Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

सर्वोच्च परिसरमा नाराबाजी ‘भ्रष्ट प्रधानन्यायाधीश राजीनामा दे’

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • कार्तिक २५, २०७८ मा प्रकाशित

काठमाडौं । कानुन व्यवसायीहरुले बिहीबार सर्वोच्च अदालत परिसरमै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध चर्को नाराबाजी गरेका छन् ।

अदालत परिसरमा धर्ना दिन पुगेका कानुन व्यवसायीहरुले ‘भ्रष्ट प्रधानन्यायाधीश राजीनामा दे ! राजीनामा दे !!’ भन्दै नाराबाजी गर्न थालेका हुन् । वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीका अनुसार सर्वोच्च अदालत परिसरमा प्रधानन्यायाधीशलाई भ्रष्ट भन्दै नारा लगाएको उनले पहिलो पटक सुनेका हुन् ।

प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनले आन्दोलन गर्दै आएको छ भने सर्वोच्चकै न्यायाधीशहरुले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दाको सुुनुवाइ गरेका छैनन् । बिहीबार सर्वोच्च परिसरमा भेला भएका कानुन व्यवसायीहरुलाई सम्बोधन गर्दै सर्वोच्च अदालत बार एशोशिएसनका अध्यक्ष पूर्णमान शाक्यले अहिलेको नेतृत्व परिर्वतन नगरेसम्म न्यायालय सुधार नहुने बताए ।

‘अब उहाँले छोड्नैपर्छ, उहाँले छोडेन भने हामी भौतिक रुपमा गेटमा अवरोध गर्नुपर्ने अवस्था आउँछ । त्यतिबेला हामी जेलनेल खान पनि तयार छौं,’ अध्यक्ष शाक्यले भने । न्यायपालिकालाई बचाउनुपर्ने भन्दै उनले नारा लगाए, ‘भ्रष्ट प्रधानन्याधीश राजीनामा दे !’ उपस्थित कानुन व्यवसायीहरुले पनि त्यसलाई पछ्याए, ‘भ्रष्ट प्रधानन्याधीश राजीनामा दे ! राजीनामा दे !!’

सर्वोच्च परिसरमा ‘विचौलिया नाइके राजीनामा दे !’ ‘चोलेन्द्रका मतियार, होसियार होसियार !!’, ‘भ्रष्ट प्रधानन्याधीश राजीनामा दे ! राजीनामा दे !!’ जस्ता नारा लगाएका छन् ।

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ६, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved