Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

राष्ट्रिय जनगणनमा राना थारू समुदायको अर्थपूर्ण सहभागिता

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • कार्तिक २७, २०७८ मा प्रकाशित

कञ्चनपुर । कैलाली कञ्चनपुरमा मात्रै बसोबास गर्ने राना थारू समुदायले राष्ट्रिय जनगणना–२०७८ मा सहभागिताका लागि समुदायलाई सचेतीकरण गरी सशक्त बनाएको छ ।

राना थारू समुदायको बाहुल्यता रहेका क्षेत्रमा नेपाल राना थारू समाजले सचेतीकरण अभियान सञ्चालन गरेको हो । “जनगणनाका लागि घरदैलोमा पुग्ने गणकलाई सघाउ पु¥याउनका लागि अभियान सञ्चालन गरेका हौँ”, नेपाल राना थारू समाजका केन्द्रीय अध्यक्ष कृपाराम रानाले भन्नुभयो, “पहिलोपटक राना थारू समुदायको पनि गणना हुँदैछ । यसमा हाम्रो पनि अर्थपूर्ण तरिकाले सहभागिता रहन्छ ।”

सचेतीकरण अभियान सकेर गणकलाई सत्यतथ्य विवरण उपलब्ध गराउने कार्यमा जुटेको उहाँले बताउनुभयो । “यसअघिका जनगणनामा राना थारूलाई छुट्टै रुपमा समेटिएको थिएन”, उहाँले भन्नुभयो, “यस पटकको जनगणनाका लागि तयार गरिएको भाषाभाषीको प्रश्नावलीमा समेत राना थारू भाषालाई समेटिएको छैन ।”

कन्फ्युजनको अवस्था रहेको छ । थारू शब्दावली मात्रै उल्लेख गरिएको छ । थारू मात्रै उल्लेख गरिएको शब्दावलीमा सही लगाउँदैनौँ । अन्य भन्ने कोलममा राना थारू भनेर जनाउँछौँ । थारू मात्रै लेख्दा राना छुट्छ । राना मात्रै लेख्दा थारू छुट्ने भएकाले अपूरो हुन्छ, त्यसैले मातृभाषामा राना थारू, पुख्र्यौलीदेखि बोलिने भाषामा राना थारू र जातजाति के हो भन्नेमा राना थारू भनेर जनाइने उहाँले बताउनुभयो ।

“यसअघिका जनगणनामा थारू मात्रै लेख्दा छुट्टै पहिचान भएको समुदाय भनेर चिनिएनौँ । राज्यले नीतिनिर्माण गर्दा समेटिएनौँ । अब त्यस्तो गल्ती दोहरिन नदिनका लागि सचेत भएका छौँ,” अध्यक्ष रानाले भन्नुभयो । राना थारू समुदायको छुट्टै आदिवासी जनजातिको सूचीमा सूचीकृतसँगै भाषासमेत सूचीकृत भइसकेको अवस्थामा पनि राज्यका हरेक क्षेत्रमा पहुँच पुग्न सकेको छैन । राना थारू समुदायको उपस्थितिबारे राज्यलाई पूर्णरुपमा जानकारी नहँुदा राना थारू समुदाय अधिकारबाट वञ्चित हुँदै आएको राना थारू समुदायका अगुवाहरुको भनाइ छ ।

“सूचीकृत भएर मात्रै नपुग्ने भएकाले राना थारू समुदायको अवस्थाबारे जानकारी हुन आवश्यक छ”, सुग्रिव रानाले भन्नुभयो, “यसका लागि जनगणनामा राना थारूको भाषासँगै, छुट्टै संस्कृति, पहिरन, चालनचलन, रहनसहन र सङ्ख्या यकिन हुन्छ । त्यसकै आधारमा राज्यले नीतिनिर्माण गर्ने, कानुन निर्माण गर्ने र आरक्षणको व्यवस्था गर्छ ।”

भूगोल, जातिअनुसार आरक्षण र जनसङ्ख्याका आधारमा नीतिनिर्माण हुने भएकाले जनगणनाका लागि पुग्ने गणकलाई सत्यतथ्य सूचना उपलब्ध गराउनका लागि खटिएको उहाँले बताउनुभयो । “पछाडि पारिएको समुदाय भएकाले अधिकारबाट वञ्चित रहेको छ”, स्थानीयवासी रामभरोसा रानाले भन्नुभयो, “यसका लागि राज्यले आरक्षण दिनुपर्छ । राज्यका हरेक तहमा पहुँच पु¥याउनुपर्छ । यसका लागि जनगणनामा सहभागिता जनाएका छौँ ।”

जनगणनाका लागि गणकलाई सत्यतथ्य जानकारी उपलब्ध गराई शिक्षा, स्वास्थ्य, आवाससँगै रोजगारीका हरेक क्षेत्रमा राना थारू समुदायको पहुँचका अभिवृद्धि गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ । जनजातिको सूचीमा छुट्टै रुपमा सूचीकृत भएपछि भाषा सूचीकरणसँगै राना थारू समुदायको शब्दकोश निर्माण र व्याकरण निर्माणको कार्यसमेत गरिएको छ । जनगणनामा छुट्टै रुपमा राना थारू समुदायको जनगणना हुँदैछ, यो नै उपलब्धि भएको सुदूरपश्चिम प्रदेशसभाका सदस्य श्यामलाल रानाले बताउनुभयो ।

राना थारू समुदायको पहिचानको मुद्दालाई निष्कर्षमा पु¥याउनका लागि राजनीतिक, सांस्कृतिक, प्रशासनिक, न्यायिक र शैक्षिक क्षेत्रमा पहुँच पु¥याउनका लागि जनगणनामा सहभागिता नै प्रमुख हतियारका रुपमा रहेको उहाँको भनाइ छ । यी मुद्दालाई निष्कर्षमा पु¥याउनका लागि राजनीतिक स्वार्थभन्दा माथि उठेर जनगणनाका कार्यक्रमलाई सफल बनाउनु रहेको उहाँले बताउनुभयो ।

विसं २०७६ माघ २० गते सरकारले राना थारू समुदायलाई छुट्टै पहिचान दिई आदिवासी जनजातिको सूचीमा सूचीकृत गरेको थियो । कैलाली र कञ्चनपुरमा तीन लाख ३० हजारभन्दा बढी राना थारू समुदायको जनसङ्ख्या रहेको बताइन्छ । रासस

ताजा समाचारहरु

FB_IMG_1792636204486

बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, ६५ वर्षीय तामाङको मृ...

  • कार्तिक ६, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आजको मौसम : हिमाली तथा पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्ष...

  • कार्तिक ५, २०८३ मा प्रकाशित
Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved