर्फको २ सय ५० मिटर पहुँच मार्गलाई बाढीले भत्काएको थियो ।

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ६, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved