Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

प्रधानन्यायाधीशको शीघ्र राजीनामा माग गर्दै शान्ति समाजद्वारा चितवनमा प्रदर्शन

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • कार्तिक २७, २०७८ मा प्रकाशित

चितवन । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको शीघ्र राजीनामा माग गर्दै मानव अधिकार तथा शान्ति समाजले चितवनमा प्रदर्शन गरेको छ ।

समाजले आज बिहान चितवनको पुलचोकमा करिब आधा घण्टासम्म प्रदर्शन गरेको हो । प्रदर्शनमा `न्यायालयलाई प्रदूषित बनाउन पाइदैँन, सौदावाजी गर्ने प्रधानन्यायाधीश चाहिदैँन, न्यायालयमा राजनीतिक नियुक्ति बन्द गर, न्यायालयमा भागबण्डा बन्द गर, प्रधानन्यायाधीश : शीघ्र राजीनामा देउ, प्रधानन्यायाधीशले राजीनामा नदिए महाअभियोग लगाऊ, वर्तमानको आवश्यकता : न्यायालयको शुद्धिकरण´ जस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो ।

उक्त प्रदर्शनमा समाजका संस्थापक सभापति कृष्ण पहाडीलगायत २३ जिल्लाबाट अधिकारकर्मीहरु सहभागी भएका समाजले जनाएको छ । प्रदर्शनपछि बोल्दै समाजका केन्द्रीय सभापति गोविन्द खनालले प्रधानन्यायाधीश जबराको न्यायिक आचरणमाथि प्रश्न उठेको र पछिल्लो चरणमा नैतिक रुपमा झनै च्युत भएकाले शीघ्र राजीनामा दिन माग गरेका थिए ।

प्रधानन्यायाधीश जबराको राजीनामा नदिने अडानका कारण न्यायिक क्षेत्रमा असामान्य परिस्थिति सिर्जना भएको र यस्तो अवस्था उत्पन्न हुनु दुर्भाग्यपूर्ण भएको भन्दै खनालले यो अवस्था लोकतान्त्रिक पद्धति र न्यायिक प्रणालीका लागि घातक हुने औंल्याए । न्यायिक क्षेत्रमा विद्यमान विकृतिहरू अन्त्य गर्न शुद्धीकरणका लागि सबै क्षेत्रबाट व्यापक पहल हुनुपर्ने खनालको भनाइ छ ।

न्यायिक क्षेत्रमा विद्यमान विकृतिहरू उत्पन्न हुनुका मुख्य कारण लामो समयदेखि हुँदै आएको अस्वस्थ अभ्यास, तीव्र राजनीतीकरण, विचौलियाको विगविगिदेखि अनेकौं रहेको र यसमा प्रमुख राजनीतिक दलहरू पनि जिम्मेवार रहेका खनालको भनाइ छ ।

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ६, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved