Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

भोलिदेखि जनगणना सुरु, गणकले नै भर्नुपर्नेछ प्रश्नावली

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • कार्तिक २४, २०७८ मा प्रकाशित

काठमाडौ । भोलिदेखि देशभरको १२ औँ राष्ट्रिय जनगणना सुरु हुँदैछ। भोलि बिहान १० बजेदेखि जनगणना सुरु हुनेछ । केन्द्रीय तथ्यांक विभागले जनगणनाका लागि देशभर ४० हजार गणक खटाएको छ। उनीहरू देशभर छरिएर १५ दिनभित्र तथ्यांक संकलन गर्नेछन्। जनगणनाको सुरुवात राष्ट्रपतिबाट हुनेछ। भोलि बिहान ११ बजेपछि गणकहरू उपराष्ट्रपति र प्रधानमन्त्रीकहाँ जनगणना गर्न पुग्ने बताइएको छ।
त्यसपछि तालिकाअनुसार जनगणना गरिने केन्द्रीय तथ्यांक विभागले जनाएको छ।

जनगणनाका लागि विभागले ४० हजारजना गणकलाई तालिम दिएर फिल्डमा खटाइसकेको छ। भोलिदेखि उनीहरूले घरघरमा पुगेर जनगणना सुरु गर्ने विभागका निर्देशक तीर्थराज चौलागाईंले जानकारी दिए। उनका अनुसार जनगणनाका लागि आठ हजार पाँच सयजना सुपरीवेक्षक खटाएको छ। त्यस्तै त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरू पनि सुपरीवेक्षकको रूपमा खटिने छन्।

जनगणनाको क्रममा एउटा परिवारलाई करिब ८० वटा प्रश्न गरिनेछ। गणकले एक घरमा औसत २० देखि २५ मिनेट लगाउनेछन्। यसअघि तथ्यांक विभागले असोज २६ गतेदेखि कात्तिक १४ गतेसम्म घरपरिवार सूचीकरण कार्यक्रम सञ्चालन गरेको थियो। उक्त सूचीकरण कार्यपछि गणकलाई तालिम दिएर जनगणना गर्न थालिएको हो।

प्रश्नावली भर्दा छुटाउन नहुने विषय

जनगणनाको क्रममा धेरैथरी प्रश्नहरू सोधिनेछ। शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सडक पूर्वाधार, बैंक खाता, ऋण लिएको–नलिएको, रोजगार, बेरोजगार, परिवार सदस्य संख्या, महिला, पुरुष, अपांग, तेस्रोलिंगीलगायत विवरण फारममा भरिनेछ। यी विषयको विवरण अनिवार्य भर्नुपर्नेछ। गणकले व्यक्ति र परिवारको विवरण आउने गरी जनगणना गर्नेछन्। प्रश्नावलीमा वडालाई चाहिने सूचकांक, विकास लक्ष्यका सूचक, वडाको भौतिक सुविधा, सामाजिक अवस्था, प्राकृतिक प्रकोपको अवस्था, पछौटेपनलगायत विवरण पनि संकलन गरिनेछ। कतिपय तथ्यांक वडा कार्यालयबाट संकलन गरिनेछ।

कालापानी र लिम्पिया धुरामा जनगणना नहुने

नेपालको नयाँ नक्सामा नेपालको भूमि कालापानी र लिम्पियाधुरा समेटिए तापनि उक्त क्षेत्रमा जनगणना नहुने भएको छ। सरकारले ती क्षेत्रमा जनगणना गर्ने तयार नै गरेको छैन। भारतीय पक्षसँग स्वीकृति लिनुपर्ने भएकोले ती क्षेत्रमा हाललाई जनगणना नगरिने तथ्यांक विभागले जनाएको छ।

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ६, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved